भर्खरै :

भक्तपुर नगरका विभिन्न वडामा सामाजिक भत्ता वितरण

भक्तपुर, १७ कार्तिक । भक्तपुर नगरपालिका वडा नं . १ मा सोमबार ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिक, ६० वर्ष उमेर पूरा भएका ज्येष्ठ एकल महिला, पूर्ण अशक्त नागरिकलाई सामाजिक सुरक्षा भत्ता तथा ६० वर्ष उमेर पूरा नगरेका विधवा र अति अशक्त अपाङ्ग नागरिक लाभग्राहीलाई आर्थिक सहायता वितरण गरियो । आ. व. ०७७।७८ को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता तथा आर्थिक सहायताअन्तर्गत गत साउनदेखि कार्तिकसम्म ४ महिनाको सामाजिक सुरक्षा रकम वितरण गरियो ।
सामाजिक सुरक्षा भत्ता तथा आर्थिक सहयता वितरणअन्तर्गत ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक २९७ जनामध्ये २०२ (१ महिनाको प्राप्त गर्ने २ जना र ३ महिनाको प्राप्त गर्ने २ जनासमेत) जनालाई रु. १२ हजारका दरले रु.२४ लाख २४ हजार, ६० वर्ष उमेर पूरा गरेका ज्येष्ठ एकल महिला ८७ जनामध्ये ५६ जनालाई रु. ८ हजारका दरले रु.४ लाख ८० हजार, पूर्ण अशक्त १२ जनामध्ये ६ जनालाई रु. १२ हजारका दरले रु. ७२ हजार सामाजिक सुरक्षा भत्ता तथा ६० वर्ष उमेर पूरा नगरिएका विधवा महिला १११ जनामध्ये ७४ (३ महिनाको प्राप्त गर्ने २ जनासमेत) जनालाई रु. ८ हजारका दरले रु. ५ लाख ८८ हजार र अति अशक्त नागरिक २६ जनामध्ये १३ जनालाई रु. ६ हजार ४ सयका दरले रु. ८३ हजार २ सय गरी जम्मा ३५१ जनालाई जम्मा रु. ३६ लाख ४७ हजार २ सय सामाजिक सुरक्षा भत्ता तथा आर्थिक सहयोग वितरण भएको वडा सचिव दामोदर लिवीले बताउनुभयो ।
भक्तपुर नपा वडा नं ४ मा पनि सामाजिक सुरक्षा भत्ता वितरण गरियो । बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म सामाजिक दुरी कायम गरी स्थानीय तालाक्व टोलमा सम्पन्न भएको भत्ता वितरण कार्यक्रममा ४१५ ज्येष्ठ नागरिक, १०४ जना ६० वर्षमाथिका एकल महिला, ९६ जना ६० वर्षमुनिका एकल महिला, १५ जना पूर्ण अशक्त र ११ जना आंशिक अशक्त गरी कुल ७ सय ४३ जनालाई रु. ६७ लाख ७७ हजार रकम बराबरको सामाजिक सुरक्षा भत्ता वितरण भयो । पहिलो दिनमै ८३.९५ प्रतिशतको भत्ता वितरण गरिएको थियो । कार्तिक २१ गतेसम्म वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने जनाइएको छ ।
त्यस्तै भक्तपुर नपा वडा नं ६ मा २३६ जना ज्येष्ठ नागरिकलाई २८ लाख २२ हजार रूपैयाँ, १०३ जना एकल महिलालाई ८ लाख २४ हजार रूपैयाँ, दलित तीन जनालाई २४ हजार, पूर्ण अपाङ्ग तीन जनालाई ३६ हजार र आंशिक अपाङ्ग ११ जनालाई ३७ लाख ७६ हजार ४ सय रूपैयाँ वितरण गरियो ।
यस्तैगरी वडा नं. ९ मा गत साउनदेखि कार्तिकसम्मको ज्येष्ठ नागरिक ३५९ जनालाई रु. ४३ लाख ८ हजार वितरण गरिएको छ । एकल महिला, विधवा, अति अशक्त एवम् आंशिक अशक्तलाई कार्तिक १८ गते, मङ्गलबारको दिन आर्थिक सहायता रकम वितरण गरिनेछ । सामाजिक सुरक्षा भत्ता लिन छुटेका ज्येष्ठ, एकल महिला, विधवा, पूर्ण अशक्त र अति अशक्त नागरिकहरुलाई कार्तिक २१ गते शुक्रबारसम्म वितरण हुने वडा कार्यालयले जनाएको छ ।
वडा नं. १० बाट प्राप्त जानकारीअनुसार ज्येष्ठ नागरिक २०२ जनालाई रु. २४ लाख १४ हजार, एकल महिला ८८ जनालाई रु. ७ लाख ४ हजार, पूर्ण अशक्त तीन जनालाई रु. ३६ हजार र आंशिक अशक्त ६ जनालाई रु. ३८ हजार ४ सय गरी ३१ लाख ९२ हजार ४ सय वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *