वासिङटन र तेहरानबिचको आपसी सम्झौता सार्वजनिक
- असार ४, २०८३
(यो लेख लेनिनले सन् १९२१ को अक्टोबर १४ मा लेख्नुभएको हो । यसको पहिलो प्रकाशन सन् १९२१ को अक्टोबर १८ मा प्रकाशित प्राभ्दा पूर्णाङ्क २३४ मा भएको हो । डेभिड स्कभस्र्की र जर्ज हन्नाले रुसीभाषाबाट अङ्ग्रेजी भाषामा अनुवाद गर्नुभएको हो ।)
अक्टोबर २५ (नोभेम्बर ७) को चौथो वार्षिकोत्सव आउँदै छ । जति जति हामी त्यो दिनबाट अघि बढ्छौँ, त्यत्ति थप स्पष्टताका साथ हामी रुसमा सर्वहारा क्रान्तिको महत्व बुझ्दै छौँ । साथै हाम्रा कामका समग्र व्यवहारिक अनुभवबारे गहनताका साथ समीक्षा पनि गर्दै छौँ ।
अक्टोबर २५ को महत्व र अनुभवबाट निकै सङ्क्षेप, अपूर्ण र सतहीरूपमा निम्नानुसार सार निकाल्न सक्छौँ ।
रुसमा क्रान्तिको सीधा र तत्कालीन उद्देश्य भनेको पुँजीवादी–प्रजातान्त्रिक क्रान्ति थियो । अर्थात् मध्ययुगीन अवशेष ध्वस्त बनाएर पूर्णरूपमा समाप्त गर्ने, त्यो बर्बरता र लज्जाबाट रुसलाई उकास्ने र हाम्रो देशका सबै संस्कृति र प्रगतिका ती भीमकाय अवरोध पन्छाउने हो ।
हामीले ठूलो प्रतिबद्धता र निकै तीव्रता, व्यापकता र सफलतापूर्वक रुसलाई ती सबै कुराबाट उकास्न सफल भएकोमा गौरव गर्नसक्छौँ । एक सय पच्चीस वर्षपहिले भएको महान् फ्रान्सेली क्रान्तिको तुलनामा यो क्रान्तिले जनतामाझ व्यापक र गहन प्रभाव पा¥यो ।
अराजकतावादी र निम्न पुँजीवादी प्रजातन्त्रवादीहरू (अन्तर्राष्ट्रिय पुँजीवादी प्रजातन्त्रवादीहरूका रुसी संस्करणहरू मेन्सेविक र सामाजिक–प्रजातन्त्रवादीहरू हुन्) ले पुँजीवादी–प्रजातन्त्रवादी क्रान्ति र समाजवादी (सर्वहारा) क्रान्तिबीचको सम्बन्धबारे अनेकन नचाहिंदा गलफती गरेका थिए, अझै गरिरहेका छन् । बितेका चार वर्षमा यो अवस्थामा माक्र्सवादको हाम्रो व्याख्या र पहिलेका क्रान्तिका अनुभवबारे हाम्रो बुझाइ सही भएको प्रमाणित गरेको छ । हामीले पुँजीवादी–प्रजातान्त्रिक क्रान्ति अरू कसैले भन्दा पूर्णता दिएका छौँ । हामी सचेततापूर्वक, दृढतापूर्वक र सम्झौताहीन ढङ्गले सामाजिक क्रान्तितर्फ अघि बढिरहेका छौँ । समाजवादी क्रान्ति पूँजीवादी–प्रजातान्त्रिक क्रान्तिबाट कुनै पर्खालले अलग नबनाइएको हामीलाई थाहा छ । हामीलाई यो कुरा पनि थाहा छ–सङ्घर्षले मात्र हामी कति अगाडि बढ्न सक्छौँ, हामीले यो कठिन र गहन जिम्मेवारी कसरी पूरा गर्नेछौँ र हाम्रो विजयलाई बलियो बनाउन हामी कति सफल हुनेछौँ भन्ने कुरा निधो गर्नेछ । समयले यी सबै कुरा देखाउनेछ । तर, अहिले यो अत्यन्त बिगारिएको, शिथिल र पछाडि परेको देशको सन्दर्भमा समाजलाई समाजवादी रूपान्तरण गर्न धेरै ठूलो काम भइसकेको देखिरहेका छौँ ।
सुरूमा हाम्रो क्रान्तिको पुँजीवादी–प्रजातान्त्रिक गुणबारे केही चर्चा गरौँ । माक्र्सवादीहरूले यसो भन्नुको अर्थ बुझ्न जरुरी छ । स्पष्ट पार्न केही उदाहरणको सहयोग लिऔँ ।
क्रान्तिको पुँजीवादी–प्रजातन्त्रवादी गुणको अर्थ त्यो देशको सामाजिक सम्बन्ध (प्रणाली र संस्था) लाई मध्ययुगीन अवस्था, दासता र सामन्तवादबाट मुक्त गर्नु हो ।
सन् १९१७ सम्म रुसमा दास व्यवस्थाको प्रमुख चरित्र, विशेषता र अवशेष के के थिए ? राजतन्त्र, सामाजिक सम्पत्ति (Social estates), भूमिमाथि स्वामित्व र मोही, महिलाको अवस्था, धर्म र राष्ट्रिय उत्पीडन । ‘अजियनको तबेला’ बाट यी सबै फोहोर फाल्नुपर्ने थियो । निकै अगाडि बढेका राज्यहरूले समेत आफ्नो देशमा एक पच्चीस वर्ष, एक सय पचास वर्ष र अझ धेरै वर्ष (बेलायतमा १६४९ मा भएको क्रान्ति) मा भएका पुँजीवादी–प्रजातन्त्रवादी क्रान्तिहरूको क्रममा यी कुरा हटाउन सकेनन् । आज हामीले रुसमा ती कुरा अजियनको तबेलाबाट पन्छाउन सफल भएका छौँ । अक्टोबर २५ (नोभेम्बर ७) सन् १९१७ देखि जनवरी ५ सन् १९१८ (संविधान सभा विघटन भएको दिन) का दस सातामा हामीले पुँजीवादी–प्रजातन्त्रवादी र उदारवादीहरू तथा निम्न पुँजीवादी प्रजातन्त्रवादी (मेन्सेविक र सामाजिक–क्रान्तिकारीहरू) सत्तामा हुँदा आठ महिनामा नगरेका कामभन्दा हजारौँ गुणा बढी काम गर्न सफल भएका छौँ ।
ती कायर, हल्लाखोर, आत्मप्रशंसक र कमजोर हेम्लेटहरू (शेक्सपियरको हेम्लेट नाटकका मुख्य पात्र जो गर्ने वा नगर्नेको अलमलमा समय व्यतित गर्दै बस्छ) ले खुब काठको तरबार चलाए । तर, उनीहरूले राजतन्त्र पनि फाल्न सकेनन् ! हामीले सबै राजतन्त्रवादी फोहोर अरू कसैले गर्न नसक्ने जस्तो गरी सफा ग¥यौँ । त्यो पुरानो सोचको एउटा ढुङ्गा र इँटा पनि बाँकी राखेनौँ । निकै अघि बढेका बेलायत, फ्रान्स र जर्मनीजस्ता देशहरूमा अझै सामाजिक सम्पत्तिले अझै पनि सामाजिक सम्पत्तिको प्रणालीलाई अझै निमिट्यान्न पार्न सकेका छैनन् । हामीले सामाजिक सम्पत्ति प्रणालीको जरा नै धुजाधुजा बनायौँ । भूमिमाथि स्वामित्वको प्रणालीमा आधारित सामन्तवाद र दास व्यवस्थाका सबै अवशेषलाई हामीले ध्वस्त बनायौँ । “कोही कोही तर्क गर्छन् (यस्ता तर्कबाजी गर्ने धेरै कलमजीवी, क्याडेट्स (जारकालीन रुसका सैनिक अधिकारीहरू), मेन्सेविक र सामाजिक प्रजातन्त्रवादीहरू) – महान् अक्टोबर क्रान्तिबाट प्रभावित भएर भएको भूमि सुधारको ‘दीर्घकालीन’ परिणाम के होला ?” यतिबेला हामीलाई यस्ता विवादमा समय खेर फाल्ने कुनै चाहना छैन । किनभने हामी सङ्घर्षबाट यस कुराको निधो गर्दै छौँ । जनता सङ्घर्षबाट ती विवादहरूको टुङ्गो लगाउने पक्षमा छन् । तर, निम्नमध्यम वर्गीय प्रजातन्त्रवादीहरूले आठ महिनासम्म जमिनदार, परम्परागत दास व्यवस्थाको पहरेदार भए । जबकि हामीले केही साताभित्रै रुसी भूमिबाट जमिनदारीप्रथा र त्यसका सबै परम्परालाई जरैदेखि उखेलेर फाल्यौँ ।
धर्म अथवा महिलालाई अधिकारविहीन बनाउने अथवा गैररुसी राष्ट्र (nationalities) माथि दमन र असमानतालाई नै लिनुहोस् । यी सबै पुँजीवादी–प्रजातान्त्रिक क्रान्तिका समस्याहरू हुन् । फोहोरी निम्न पुँजीवादी प्रजातन्त्रवादीहरूले झन्डै आठ महिनासम्म यसबारे कुरा गरिरहे । पुँजीवादी–प्रजातन्त्रवादी तरिकाबाट कुनै पनि सबभन्दा अघि बढेका संसारका देशले यी प्रश्नहरूको हल निकाल्न सकेनन् ।
यी सबै कुरा मिलेर नै पुँजीवादी–प्रजातन्त्रवादी क्रान्तिका विशेषता बन्ने हुन् । आजभन्दा एकसय पच्चीस र दुई सय पचास वर्षअघि भएका क्रान्तिका प्रगतिशील नेताहरू (साथै हरेक देशमा आफ्नै तरिकाले भएका क्रान्तिहरूसमेत) ले मानव जातिलाई मध्ययुगीन अवस्था, लैङ्गिक असमानता, राज्यले एक वा दुई धर्म (अथवा ‘धार्मिक आस्था’, ‘गिर्जाघर’) लाई प्राथमिकता दिने नीति र राष्ट्रिय असमानताबाट मुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले वाचा गरे तर पूरा गरेनन् ।
अक्टोबर क्रान्तिले हाम्रो देशमा यी प्रश्नको पूर्णतः हल गरेको छ । हामी धर्मको विषयमा तदारुकता साथ लड्यौँ र लडिरहेका छौँ । हामीले सबै गैररुसी राष्ट्रहरूलाई उनीहरूका आफ्नै गणराज्य वा स्वशासित क्षेत्र दियौँ । रुसमा अब महिलालाई अधिकारबाट वञ्चित गर्ने ठाउँ वा माध्यम छैन । कुनै लैङ्गिक असमानता छैन । सामन्तवाद र मध्ययुगीन यो समस्यालाई संसारका सबै देशका लालसी पुँजीपति वर्ग र मन्दबुद्धि र डरछेरुवा निम्न पुँजीपति वर्गले मर्मत सम्भार गरिरहेका छन् ।
यी सबै कुरा मिलेर नै पुँजीवादी–प्रजातन्त्रवादी क्रान्तिका विशेषता बन्ने हुन् । आजभन्दा एकसय पच्चीस र दुई सय पचास वर्षअघि भएका क्रान्तिका प्रगतिशील नेताहरू (साथै हरेक देशमा आफ्नै तरिकाले भएका क्रान्तिहरूसमेत) ले मानव जातिलाई मध्ययुगीन अवस्था, लैङ्गिक असमानता, राज्यले एक वा दुई धर्म (अथवा ‘धार्मिक आस्था’, ‘गिर्जाघर’) लाई प्राथमिकता दिने नीति र राष्ट्रिय असमानताबाट मुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले वाचा गरे तर पूरा गरेनन् । उनीहरूले त्यो वाचा पुरा गर्नसक्दैनथे किनभने त्यसो गर्न उनीहरूलाई आफ्नै ‘सम्मान’, ‘निजी सम्पत्तिको पवित्र अधिकार’ ले रोक्थ्यो । हाम्रो सर्वहारा क्रान्ति यस्ता कलुषित ‘सम्मान’, तेब्बर–श्रापित मध्ययुग र ‘निजी सम्पत्तिको पवित्र अधिकार’ सँग कुनै सम्बन्ध राख्दैन ।
तर, रुसी जनताको लागि पुँजीवादी–प्रजातन्त्रवादी क्रान्तिका उपलब्धिको रक्षा गर्न हामी अझ अघि बढ्नु पर्छ । हाम्रो मुख्य र वास्तविक सर्वहारा क्रान्तिकारी, समाजवादी गतिविधिको ‘सह–उत्पादन’ को रूपमा पुँजीवादी–प्रजातान्त्रिक क्रान्तिको समस्या पनि समाधान गरेका छौँ । सुधार भनेको क्रान्तिकारी वर्गसङ्घर्षका सह उत्पादन भएको हामीले सधैँ भन्दै आएका छौँ । पुँजीवादी प्रजातान्त्रिक सुधार भनेको सर्वहारा अथवा समाजवादी क्रान्तिको सहउत्पादन भएको भन्ने कुरा हामीले भन्याँै र प्रमाणित पनि ग¥यौँ । विडम्बना ¤ काउत्स्की, हेलफर्डिङ्स, मार्तोभ्स, चेर्नोभ्स, हिलकुइट्स, लङगुइट्स, मेकडोनाल्ड्स, टुराटिस र अन्य ‘साढे दुई किलो’ माक्र्सवादीहरू पुँजीवादी–प्रजातान्त्रिक र सर्वहारा समाजवादी क्रान्तिबीचको सम्बन्ध बुझ्न असफल भए । पहिले क्रान्तिले नै दोस्रो क्रान्तिको विकास गर्छ । दोस्रो क्रान्ति अघि बढ्दै गर्दा पहिलो क्रान्तिका समस्या समाधान गर्छ । दोस्रो क्रान्तिले पहिलो क्रान्तिलाई बलियो बनाउँछ । सङ्घर्ष र सङ्घर्षले मात्र पहिलो क्रान्तिलाई हुर्काउन दोस्रो क्रान्तिले कसरी टेवा पु¥याउँछ भन्ने कुराको तय गर्छ ।
एउटा क्रान्तिले कसरी अर्को क्रान्तिको विकास गर्छ भन्ने कुराको सबभन्दा सफा प्रमाण वा आधार नै सोभियत प्रणाली हो । सोभियत प्रणालीले मजदुर र किसानलाई अधिकतम प्रजातन्त्र दिन्छ । साथै यसले पुँजीवादी प्रजातन्त्रको गति तोडेर नयाँ र युगीन प्रजातन्त्रको विकास गर्छ । त्यो प्रजातन्त्रलाई सर्वहारा प्रजातन्त्र वा सर्वहारा वर्गको अधिनायकत्व भनिन्छ ।
हाम्रो सोभियत व्यवस्था निर्माणको काममा भएका गल्ती र कमजोरीलाई लिएर हाम्रो टाउकामा मरणासन्न पुँजीवादका भुस्याहा कुकुर र सुङ्गुरहरू अनि उनीहरूका पछि लागेका निम्न–पुँजीवादी प्रजातन्त्रवादीहरूलाई सराप्न, गाली गर्न र भत्र्सना गर्न दिऔँ ।
(सोभियत व्यवस्था निर्माणको क्रममा) हामीले धेरै गल्ती गरेको र गरिरहेको अनि असङ्ख्य विरोधको सामना गरिरहेको कुरा हामीले एक क्षण पनि भुलेका छैनौँ । संसारको इतिहासमा कहिल्यै नभएको अभूतपूर्व किसिमको राज्य बनाउने नयाँ अभ्यासको क्रममा हामी कसरी गल्ती र कमजोरी गर्नबाट जोगिन सक्छौँ र ¤ सोभियत सिद्धान्त पूर्ण बन्न अझै पनि धेरै धेरै टाढाको कुरा हो । त्यसकारण यो सिद्धान्तको व्यवहारिक अभ्यासमा सुधार गर्न र हाम्रा कमी कमजोरी र गल्ती सच्याउन चुस्त ढङ्गले काम गर्नुपर्छ । तर, हामीले एउटा सोभियत सत्ता स्थापना गर्ने राम्रो कामको थालनी गर्नु सही बाटो हो र यसमा हामी गौरव गर्छाैँ । सोभियत राज्य स्थापना गर्नु भनेको संसारको इतिहासमा नयाँ युग अघि बढाउनु हो, हरेक पुँजीवादी देशमा दमन गरिएको एउटा नयाँ वर्गको शासनको युग स्थापना गर्नु हो । यो बाटो भनेको नयाँ जीवनतिरको बाटो हो, पुँजीपति वर्गमाथि विजयको बाटो हो, सर्वहारा वर्गको अधिनायकत्वको बाटो हो, पुँजी र साम्राज्यवादी युगको चङ्गुलबाट मानिसलाई मुक्त गर्ने बाटो हो ।
साम्राज्यवादी युद्धको प्रश्न, संसारमा आज हावी बनेको वित्तीय पुँजीवादको अन्तर्राष्ट्रिय नीतिको प्रश्न, कमजोर, पछाडि परेका र साना राष्ट्र (nationalities) हरूमाथि मुट्ठीभर ‘विकसित’ शक्तिले थोपर्ने सघन राष्ट्रिय उत्पीडन, लुटपाट, डकैती र दमनको आधार साम्राज्यवादी युद्ध जन्माउने नीतिको प्रश्न नै सन् १९१४ यता विश्वका सबै देशका सबै नीतिको प्रमुख प्रश्न बनेका छन् । यो लाखौँ लाख मानिसको जीवन र मृत्युसँग गाँसिएको प्रश्न हो । यो प्रश्न पहिलो विश्वयुद्ध
(१९१४–१९१८) र त्यसपछि आजसम्म भइरहेका केही अरू ‘साना’ युद्धमा मारिएका १ करोड मानिसको सङ्ख्याभन्दा दोब्बर २ करोड मानिसहरूको अर्को साम्राज्यवादी युद्धमा हत्या गर्ने या नगर्नेसँग जोडिएको प्रश्न हो । आज पुँजीपति वर्ग अर्को साम्राज्यवादी युद्धको तयारी गरिरहेको छ । हाम्रै आँखासामु पुँजीवाद यसरी हुर्किरहेको छ । यदि पुँजीवादको अस्तित्व कायम नै रहने हो भने भविष्यको युद्धमा ६ करोड मानिसलाई घाइते र अपाङ्ग बनाउने वा नबनाउने भन्ने प्रश्न हो ।
(सन् १९१४–१९१८ सम्म भएको पहिलो विश्व युद्धमा ३ करोड मानिस घाइते र अपाङ्ग भएका थिए ।) यो सन्दर्भमा पनि हाम्रो अक्टोबर क्रान्ति संसारको इतिहासमा एउटा नयाँ युगको आरम्भ हो । संसारभरका पुँजीपति वर्गका पिछलग्गू र उनीहरूका आसेपासे सामाजिक क्रान्तिकारी र मेन्सेविक, निम्न पुँजीपति, कथित ‘समाजवादी’, प्रजातन्त्रवादीहरूले ‘साम्राज्यवादी युद्धलाई गृहयुद्धमा रूपान्तरण गर’ भन्ने हाम्रो नारामाथि हाँसो गरे । तर, आज त्यो हाम्रो नारा नै सत्य भएको छ । नमीठो, रुखो, नग्न र निर्मम जेसुकै भए पनि त्यो नै सत्य हो । सङ्कीर्ण र शान्तिवादी झूटहरूका पक्षधरविरुद्ध त्यही नै सत्य हो । उनीहरूका सबै झूट गलत प्रमाणित भए । ब्रेस्ट–लिटोभ्स्की शान्तिको वास्तविकता उजागर भएको छ । अनि हरेक दिन ब्रेस्ट–लिटोभ्स्की शान्तिभन्दा खराब भर्सिलिज शान्ति सम्झौताको महत्व र परिणाम नराम्ररी उजागर भएको छ । आज लाखौँ लाख मानिस पछिल्लो युद्धका कारण र आसन्न युद्धका कारणबारे दिनानुदिन प्रस्ट हुँदै गएका छन् । उनीहरूले साम्राज्यवादी युद्ध पन्छाउन असम्भव भएको कठोर र अकाट्य सत्य बुझ्दै छन् । साम्राज्यवादी शान्तिले साम्राज्यवादी युद्धलाई जन्माउँछ । (यो सन्दर्भमा पुरानो भाषा अझै पनि प्रयोग भएको भए म दुई वटा अर्थ भएको एउटै शब्द ‘मिर’(mष्च) प्रयोग गर्थेँ । (पुरानो रुसी भाषामा ‘मिर’ शब्दले विश्व र शान्ति दुवै अर्थ दिन्छ । यद्यपि दुवै शब्दको हिज्जे भने फरक छ ।) बोल्शेविक सङ्घर्ष र बोल्शेविक क्रान्तिबिना यो नियतिबाट भाग्न असम्भव छ ।
