आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
भक्तपुर, १५ कात्र्तिक । सुर्यबिनायक नपा वडा नं ८ खापीमा ट्र्याक्टर दुर्घटनामा एक जना व्यक्तिको निधन भएको छ । खेत जोत्ने हाते ट्र्याक्टर दुर्घटना हुँदा ५० वर्षका खापीकै निवासी कृष्णराम सुवालको निधन भएको हो । खेत जोत्ने हाते ट्र्याक्टर पक्की सडकबाट भिरालो बाटोमा गुडाएर ल्याउँदा अनियन्त्रित भएर पल्टिंदा ट्र्याक्टरको फालीले घाँटीमा गम्भीर चोट लागेको थियो । उनको शरीरका अन्य भागमा पनि केही गम्भीर चोट लागेको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो । शनिबार बिहान १० बजेको घटनाका घाइते सुवाललाई मध्यपुर अस्पतालमा उपचारको क्रममा १०ः३० बजे चित्सिकले मृत घोषणा गरेको गिरीले बताउनुभयो ।
Leave a Reply