कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
काठमाडौँ, १७ कार्तिक । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड–१९) का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ । अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले धरौटी रकमसम्बन्धी पूर्व सूचनालाई स्पष्ट पार्दै कोभिड–१९ का बिरामीलाई उपचार गर्दा बुझाउनुपर्ने धरौटी रकम नलिन शैय्या र काउन्टरमा पत्राचार गरिएको बताउनुभयो । यसअघि अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्दा रु. २० देखि ५० हजारसम्म धरौटी राख्नुपर्ने बताएको थियो । अस्पतालले स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको निर्देशनअनुसार नै शुल्क तिर्न सक्ने बिरामीले शुल्क तिर्ने र नसक्ने बिरामीले निःशुल्क उपचार गर्ने नीति लिइएको उल्लेख गरेको छ । उहाँले अस्पतालमा भर्ना भएका बिरामीका लागि खाना, अस्पतालमा निःशुल्करूपमा उपलब्ध औषधि तथा प्रयोगशाला र अन्य उपलब्ध परीक्षणहरू निःशुल्करूपमा व्यवस्था गरिँदै आएको जानकारी दिनुभयो । सरकारले विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्गता, ज्येष्ठ नागरिक, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीका मात्र निःशुल्क परीक्षण र उपचार खर्च व्यहोर्ने भएको हो । अस्पतालका निर्देशक डा. राजभण्डारीले विनाशुल्क कोभिड–१९ का सङ्क्रमितको उपचार नै नगरिने भन्ने दुष्प्रचार र भ्रमबाट मुक्त हुँदै आवश्यक परेको बेला अस्पतालले निःशुल्क रूपमा सङ्क्रमितको उपचार गर्ने बताउनुभयो ।
Leave a Reply