सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
भक्तपुर, १८ कार्तिक । भक्तपुर औद्योगिक क्षेत्रमा ध्वनि र धुवाँ प्रदूषण फाल्ने उद्योगबाट पीडित जनताले उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडसँग सरकारको निर्णयअनुसार सो औद्योगिक क्षेत्र स्थानान्तरण गर्न वा स्थापना बेलाको साना उद्योग क्षेत्र नै कायम गर्ने वा सो जग्गा सम्बन्धित जग्गावालालाई फिर्ता गर्नुपर्ने माग राखेका छन् । मङ्गलबार भक्तपुर औद्योगिक क्षेत्रको अध्ययन अवलोकन गर्न भक्तपुर पुग्नुभएका राज्यमन्त्री दुगडसमक्ष यस्तो माग राखिएको थियो ।
विसं २०३५ सालको भक्तपुरको सीपमा आधारित उद्योग प्रबद्र्धन गर्न साना उद्योग क्षेत्र स्थापना भएको थियो । अहिले सो उद्योग क्षेत्रमा ध्वनि र धुँवा फाल्ने टेक्सटायल र डाइङ्ग मेसिन सञ्चालन गर्ने ठूला उद्योगले वरिपरिका हजारौं जनताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको छ ।
राज्यमन्त्रीको टोलीमा मन्त्रालयका सहसचिवसहित आठ–१० जना सरकारी अधिकारी संलग्न थिए । टोलीले पस्मिना, सेरामिक्स, डेरीलगायत उद्योगको स्थलगत अध्ययनपछि नेपो, कृति, समृद्धि टेक्सटायल र डाइङ्ग उद्योगको स्थलगत अवलोकन ग¥यो ।
राज्यमन्त्री दुगडको टोली नेपो टेक्सटायलको मेसिन भएको जस्ताको टहराभित्र पुग्दा त्यहाँ भएका टेक्सटायल मेसिनमध्ये दस प्रतिशत पनि थिएनन् । राज्यमन्त्री दुगडको टोलीले टेक्सटायल मेसिन सबै चलाउन निर्देशन दिंदा नेपोका सञ्चालक पवन र रोहित सांघाईका प्रशासक एवम् व्यवस्थापक प्रमोद वाग्लेले टेरेनन् । यसअघि व्यवस्थापन कार्यालयका अधिकारी सिर्जना श्रेष्ठको टोलीले कार्तिक १४ गते नेपो टेक्सटायल उद्योगको स्थलगत अध्ययन गरेको बेला पनि ५–७ वटा मेसिनमात्र सञ्चालन गरिएको थियो । नेपामा कुल ४२ थान टेक्सटायल उद्योग छन् ।
राज्यमन्त्री दुगड र अधिकारी श्रेष्ठको टोली स्थलगत अध्ययन गरी निस्केलगत्तै नेपोले पुरै टेक्सटायल मेसिन सञ्चालन गरेको थियो । यसरी नेपोले राज्यमन्त्रीसमेतको टोलीलाई नटेरेको हो या राज्यमन्त्री दुगड र नेपोको सञ्चालनको मिलेमत्तो हो, सार्वजनिक हुने नै छ ।
नेपोका साङ्घाईले विसं २०६९ सालदेखि २–४ ओटा गरी टेक्सटायल मेसिन सञ्चालन गरेका थिए । गएको भदौ २० र २१ गते सो ठाउँमा दर्जनौँ टेक्सटायल मेसिन थपिएको थियो । सो क्षेत्रमा अन्य टेक्सटायल उद्योग र डाइङ्ग उद्योगसमेत भएकोले वरिपरिका जनता ध्वनि र धुँवा प्रदूषणको चपेटामा परेका हुन् ।
स्थलगत अध्ययनमा सांसद प्रेम सुवाल, भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति, अन्य जनप्रतिनिधि तथा ध्वनि र धुँवा प्रदूषण पीडित जनता पनि संलग्न हुनुभएको थियो । राज्यमन्त्री दुगडलाई सँगै आएका सहसचिवले व्यवस्थापन कार्यालयका कर्मचारीसँग अलग छलफल गरेका थिए ।
सांसद सुवाल र प्रमुख प्रजापतिले ध्वनि र धुँवा प्रदूषण पीडित जनतालाई राज्यमन्त्रीको अध्ययनपछि ध्वनि र धुँवा प्रदूषण फाल्ने उद्योग स्थानान्तरण हुने अपेक्षा रहेको बताउनुभयो । पीडित जनताले राज्यमन्त्रीसँग ध्वनि र धुँवा प्रदूषण फाल्ने टेक्सटायल उद्योग हटाउन माग गरेका थिए ।
मन्त्रालयबाट आएका केही अधिकारीहरूले स्थलगत अध्ययनपछि स्थानीय जनता टेक्सटायल र डाइङ मेसिनको ध्वनि र धुँवा प्रदूषणबाट पीडित भएको स्वीकारेका थिए । ध्वनि र धुँवा फाल्ने उद्योगका सञ्चालकहरूको चँगुलमा राज्यमन्त्री दुगड नफसे पीडित जनताले राहत पाउने अपेक्षा गर्न सकिन्छ ।
Leave a Reply