सहरमा हराउँदै छिमेकीपन
- आश्विन २०, २०८३
भक्तपुर, १७ जेठ । विशेषतः नेवार समुदायमा मनाइने सिठी नखः पर्व आज मनाइँदै छ । आजको दिन टोल समुदायका मानिसहरु मिलेर पानीका मुहानहरु सफा गर्ने चलन रहेको छ । सिठी नखः कै अवसरमा आज भक्तपुरका विभिन्न टोलटोलमा रहेका इनार, कुवा, पोखरी सफा गरिएको छ ।
भक्तपुर नपा वडा नं ५ का स्थानीय बासिन्दाको अगुवाइमा आज लैकोस्थित पोखरी आज विहान सफा गरिएको छ । सरसफाईमा स्थानीय बालबालिकादेखि महिलाहरुको समेत सहभागीता रहेको थियो ।
फोटोः न्हुज किजू





Leave a Reply