पुँजीपति वर्ग र शान्तिवादीहरू, जर्नेलहरू र निम्न पुँजीवादी, पुँजीवादी र असहिष्णु, कट्टर इसाई तथा दोस्रो र साढे दुई अन्तर्राष्ट्रियहरूलाई यो क्रान्तिबारे विषवमन गर्न दिऔँ । भत्र्सना, झूट र आरोपको बाढीले सयौँ–हजारौँ वर्षदेखि दास बनेकाहरूले दास मालिकहरूसँगको युद्धमा खुलमखुला हाँक दिएको ऐतिहासिक तथ्यलाई छोप्न सकिने छैन । दासहरूको नारा छ, “दास मालिकहरूबीच लुटको भागबन्डाको लडाइँलाई सबै राष्ट्रका दासमालिकहरूविरुद्ध सबै राष्ट्रका दासहरूको युद्धमा परिणत गरौँ ।”
सयौँ हजारौँ वर्षमा आज त्यो नारा अमूर्त र लाचार प्रतीक्षाबाट स्पष्ट र मूर्त राजनीतिक कार्यक्रम बन्न सफल भएको छ । सर्वहारा वर्गको नेतृत्वमा लाखौँ लाख उत्पीडित जनताले प्रभावशाली सङ्घर्ष बन्न सफल भएको छ । सर्वहारा वर्गको पहिलो विजय भएको छ । युद्ध उन्मूलन गर्ने सङ्घर्षले पहिलो सफलता पाएको छ । विभिन्न राष्ट्रका सङ्गठित पुँजीपति वर्गविरुद्ध सबै देशका कामदार जनता सङ्गठित भएका छन् । पुँजी, ज्यालादारी मजदुर, किसान, कामदार जनतालाई दास बनाउने मूल्यमा शान्ति र युद्ध गर्ने पुँजीपति वर्गविरुद्ध पहिलो सफल सङ्घर्ष भएको छ ।
यो पहिलो विजय अन्तिम विजय कदापि होइन । हाम्रो अक्टोबर क्रान्तिले अविश्वसनीय कठिनाइ र प्रतिकूलता, अभूतपूर्व सङ्घर्षबाट हासिल गरेको यो विजयसँगै हाम्रा गम्भीर कमी कमजोरी र गल्तीहरू पनि समाहित छन् । संसारका सबभन्दा शक्तिशाली र सबभन्दा विकसित देशका साम्राज्यवादी युद्धहरूलाई ज्यादै पछाडि परेका जनताले बिना कमी कमजोरी र गल्ती कसरी रोक्न सम्भव छ र ¤ हामी आफ्ना गल्ती स्वीकार्न डराउँदैनौँ । हाम्रा कमी कमजोरी र गल्तीलाई कसरी सच्याउन भनी सिक्न हामी तिनलाई गहनरूपमा समीक्षा गर्नेछौँ । तथापि, सयौँ–हजारौँ वर्षमा पहिलो पटक दासमालिकहरूबीचको युद्धलाई सबै दास मालिकहरूविरुद्ध दासहरूको क्रान्तिबाट जवाफ फर्काउने प्रतिबद्धता पूरा भएको छ । सबै कठिनाइबीच यो क्रान्ति सफल भएको छ ।
हामीले सुरुवात गरेका छौं । कहिले, कुन मिति र समयमा कुन देशको सर्वहारा वर्गले यो प्रक्रियालाई पूर्णता दिन्छ भन्ने कुरा महत्वपूर्ण होइन । महत्वपूर्ण कुरा हिउँ फोडिएको छ । बाटो खुलेको छ । दिशा देखाइएको छ ।
