आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
वाशिङ्टन, ३१ अक्टोबर । गत बिहीबार संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार जो बाइडेनले निकै कडा चुनावी प्रतिस्पर्धा हुने फ्लोरिडा राज्यमा आफ्ना समर्थकहरूको सभा गरे । निर्वाचनको मिति नजिकिएसँगै दुवै उम्मेदवारबीच संरा अमेरिकामा अझ फैलिँदो कोरोना भाइरसको सङ्क्रमणबारे फरक फरक धारणामा बहस भइरहेका छन् ।
मत सर्वेक्षणहरूले जो बाइडेन देशैभर अघि देखापरेका छन् । तर, चुनावको अन्तिम परिणाममा भने निकै कडा प्रतिस्पर्धा हुने राज्यहरूको मतले नै निधो गर्नेछ ।
बुधबार सार्वजनिक रोयटर्स÷इस्पसोसको मत सर्वेक्षणअनुसार फ्लोरिडा राज्यमा बाइडेन र ट्रम्पबीच लगभग बराबरीको अवस्था बनेको छ । ४९ प्रतिशतले बाइडेनको पक्षमा मत व्यक्त गरे भने ४७ प्रतिशतले ट्रम्पको पक्षमा मतदान गर्ने बताए । एनबीसी न्युज÷मरिस्ट सर्वेक्षणअनुसार बाइडेनको पक्षमा ५१ प्रतिशत र ट्रम्पको पक्षमा ४७ प्रतिशत व्यक्त भएको छ ।
फ्लोरिडा राज्यमा २९ वटा चुनावी मत (इलोक्ट्रोल भोट) भएकोले आगामी मङ्गलबार हुने निर्वाचनमा जीत–हारको निम्ति त्यहाँको विशेष भूमिका हुनेछ । सन् २०१६ मा फ्लोरिडामा ट्रम्पको जीतले उनको राष्ट्रपति पदमा निर्वाचित हुन बलियो भूमिका खेलेको थियो ।
बिहीबार भएको प्रदर्शनमा हजारौँ मानिस बिनामास्क टाम्पाको खुला सभामा ट्रम्पको भाषण सुन्न भेला भएका थिए । ट्रम्पले आफ्नो भाषणमा आफ्ना प्रतिस्पर्धीलाई खुब उडाएका थिए ।
“यो मान्छेसामु आफू हारेको के तपार्इँ कल्पनामात्र पनि गर्न सक्नुहुन्छ ? दोस्रो कार्यकालको लागि आफू जित्ने पक्का भएको भन्दै उनले भने ।
ट्रम्पको सभा हँदै गर्दा अर्कोतिर उत्तरी मायामीको ब्रोवार्ड काउन्टीको एउटा कलेजमा आफ्नो चुनावी सभा गर्दै थिए । कोभिडको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सहभागीहरू आ–आफ्ना कारबाट बाहिर निस्केका थिएनन् । “डोनाल्ड ट्रम्पले कोभिड–१९ सँगको लडाईँमा आत्मसमर्पण गरेका छन्”, उनले भने ।
बाइडेनले सभामा ट्रम्पले अत्यन्त कममात्र आय कर बुझाएको भन्दै खेदो खने । “एक जना अति धनाढ्यले भन्दा एक जना वारूण नियन्त्रक, एक जना नर्स, एक जना शिक्षकले कसरी धेरै कर तिर्नुपर्छ ? किन तपाईँहरू डोनाल्ड ट्रम्पभन्दा बढी कर तिर्दै हुनुहुन्छ ?”, उनले सोधे ।
‘द न्यु योर्क टाइम्स’ ले गत महिना छापेको समाचारअनुसार सन् २०१६ र २०१७ मा ट्रम्पले ७५० अमेरिकी डलर बराबर आय करमात्र बुझाएका थिए । त्यसअघिका पन्ध्र वर्षमध्ये दस वर्षमा उनले आय कर नै बुझाएका थिएनन् । सो समाचारको प्रतिक्रियामा ट्रम्पले सीधा खण्डन गर्न सकेनन् । बरू, उनले समाचारमा उल्लेखित अङ्क गलत भएको बताएका थिए ।
ट्रम्प र बाइडेनले कोभिड–१९ सङ्क्रमणले अझ उकालो लागिरहेको अवस्थामा पनि नयाँ कुल गार्हस्थ उत्पादनको तथ्याङ्कले अर्थतन्त्र पुरानै लयमा फर्किरहेको अवस्थालाई फरक फरक कोणबाट व्याख्या गरे ।
गडगडाहत तालीबीच ट्रम्पले बाइडेनले घोषणा गर्ने भनेको कोरोना भाइरस लकडाउनले सबै जनजीवन ध्वस्त हुने बताए । “उनीहरूले केही पनि गर्न दिनेछैनन्”, उनले भने ।
“अब हामी कहिल्यै पनि लकडाउन गर्नेछैनौँ । हामी सबै व्यापार व्यवसाय खुला गर्छौैं”, उनले भने ।
“ट्रम्पले यो महिना आफूलाई लागेको कोभिड–१९ बाट निको हुनुबाट यो भाइरसलाई पराजित गर्न सकिने पुष्टि गरेको बताए । “हाम्रो मूल कुरा भनेको यसबाट निको हुनु हो”, उनले भने ।
कोरोना भाइरसको कारण अहिलेसम्म २ लाख २८ हजार मानिसको निधन भइसकेको छ । निकै अघिदेखि नै गर्मी यामको अन्त्यतिर देशव्यापीरूपमा दोस्रो चरणको सङ्क्रमण फैलिने पूर्वानुमान अहिले सत्य भइरहेको छ ।
ट्रम्प आर्थिक पुनःस्थापनालाई आफ्नो मुख्य विषय बनाइरहेका छन् । उनले डेमोक्रेटिक पार्टीले संरा अमेरिकालाई असफल वामपन्थी देशमा परिणत गर्न खोजेको भनी डर देखाइरहेका छन् । बाइडेनले स्वास्थ्यसम्बन्धी दिने गरेका विचारलाई इङ्गित गर्दै उनले यस्तो तर्क गर्ने गरेका छन् । गत बिहीबार नै तेस्रो त्रैमासिकमा ३३.१ प्रतिशतले वार्षिक वृद्धिदर बढिरहेको खबरले ट्रम्पलाई हौस्याएको छ । यो वृद्धिदरले अमेरिकी अर्थतन्त्र न्यून आधारबाट उठ्दै गरेको सड्ढेत गरेको छ ।
ट्रम्पले फ्लोरिडाको सभामा बाइडेन जिते ‘उपद्र्याहा, झन्डा जलाउने र अति वामपन्थीहरू’ को हातमा जाने बताए ।
तटस्थ मतदाताहरूलाई पनि आफूतिर तान्न फ्लोरिडाको सभामा ट्रम्पकी श्रीमती मेलानिया पनि सहभागी बनेकी थिइन् । उनले पनि सभामा बोलेकी थिइन् ।
आफ्नो अलग सभामा डेमोक्रेटिक दलका उम्मेदवार बाइडेनले ट्रम्पका सबै आरोप खारेज गर्दै आफू निर्वाचित भएको केही महिनामा नै भाइरसको खतरा घटाउने जिम्मेवार नेतृत्व बहन गर्ने बताए । “म देशलाई बन्द गर्दिनँ । म अर्थतन्त्रलाई बन्द गर्दिनँ । म भाइरसलाई बन्द गर्नेछु”, उनले भने ।
बाइडेनले भने, “ट्रम्प यो देशमा भाइरस फैलाउने मुख्य व्यक्ति हुन् । उनी फ्लोरिडामा पनि भाइरस फैलाइरहेका छन् । हामीलाई हामीबीच एकता गर्ने राष्ट्रपति चाहिएको छ, विभाजन होइन । यो देशको मुटु र आत्म आज खतरामा छ ।”
Leave a Reply