भर्खरै :

कोरोना निको हुने दर वृद्धि

काठमाडौँ, १७ कार्तिक । नेपालभर गत २४ घण्टामा २ हजार ९३३ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३ हजार १५० निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएका १३ हजार ४४६ को पीसीआर परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा सोमबार १ हजार ६३० सङ्क्रमित भएका छन् । त्यसमध्ये, काठमाडौँमा एक हजार ३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ जना छन् । अहिलेसम्म निको हुनेको सङ्ख्या १ लाख ३७ हजार ९९२ रहेको छ । नेपालको निको हुनेको दर ७८.२ प्रतिशत पुगेको छ । देशभर पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङख्या ९८४ पुगेको छ । सङ्क्रमित हुनेमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *