आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
वाशिङ्टन, १ नोभेम्बर । संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार हुने निर्वाचनको प्रचार प्रसार गर्ने अन्तिम दिन प्रचार कार्यक्रमलाई निकै प्रतिस्पर्धा हुने राज्यहरूमा केन्द्रित गरेका छन् । दोस्रो कार्यकालको लागि डेमोक्रेटिक दलका उम्मेदवार जो बाइडेनसँग प्रतिस्पर्धामा उत्रेका उनले आफ्नो विजयको लागि निर्णायक भूमिका खेल्न सक्ने राज्यमा आफ्ना अन्तिम प्रचार कार्यक्रम केन्द्रित गरेका हुन् । नोभेम्बर ३ मा हुने निर्वाचनले ट्रम्प आगामी चार वर्षको लागि दोस्रो कार्यकालमा निर्वाचित हुनेछन् अथवा सन् १९९२ मा जोर्ज एच.डब्ल्यु बुशजस्तै पहिलो कार्यकालमा निर्वाचित भएर दोस्रो कार्यकालमा पराजित भई इतिहास दोहोरिने छ भन्ने कुरा निधो गर्नेछ ।
कोरोना भाइरसको महामारी नियन्त्रणमा ट्रम्प सरकारको असफलतालाई आफ्नो उम्मेदवारीको मूल विषय बनाएका प्रमुख प्रतिस्पर्धी जो बाइडेनले आइतबार पेन्साल्भानियामा चुनावी सभा गरे । चुनावी जीत हारमा सो राज्यको निर्णायक भूमिका हुने बताइएको छ ।
आइतबार र सोमबारमा ट्रम्पको दस वटा सभामा सहभागी हुने व्यस्त कार्यक्रम छ । अर्थात उनी एक दिनमा पाँच पाँच सभामा सहभागी बन्नेछन् । ट्रम्पले मिचिगन, आयोवा, नर्थ क्यारोलिना, जोर्जिया र फ्लोरिडामा चुनावी सभामा सहभागी बनेका थिए । सोमबार नर्थ क्यारोलिना, पेन्साल्भानिया र विनकनसिनमा एक–एक तथा मिचिगनमा दुई वटा चुनावी सभामा उनी सहभागी बन्नेछन् ।
सोमबार मिचिगनको ग्रान्ड ¥यापिड्समा उनको अन्तिम सभा हुनेछ । सन् २०१६ मा पनि उनको चुनावी प्रचार कार्यक्रम त्यही समापन भएको थियो । चार वर्षअघि उनको अनपेक्षित विजयको लागि दसकौँदेखि डेमोक्रेटिकले जित्दै आएका मिचिगन, पेन्साल्भानिया र विनकनसिन राज्यलाई आफ्नोतिर तान्न सफल भएका थिए ।
कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई ट्रम्पले न्यून महत्व दिएका छन् । संरा अमेरिकामा ९० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । हालसम्म २ लाख ३० हजार मानिस कोरोनाको कारण निधन भइसकेको छ ।
ट्रम्पले भाइरसको हल्ला विपक्षीले आफूविरुद्ध फैलाइरहेको बताए । उनले बाइडेनले चुनाव जिते अर्को भाइरस अर्थात् लकडाउनले जनतालाई सताउने भनी डर देखाइरहेका छन् । उनको शब्दमा लकडाउन अमेरिकी समाजले अब बेहोर्न सक्दैन ।
शनिबार पेन्साल्भानियाको न्युटाउनमा आयोजित चुनावी सभामा ट्रम्पले आफ्नो प्रतिस्पर्धी बाइडेन निकै कमजोर भएकोमा दुःख पोखेका थिए ।
“उनी कसरी मेरो प्रतिस्पर्धामा आउन सक्छन् र ?” ट्रम्पले बाइडेनलाई सङ्केत गर्दै भने ।
देशव्यापी सर्वेक्षणहरूमा प्रष्टतः बाइडेन नै प्रतिस्पर्धामा अघि भएको देखाएको छ । तर, पेचिलो प्रतिस्पर्धा हुने राज्यहरूको अलग अलग सर्वेक्षणले भने दुवै उम्मेदवार प्रतिस्पर्धामा रहेको देखाएको छ ।
ट्रम्पले चुनाव जित्न सन् २०१६ मा उनले जितेका फ्लोरिडा, जोर्जिया, नर्थ क्यारोलिना, ओहायो, आयोवा र ओरिजोनालाई आफ्नो पक्षमा ल्याउनुपर्ने चुनौती छ । अथवा चार वर्षअघि उनले जितेका पेन्साल्भानिया, मिचिगन वा विनकनसिनजस्ता मध्यपश्चिमी राज्यमध्ये कम्तीमा एउटा राज्य आफ्नो पक्षमा ल्याउनुपर्नेछ ।
केही रिपब्लिकनहरू ट्रम्पले चुनावमा जित्नेमा आशावादी छैनन् । धेरै राज्यहरू उनको पक्षमा नभएको उनीहरूको बुझाइ छ । यसअघि नै मतदान गरिसकेका ९ करोड मानिसले चुनावी नतिजा राष्ट्रपतिको पक्षमा नभएको सङ्केत गरेको उनीहरूको धारणा छ ।
Leave a Reply