स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
नेकपाभित्रका पूर्वएमाले र पूर्वमाओवादीले सिद्धान्त र विचारको आधारमा राजनीति गरेनन् । सत्ता, शक्ति र सम्पति या पद, पैसा र भागबन्डाको राजनीतिमा केन्द्रित भएको हुँदा दुई अध्यक्षबीचको अन्तरकलह चरमोत्कर्षमा पुगे पनि नेकपा उनीहरूकै नेताले भनेझैँ विभाजन हुँदैन या फुट्दैन । किनभने पूर्वएमाले र पूर्वमाओवादीका नेताहरूलाई सत्ता प्यारो छ, राज्यकोषमा रजाइँ गर्न पल्किसकेको छ, राज्यको सेवा सुविधामा फसिसकेको छ । पार्टी विभाजन हुनेबित्तिकै सत्तामा जान पाउँदैन, मन्त्री हुन पाउँदैन, राज्यको सेवा सुविधा पाउँदैन, आफ्ना नेता तथा कार्यकर्तालाई जागिर खुवाउन पाउँदैन । यही कारण नेकपा विभाजन हुँदैन भनी नेकपा के नेताहरू ठोकुवा गर्छन् । यसकारण नेकपाका दुई अध्यक्षबीचको अन्तरकलह अस्वाभाविक होइन ।
पार्टी विभाजन भएमा देशको ठूलो दल पनि बन्दैन, अर्को निर्वाचनमा अहिलेझैँ सांसदहरू पनि त्यति जित्दैनन् । पार्टी विभाजन रोक्न दोस्रो तहका नेताहरू लागे पनि नलागे पनि, सांसद र कार्यकर्ताहरूले दबाब दिए पनि नदिए पनि पार्टी विभाजन हुँदैन । साँच्चै नेकपाका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरू सच्चा कम्युनिस्ट हुन्, सिद्धान्त र विचारको आधारमा राजनीति गर्छन्, श्रमजीवी वर्गको पक्षमा सङ्घर्ष गर्छन् भने, पद, पैसा र भागबन्डाको राजनीतिमा फस्दैनन् भने पुँजीवादी राजनीति छोड्नुपर्छ । पूर्वएमाले र पूर्वमाओवादीभित्रका सच्चा कम्युनिस्टहरू एक ठाउँमा उभिनुपर्छ, सच्चा कम्युनिस्टहरू पुँजीवादी राजनीतिबाट अलग हुनुपर्छ ।
पुँजीवादी राजनीति गरेर, विदेशी पुँजीपतिको दलाल बनेर, विस्तारवाद र साम्राज्यवादको चङ्गुलमा फसेर कम्युनिस्ट पार्टी बलियो हुँदैन, कम्युनिस्ट पार्टी अघि बढ्दैन । कम्युनिस्ट पार्टीको नाउँमा कम्युनिस्ट पार्टीकै बदनाम गरेर, झूटको खेती गरेर देशमा कसरी समाजवाद स्थापना हुन्छ ? नेकपा सङ्कटमा परेको कुरा नेकपाकै महासचिव विष्णु पौडेलले स्वीकारिसकेका छन् । यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर सङ्कट उत्पन्न भएको छ भन्ने उनको अभिव्यक्तिले पनि पार्टी सङ्कटमा परेको स्पष्ट हुन्छ । पार्टी एकीकरण गर्ने, समीकरण गर्ने, भागबन्डा मिलाउने र अन्तरकलह मिलाउने जिम्मा पार्टी अध्यक्षद्वय ओली र दाहाललाई दिइएको हो भने पार्टी एकताबाट बचाउन नेताहरूले नेता र कार्यकर्ताहरूलाई किन आह्वान गर्नुप¥यो, किन दबाब दिनुप¥यो ? पार्टीभित्र देखिने सबै समस्याको जिम्मा दुई अध्यक्षलाई दिने, अनि दुई अध्यक्षले केही गर्ला कि भनी आशङ्काले दबाब दिन आह्वान पनि गर्ने ? या त दुई अध्यक्षको जिम्मामा छोड्नु हुँदैनथ्यो, दुई अध्यक्षलाई जिम्मा दिइएपछि यसो र उसो गर्न दबाब दिनुहुँदैनथ्यो ।
Leave a Reply