भर्खरै :

नेकपाको गाईजात्रा !

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलको नेपालका प्रम केपी शर्मा ओलीसँग सरकारी निवास बालुवाटारमा सुटुक्क भेटपछि नेकपाभित्रका दाहाल र ओली गुट आ–आफूलाई देशभक्त देखाउने होडमा छन् । यसको अर्थ एकले अर्कोलाई ‘भारतीय दलाल’ पुष्टि गर्ने धृष्टता हो ।
राष्ट्रिय जनमोर्चा हुँदै माओवादी र अहिले नेकपा बनेका नारायणकाजी श्रेष्ठले गोयल प्रकरण सार्वभौमिकता कमजोर पार्ने कार्य भनी ट्वीट गरे । यसको अर्थ प्रम ओली पक्ष ‘भारतीय दलाल’ भएको दाबी हो ।
नेकपामा दुई अध्यक्ष ओली र दाहाल छन् । आकस्मिकताबाहेक प्रवक्ताले बोल्दा वा टिप्पणी गर्दा अध्यक्षको जानकारीमा गर्नुपर्ने हुन्छ । नेकपाका प्रवक्ता श्रेष्ठले कुन अध्यक्षको जानकारीमा ट्वीट गरेका हुन् नेकपाका दुवै अध्यक्षले स्पष्ट गर्नु आवश्यक छ । अन्यथा नेकपा सत्ताधारी राजनीतिक पार्टी होइन, एउटा मित्रमण्डली वा क्लव पुनः सावित हुनेछ ।
नेकपाका प्रवक्ता श्रेष्ठले आफ्नो ट्वीटलाई ‘निजी विचार’ भनी सम्हाल्ने दुष्प्रयास गरे । तर, सत्ताधारी पार्टीका प्रवक्ता र सचिवालय सदस्य श्रेष्ठको भारतीय गुप्तचर प्रमुखले नेपालमा आएर प्रमलाई भेटेको बारे टिप्पणी कसरी निजी हुनसक्ला ? यो लहरो तान्दा पहिरो त गएको होइन ?
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध परेको अविश्वासको प्रस्तावपछि नेकपाको कर्णाली प्रदेशको संसदीय दलको प्रमुख सचेतक एमालेका गुलावज· शाहीलाई हटाइयो र माओवादीका सीता नेपालीलाई सो पदमा राखियो । यसबारे प्रम ओलीले कार्तिक ५ गते मुख्यमन्त्री शाहीलाई पार्टीको लेटर प्याडमा पत्र लेखे – “गुलावज· शाहीलाई पुनःस्थापित गर्न निर्देशित गर्दछु ।”
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले कार्तिक ७ मा पार्टीकै लेटरप्याडमा कर्णाली प्रदेश कमिटी इन्चार्जलाई पत्र लेखे, “अविश्वासको प्रस्ताव र प्रमुख सचेतकबारे प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले समाधान गर्न निर्देशन गर्दछु ।”
एउटै पार्टी दाबी गरिएको नेकपाका दुई अध्यक्षको अलग–अलग दुई खालको निर्देशनले नेकपा एउटै पार्टी भन्न मिल्दैन । यसले पनि नेकपा मित्रमण्डली वा क्लव नै भएको पुष्टि गर्छ ।
नेकपा बन्नुअगाडि एमाले र माओवादीका नेताहरू बैड्ढको नोटले चल्ने दाबी गर्छन् । अहिले पनि नेकपामा टीका लगाएर प्रवेश गराउने चालू छ । २०४६ सालअघि पञ्चहरू सबै नेपाली पञ्च दाबी गर्थे । अहिले नेकपा त्यस्तै कन्टेनरको रूपमा छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *