नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले आर्थिक कारोबारको साथै विभिन्न सामाजिक जिम्मेवारी पनि निर्वाह गर्दै आएको छ । संस्थाको २४ औँ स्थापना दिवसको अवसरमा संस्थामा आबद्ध ज्येष्ठ सदस्यहरूलाई पौष्टिक आहार वितरण गर्ने कार्यक्रम राखिएको छ । दीर्घरोग लागेका, कमजोर या निर्बल व्यक्तिहरूलाई कोरोना सङ्क्रमणले सताइरहेको बेला पौष्टिक आहार वितरण गर्ने कार्यक्रम सकारात्मक छ । ज्येष्ठ नागरिक र कमजोर व्यक्तिहरूलाई आहार आवश्यक छ भन्ने सन्देश दिन संस्थाले पौष्टिक आहार वितरण गर्न लागेको हो । ज्येष्ठ सदस्य पोषण आहार वितरणमा च्यवनप्रास, हर्लिक्स र सुगर फ्रि बिस्कुट हुनेछ ।
संस्थाका कोरोना सङ्क्रमित सदस्यहरूलाई पानी तताउने जग, हटवाटर व्याग र हर्लिक्स वितरण गरिने कार्यक्रम छ । यो बेला हरेकले पानी तताएर खानुपर्छ भन्ने सन्देश समाजमा छर्न भक्तपुर बचतले सङ्क्रमित सदस्यलाई सो सामग्री वितरण गर्न लागेको अर्को सकारात्मक कदम हो । संस्थाले संस्थाको आवश्यकताअनुसार होइन, सदस्यको आवश्यकताअनुसार काम गरिरहेको छ । यो संस्थाले ज्येष्ठ नागरिकहरूको मात्र होइन, संस्कृति, साहित्य, शिक्षा, वाद्यवादन, खेल, समाजका गुरु, विज्ञ, समाजसेवी तथा अन्य विभिन्न सीप भएका अग्रजहरूको सम्मान गर्नु पनि अनुकरणीय छ ।
संस्थाले सदस्य सङ्ख्या बढाउने भन्दा सदस्यहरूलाई गुणस्तरीय सेवा दिने काममा जोड दिइरहेको छ । ऋणमा कम ब्याज लिएर सदस्यहरूको सेवा पु¥याइरहेको छ । संस्थाले हरेक वष कहिले अस्पतालका बिरामीलाई अस्पतालमै पुगेर मिठाइ वितरण गर्ने त कहिले कार्यालयकै प्राङ्गण त कहिले घर–घरमै पुगेर पौष्टिक आहार वितरण गरेर सामाजिक दायित्व निर्वाह गरिरहेको छ । संस्थाको अर्को अनुकरणीय काम ज्येष्ठ नागरिकको भ्रमण पनि हो । ज्येष्ठ नागरिकको भ्रमणबाट उनीहरूले विभिन्न स्थानको परिचय पाएका छन्, अरु ठाउँको अनुभव बटुलेका छन् । यसले ज्येष्ठ नागरिकहरू खुसी भएका छन् । संस्थाले यसरी नै अन्य उदाहरणीय कार्य गर्दै जाने विश्वास छ ।
Leave a Reply