सबै देशका पुँजीपति महाशयहरू, ‘पितृभूमि रक्षा’ को तिम्रो पाखण्ड बहाना त्याग । जापानीहरूविरुद्ध अमेरिकी, बेलायतीहरूविरुद्ध फ्रान्सेलीहरू आदि । दोस्रो र साढे दुई अन्तर्राष्ट्रियका राजकुमारहरू, शान्तिवादी निम्न पुँजीपति र संसारका असहिष्णुहरू ‘बास्ले घोषणापत्र (सन् १९१२ को बास्ले घोषणापत्रको ढाँचामा) साम्राज्यवादी युद्धहरू कसरी प्रतिरोध गर्ने भन्ने प्रश्नलाई ‘पन्छाउँदै’ छन् । पहिलो बोल्शेविक क्रान्तिले पृथ्वीका दसौँ करोड जनतालाई साम्राज्यवादी युद्ध र साम्राज्यवादी संसारको चङ्गुलबाट मुक्त गरेको छ । आगामी दिनमा हुने क्रान्तिले बाँकी मानव समुदायलाई यस्ता युद्ध र यस्तो विश्वबाट मुक्त पार्नेछ ।
हाम्रो अन्तिम तर सबभन्दा महत्वपूर्ण र सबभन्दा कठिन काम भनेको आर्थिक विकास हो । यो कामको हामीसँग सबभन्दा कम अनुभव छ । नष्ट भएका सामन्ती संरचना र अर्ध ध्वस्त बनेका पुँजीवादी संरचनाको ठाउँमा नयाँ समाजवादी संरचना निर्माणको आर्थिक आधार बनाउने जिम्मेवारी हाम्रो काँधमा छ । यो अत्यन्त महत्वपूर्ण र सबभन्दा कठिन कार्यमा हामीले सबभन्दा धेरै चुनौती सामना गर्नुपर्नेछ । साथै, यो क्षेत्रमा हामीले सबभन्दा धेरै गल्ती गर्नेछौँ । संसारकै लागि अत्यन्त नौलो यो क्षेत्रमा कसले बिना चुनौती र बिनागल्ती काम फत्ते गर्नसक्छ ¤ तर, हामीले काम थालिसकेका छौँ । हामी यसलाई चालू राख्नेछौँ । यतिबेला हाम्रो नयाँ आर्थिक नीतिमार्फत हाम्रा गल्ती सच्याउँदै छौँ । बिना त्यस्ता गल्ती सानो कृषिप्रधान देशमा कसरी समाजवादी संरचना स्थापना गर्नसक्छौँ भन्ने कुरा सिकिरहेका छौँ ।
कठिनाइहरू अपार छन् । तर, हामी ती अथाह कठिनाइको सामना गर्न अभ्यस्त भइसकेका छौँ । हाम्रा शत्रुहरूले हामीलाई त्यत्तिकै ‘ढुङ्गा जत्तिकै कडा’ र ‘दृढ निश्चयी नीति’ का पक्षधर भनेका होइनन् । तर, हामीले केही हदसम्म क्रान्तिको लागि अपरिहार्य अर्को कला पनि सिकिरहेका छौँ । त्यो कला हो–लचकता । वस्तुगत परिस्थितिमा परिवर्तनले माग गर्दा रणनीतिमा तत्काल परिवर्तन गर्ने र प्रभाव अन्यत्र मोड्ने क्षमता पनि हामी सिक्दै छौँ । अघिल्लो बाटो प्रभावकारी नभएको वा तत्कालीन अवस्थामा असम्भव भए हाम्रो गन्तव्य हासिल गर्न हामीले त्यो बाटो त्यागेर अर्को बाटो पनि चुनेका छौँ ।
यो नयाँ कक्षाको हामीले तयारी कक्षा पूरा गरिसकेका छौं । लगातारको गम्भीर अध्ययनले र हरेक पाइला पाइलामा व्यवहारिक अनुभवको आधार लिएर, आफ्नो निर्णयलाई आवश्यकताअनुसार बदलेर र फेरि सुरुबाट काम थालेर, गल्तीहरू सच्याउँदै र तिनका महत्वको गम्भीरतापूर्वक समीक्षा गर्दै हामी माथिल्लो चरणमा प्रवेश गर्न सक्छौं । हामीले रोजेको भन्दा आजको विश्व अर्थतन्त्र र विश्व राजनीतिले यो सबै प्रक्रियालाई लामो र कठिन बनाइदिएको छ । जतिसुकै मूल्य पर्ने भए पनि, सङ्क्रमणकालमा जतिसुकै कठिनाइ सामना गर्नुपर्ने भए पनि, अनिकाल, विपद् र क्षतिबीच हामी कति पनि पछि हट्नेछैनौँ । हामी हाम्रो लक्ष्यको प्राप्त गरी छोड्नेछौँ ।
