भर्खरै :

विदेशमा ज्यान जोखिममा राखेर काम गर्न बाध्य

काठमाडौँ, १६ कार्तिक । आर्थिक प्रलोभनमा विदेश छिरेका सोझा–सीधा नेपाली युवा–युवतीहरू मनभरि वेदना, पीडा र समस्या पोख्दै नेपाल फर्किरहेका छन् । भावी जीवन सुनिश्चित हुने आशाका साथ विभिन्न देशमा पुगेका युवा–युवतीहरूलाई धोका दिएपछि, कामअनुसारको ज्याला नदिएपछि, कार्यमा व्यस्त भइरहँदा पनि दिइने दबाब, शारीरिक र मानसिक यातनाले ती नेपालीहरू आँसु झार्दै नेपाल फर्केका छन् । तर, पनि सरकारले स्वदेशमै रोजगारीको व्यवस्था गर्न नसक्दा प्रत्येक दिन कामको खोजीमा विदेश छिरिरहेका छन् । सम्पत्ति कमाउने आशा राखेर खुसीका साथ विदेश पसेका कति युवा–युवतीहरू विदेश पसेपछि अलपत्र परेका छन्, सम्झौताअनुसारको काम नपाएर अर्कै काम गर्न बाध्य छन्, काम धेरै पारिश्रमिक थोरै भएर निरास भएका छन् ।
नेपालीहरूलाई त्यहाँका मालिकहरूको उठवसमा बस्नुपर्ने बाध्यता छ । ज्यानको जोखिम मोलेर युवा–युवतीहरू बन्धकमा परेका छन् । विदेशबाट हालै फर्केकी दाङकी एक युवतीले रोईरोई मनको पडिा पोखिन् । अरूको उठबसमा काम गर्नुपर्दा बिरामी भन्न पाउँदैनथ्यो । शारीरिक र मानसिक यातना सहनुपथ्र्यो । सयौँपटक समस्या पोखेर बिन्ती गर्दा पनि कुनै सुनुवाइ हुँदैनथ्यो । नेपाल फर्कने कुरा गर्दा मरेपछि जाने भनेर उल्टो मानसिक दबाब दिइन्थ्यो । जोर्डनमा कामको खोजीमा गएकी ती युवतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तै पीडा पोखिन् । एक वर्षअघि घरेलु काममा हिँडेकी ती युवतीले अनेक समस्या भोगेर बल्ल नेपाल प्रवेश गरेर सन्तोषको सास फेरिन् ।
सम्पत्तिकै प्रलोभनमा परेर आफ्नो घर–खेत बेची कति युवाहरू विदेश छिर्छन् । विदेश पसेपछि तिनीहरूले काम पाउँदैनन्, महिनौँ दिनसम्म काम नपाएर यहाँबाट लगिएको सम्पत्ति सिधिन्छ र कति अलपत्र पर्छन्, बिचल्ली हुन्छन् । सरकारले स्वदेशमै काम मामको व्यवस्था गरेको भए नेपाली युवा–युवतीहरूले यस्तो  पीडा भोग्नुपर्दैनथ्यो । सरकारले देशमा काम–मामको व्यवस्था गर्न नसकेरै कोरोनाको महामारी फैलिरहे पनि विदेश जानेको सङ्ख्यामा कमी आएको देखिँदैन । सरकार उल्टो युवाहरूलाई विदेश पठाउने बाटो बनाउँथ्यो, उत्साहित गथ्र्यो । विदेश पसेर कमाइएको पैसाबाट देशको लागि ठूलो आर्थिक स्रोत जुटेको प्रसङ्ग उठाएर विदेश जान बाध्य पाथ्र्यो । नेपाली युवा–युवतीहरू विदेश छिरेपछि काम दिन नपर्ने, काम दिन नसक्ने सरकारको विरोध पनि नहुने फाइदा लिएर सरकारले अकर्मण्य काम गरिरहेको छ । यो सरकारको गैरजिम्मेवारी हो । यसको विरोध सबैले गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *