भर्खरै :

चाँगुनारायणमा नेमकिपाको विजयी ¥याली

चाँगुनारायण नगरपालिकाको वडा नं ९ मा वडाध्यक्ष सहित पूरा प्यानल जिते पछि नेपाल मजदुर किसान पार्टीको स्थानीय कार्यकर्ता र समर्थकहरुले बुधबार भव्य विजयी ¥याली निकालेका छन् । च्यामासिंहबाट बिहान ११ः०० बजे बाजागाजा सहित शुरु भएको ¥याली साविक ताथली गाविसका सबै क्षेत्रहरुमा पुगेको थियो । ¥याली राति झण्डै ८ः०० बजेमात्र टुङ्गिएको थियो । ¥यालीमा सहभागी सम्पुर्ण निर्वाचित जनप्रतिनिधिहरुलाई ठाउँ–ठाउँमा स्थानीय जनताले टिका टालोसहित बधाई ज्ञापन गरेका थिए ।
¥यालीको क्रममा विभिन्न स्थानमा आयोजित सभामा निर्वाचित वडाध्यक्ष गणेश त्यातले पार्टीले चुनावको क्रममा जारी गरेको घोषणापत्रलाई पाँच वर्षभित्र पूरा गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।
उहाँले शासक दलहरु पटक पटक सरकारमा गएर पनि व्यापक जनतालाई विकासको अनुभव गराउन असफल भएको बताउँदै नेमकिपाले स्थानीय क्षेत्रको विकासको लागि विकेन्द्रिकरणको मुद्दा उठाउँदै आएको चर्चा गर्नुभयो ।
सभाहरुमा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नीरज लवजूले पैसाको भरमा चुनाव जित्ने राजनीतिक पार्टीले लोकतन्त्रमा विकृति निम्त्याउने गल्ती गरिरहेको बताउँदै चुनावमा पैसा, सत्ता र सम्पत्ति खर्च गर्ने उम्मेदवारले जनताको मन जित्न नसक्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका नारायणभक्त न्हेमाफुकी र हरिसुन्दर छुकाँले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *