भर्खरै :

कालदहचा र इन्द्रायणी पीठ धारामा सरसफाइ

भक्तपुर, २२ कार्तिक । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा कालिदह (कालदहचा) र इन्द्रायणी पीठ ढुङ्गे धारामा शनिबार सरसफाइ कार्यक्रम भयो । सरसफाइपछि भएको कार्यक्रममा भनपा वडा नं. २ का सदस्य श्यामसुन्दर मातांले अरूको भरमा नभइ हामी आफैले सफा गर्नुपर्ने र एक सहकारी एक सम्पदा सफाइ कार्यमा लोकेश्वर बचतले सहयोग गरेको बताउनुभयो ।
आयोजक संस्थाका अध्यक्ष राजन जतिले सहकारी संस्था वित्तीय कारोबारमा मात्र सीमित नभई सामाजिक र सांस्कृतिक कार्यमा पनि जुटिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष एवं समाजसेवी विनोदचरण राय र संस्थाका सचिव कृष्णराम तुकंबन्जारले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *