पढाइको राजनीति – २
- असार ६, २०८३
छिमेकी देशहरूबीचको सीमा विवाद सशस्त्र युद्ध गरेर समाधान गर्नुभन्दा संवादमार्फत निकास खोज्नु अन्यथा होइन । संवादमार्फत हल गर्नु पहिलो प्राथमिकता हो । तर, संवाद हुँदैन या पटकपटक संवाद भए पनि समस्या हल हुँदैन भने अर्काे उपाय नखोजी हुँदैन । त्यसबेला देशको सीमा व्यवस्थित गर्न, सुरक्षित राख्न र नेपालको भूमि नेपालकै कायम राख्न अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने बाध्यता हुन्छ । संवाद नै सीमा विवादको एकमात्र बाटो हो भनेर नेपालले कति वर्ष सहेर बस्ने ? नेपाली भूमि विदेशीलाई छोडेर कसरी नेपालको कायम हुन्छ ?
भारतीय पक्षले नेपाली भूमि जति मिचे पनि, अतिक्रमण गरे पनि, भारत छिमेकी र असल मित्र हो भनेर के नेपालको काम सहेरमात्र बस्ने हो ? नेपाल सरकारको यस्तै सहने बानी, ठूला शक्ति राष्ट्रको अगाडि बोल्न नसक्ने आँट नभएकै कारण नेपाल एकपछि अर्काे साँगुरिँदै गइरहेको हो । नेपालको कालापानीमा भारतीय सेना तैनाथ गरिराख्नु पनि सरकारको बेवास्ताले गर्दा हो, सरकारले सहेर बस्दाको परिणाम हो । नेपालको यही कमजोरीले गर्दा अहिले भारतीय शासकहरू र भारतीय सञ्चारमाध्यमहरू भारतले उपभोग गरिरहेको भूमि कसरी नेपालको हुन्छ ? नेपालको जग्गा हो भने भारतीय सेनालाई कालापानीमा किन राखिरहेको भनी प्रश्न गर्दै छन् ।
छिमेकी देशहरूबीच असल मित्रता हुनुपथ्र्याे, मित्र देशको रूपमा एकले अर्काेलाई व्यवहार गर्नुपथ्र्याे । मित्र देशले अहङ्कार देखाउने, दबाब दिने, सीमा मिच्ने, एकतर्फीरूपमा बाँध तथा तटबन्ध र बाटो बनाउने, दासको जस्तो व्यवहार गर्ने काम ग¥यो भने कसरी असल मित्रता हुन्छ ? के मित्रता देखाउने दाँत हो ? असल मित्रता कायम गर्न असल व्यवहार गर्नुपथ्र्याे, अरू देशको स्वाधीनता र सार्वभौमिकता स्वीकार्नुपथ्र्याे । मिचेको जग्गा छोड्नुपथ्र्याे । समानताको नाममा भएका सबै असमान सन्धिहरू फिर्ता लिनुपथ्र्याे या खारेजको लागि अघि सर्नुपथ्र्यो । ठूला देशले जे गरे पनि सहने बानी राम्रो होइन । त्यस्तो देश असल मित्र हुनसक्दैन ।
अतिक्रमण र असमान सन्धिको विरोध गर्छ भनेरै भारतीय शासकहरूले नेपाल सरकारलाई विकास, आर्थिक सहयोग गरेर विरोधको स्वर सेलाउने काम गरिरहेका छन् । भौतिक सामग्रीको सहयोग गरेपछि नेपाल सरकार बोल्दैन, बोल्ने आँट गर्दैन । विरोध गरेपछि आर्थिक सहयोग रोकिन्छ र विकासमा टेवा पुग्दैन भनेर सहने नेपाल सरकारको मानसिकताले वास्तवमा भारतले नेपाली भूमि मिचेको हो, भारतीय एकाधिकार पुँजी लागू गरिरहेको हो । भारत नेपालको मित्र देश बन्न नेपाल भारतबीच भएका सबै असमान सन्धिहरू खारेज गर्नुपर्छ या सुधार गर्नुपर्छ, मिचिएको नेपाली भूमि फिर्ता लिनुपर्छ । एकतर्फी ढङ्गले बनाइएका बाँध तथा तटबन्ध भत्काइनुपर्छ । के भारत यी काम गर्न अघि बढ्छ ?
Leave a Reply