भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
देश र जनताप्रति समर्पित मजदुर दैनिक नियमित अध्ययन गर्नेहरूको लागि दामोदर सुवाल कुनै नौलो नाम होइन । भूगोल विषयका विद्यार्थी, कम्प्युटरका पुराना सौखिन, स्वअध्ययनबाट खारिएका चित्रकार, कवितामा विद्रोही ‘युवा कवि’ को नामबाट परिचित दामोदर सुवालको अर्को सशक्त परिचय व्यङ्ग्य चित्रकार (कार्टुनिस्ट) पनि हो ।

राजनीतिक, सामाजिक एवम् सांस्कृतिक व्यङ्ग्यले भरिएका, मौलिक नेपालीपनले सिङ्गारिएका व्यङ्ग्य चित्रकार सुवालले अनुभव र कलाको जति चर्चा र नाम हुनुपर्ने हो त्यति भएको पाइँदैन । सायद यो भक्तपुरवासी हुनुको दुरुभाग्य हुनुपर्छ ।
उहाँले आफ्नो चित्र बनाउने सोखसाथले चित्रकलाको स्वअध्ययनको दौरानमा एक शिक्षकको आग्रहमा कार्टुन बनाउन थाल्नुभएको थियो । विसं २०३५ सालको शिक्षक आन्दोलनमा नेपाली काङ्ग्रेस समर्थित शिक्षक सङ्गठनले आन्दोलनलाई धोका दिई बीचमै छोड्न लाग्दा शिक्षक गजेन्द्र वैद्यले गर्नुभएको आग्रहअनुसार बिस्केट जात्रामा उठाउने लिङ्गोको प्रतीकात्मक चित्र नै सुवालको पहिलो कार्टुन थियो ।
चित्र बनाउन सिक्दै गरेको बेला अफगानिस्तानमा सोभियत सङ्घको हमलाबारे उहाँले दोस्रो कार्टुन बनाउनुभयो भने त्यसपछि सन् १९८१ मा उहाँको कार्टुन यात्रा निरन्तर अगाडि बढ्यो ।

उहाँको बुझाइमा कार्टुन कलामा कुनै न कुनै सन्देश र हास्यव्यङ्ग्य हुने तर क्यारिकेचरमा अतिरञ्जनासहितको व्यक्तिचित्र (पोट्रेट) मात्र हुन्छ । रिभ्यूका चाइनिज कार्टुनहरू हेरेर कार्टुन सिक्नुभएका दामोदर सुवाल भारतीय कार्टुनिस्ट आरके लक्ष्मणबाट प्रभावित भएको बताउनुहुन्छ । विशाल बजारको एउटा पर्खालमा आफ्नो पहिलो कार्टुन प्रदर्शनी भएको अहिले पनि उहाँ सम्झनुहुन्छ । तीन दिनसम्म चलेको उक्त खुला प्रदर्शनीले भारतीय र रसियाली राजदूतावाससमेतलाई हल्लाएको थियो । प्रदर्शनी हेर्न आउनेहरू टाढाबाटै हेरेर आपसी कानेखुसी गरेर जान्थे । दिनभरि यो प्रकिया हेरेर बसेका सबै अचम्ममा परे । प्रदर्शनीमा राखिएका मध्ये एउटा कार्टुनले विदेशी कूटनीतिक क्षेत्रमा समेत हलचल भएको रहेछ । उक्त कार्टुनमा सोभियत सङ्घका राष्ट्रपतिको हत्केलामा भित्री वस्त्रमा सजिएकी इन्दिरा गान्धी नाचेको र चित्रमुनि तल ‘नाच मेरे बुलबुल पेसा मिलेगा’ लेखिएको थियो । यसबाट दुवै दूतावासका कर्मचारीहरू रिसाएका रहेछन् । उक्त कार्टुन प्रदर्शनी बनेपा र भक्तपुरमा पनि भए । प्रदर्शनी धेरै चर्चित भएको थियो । तर, पाटनमा प्रदर्शनी गर्न लाग्दा प्रहरीले हस्तक्षेप ग¥यो र कार्टुन जफत गर्दा आयोजकतर्फबाट न्हुछेभक्त कवांलाई ६ महिना जेल सजाय भएको थियो ।

२०४५ सालको भक्तपुर काण्डसँग सम्बधित समाचारले अझै पनि भक्तपुरवासीहरूलाई झस्काउँछ । दामोदर सुवालका कार्टुनहरूले घटनाको यथार्थबारे प्रस्ट पारेका थिए ।
‘गाईजात्रा’ मा निस्कने विभिन्न पत्रपत्रिकाहरूजस्तो कामना, भाँडभैलोमा समेत उहाँका कार्टुनहरू प्रकाशित भए ।
दामोदर सुवालले ‘मजदुर’ दैनिक, ‘श्रमिक’ साप्ताहिकका सुरुवाती दिनहरूदेखि २-३ वर्षसम्म दैनिकरूपमा कार्टुनहरू बनाउनुभएको थियो ।
२०४६ र २०४७ सालतिर ‘मातृभूमि’ साप्ताहिक पत्रिकामा उहाँले कार्टुन लेखेर प्रकाशित गर्नुभएको थियो ।
उक्त समय पञ्चायतको कहर रहेको बेला थियो । त्यसबेला आफूले तयार पारेका कार्टुनहरू गोप्यरूपमा रमेश थापा श्रेष्ठ र विश्वबहादुर दुवालले ‘मातृभूमि’ को कार्यालयमा लुकीलुकी पु¥याएका दिनहरू आज पनि उहाँ सम्झनुहुन्छ ।

‘मातृभूमि’ साप्ताहिकमा पनि उहाँले निरन्तर दुई वर्षसम्म कार्टुन लेख्नुभयो । सैद्धान्तिकरूपमा भिन्न रहे पनि माथवरसिंह बस्नेतको सम्पादनमा निस्किने ‘पुनर्जागरण’ साप्ताहिकमा पनि ६ महिनासम्म कार्टुन छापेको बेग्लै अनुभव उहाँसँग रहेको छ ।
विभिन्न समयमा हुने भेटघाटमा का. रोहितले कार्टुन बनाउन प्रेरणा दिनुभएको सम्झनुहुन्छ । का. रोहित जेलमा हँदासमेत आरके लक्ष्मणका विभिन्न कार्टुन तथा चित्रहरूको कटिङ्गहरूसमेत जेलबाट चिठीसँगै पठाउनुभएको पुराना कुरा पनि सम्झनुहुन्छ ।
कार्टुन लेखनका साथै विभिन्न पुस्तकहरूको आवरण पृष्ठ तथा लोगोहरू पनि उहाँले तयारी गर्नुभएको छ । जसमध्ये ‘पञ्चायत’ श्रमिक, ‘भक्तपुर’ मासिकको लोगो, आवरण पृष्ठ तथा कार्टुनहरू उहाँले लेख्नुभयो । उत्कृष्ट डिजाइन भएकोले नै होला भक्तपुर नपाद्वारा प्रकाशित आफ्नो मुखपत्र ‘भक्तपुर’ मासिकमा उहाँको लोगो तथा कार्टुनहरू अझै नियमितरूपमा प्रकाशित भइरहेको छ ।

कतिपय पुराना कार्टुनहरू हेर्दा अहिले हाँसो लाग्ने बताउनुहुन्छ ! केहीमा कम्पोजिसन नमिलेको जस्तो केहीमा कला पक्ष नमिलेको जस्तो । उहाँ जिन्क प्लेटमा इचिङ्ग गरेर कार्टुन निकाल्दा कहिलेकाहीँ एउटा बनाउन खोज्दा अर्कै बनेको अनुभव पनि सुनाउनुहुन्छ । प्रविधिमा भएको विकासक्रमसँगै कार्टुन कलाको विगत र वर्तमानमा धेरै भिन्नता आएको अनुभव पनि गर्नुहुन्छ । अहिले डिजिटल प्रविधिमै कार्टुन बनाउँदै आउनुभएका दामोदर सुवालका कार्टुन ‘मजदुर’ दैनिक, ‘मजदुर–किसान’, ‘भक्तपुर’ मासिकमा निरन्तर प्रकाशित भइरहेका छन् ।
अझै पनि दामोदर सुवालका कार्टुनहरू त्यत्तिकै चोटिला, प्रखर र राजनितीकरूपमा चेतनामूलक छन् ।
Leave a Reply