पहिले राजनीतिक उत्साह र त्यसपछि सैनिक उत्साहसँगै जनतामा उत्साहको लहर उठ्यो । राजनीतिक र सैनिक जिम्मेवारी पूरा गर्ने शिलशिलामा उठेको उत्साहजस्तै अब हामी जनताको त्यस्तै उत्साहमा भर परी आर्थिक जिम्मेवारी पनि पूरा पर्ने अपेक्षा गर्दछौँ । सर्वहारा राज्यको आदेशको भरमा साना किसानी देशमा कम्युनिस्ट नीतिअनुसार राज्यले उत्पादन गर्ने र उत्पादित सामग्री राज्यले वितरण गर्ने प्रणालीले काम गर्ने हामीले अपेक्षा गरेका थियौँ अथवा अझ साँच्चैभन्दा हामीले यो विषयलाई गम्भीरतापूर्वक विचार गरेका थिएनौँ । तर, अनुभवले त्यसो नहुने कुरा प्रमाणित गरेको छ । पुँजीवादबाट समाजवाद हुँदै साम्यवादसम्मको सङ्क्रमणको लागि धेरै वर्षको तयारी गर्नुपर्ने अनेकन सङ्क्रमणकालीन चरणको खाँचो पर्ने देखियो । यस्ता सङ्क्रमणकालमा हामीले कोरा उत्साहमा मात्र भरपर्नु ठीक होइन । बरु महान् क्रान्तिले जन्माउने उत्साहमा भरपर्नुपर्छ । हामीले जनताका व्यक्तिगत स्वार्थ, व्यक्तिगत चासो र व्यापारका नियमलाई पनि बुझ्न आवश्यक छ । त्यही आधारमा हामीले यो सानो किसानी देशमा राज्य पुँजीवादको बाटो हुँदै समाजवादका मूर्त आधार तयार गर्नुपर्छ । नत्र हामी कहिल्यै पनि साम्यवादमा पुग्न सक्नेछैनौँ । हामीले करोडौँ करोड जनतालाई साम्यवादसम्म डो¥याउन सक्दैनौँ । क्रान्तिको विकासका वस्तुगत क्रमको अनुभवबाट हामीले यही कुरा सिकेका छौँ ।
यी तीन–चार वर्षमा हामीले हामी मोर्चा बदल्न निकै सिपालु भएका छौँ । (आवश्यकताअनुसार हामी मोर्चा बद्ल्ने गरेका छौँ) आज हामी ईष्र्यालु, गम्भीर र सावधानीपूर्वक नयाँ मोर्चामा काम गर्न सिकिरहेका छौँ । त्यो नयाँ मोर्चाको नाम हो–नयाँ आर्थिक नीति । सर्वहारा राज्य सजग, होशियार, चतुर ‘व्यापारी’ र समयनिष्ठ ठोक व्यापारी हुन सिक्नुपर्छ । नत्र, हामी यो सानो किसानी देशलाई आर्थिकरूपमा आफ्नो खुट्टामा उभिने बनाउन सक्दैनौँ । विद्यमान परिस्थितिमा हामी पश्चिमा पुँजीपति वर्गसँग केही समयको लागि सँगै बसेका छौँ । यस्तो परिस्थितिमा साम्यवादतिर जाने कुनै अर्को कुनै बाटो छैन । ठोक व्यापारीको आर्थिक चरित्र साम्यवादबाट आकाश जमिन जत्तिकै फरक लाग्न सक्छ । तर, व्यवहारिक जीवनको यो एउटा अन्तरविरोध हो । तर, साना किसानी अर्थतन्त्रलाई पुँजीवादबाट समाजवादसम्म डो¥याउने यो नै बाटो हो । व्यक्तिगत चासो वा फाइदाले उत्पादन बढाउँछ । हामीले सबभन्दा पहिले जसरी भए पनि उत्पादन बढाउनु परेको छ ।
ठोक व्यापारले आर्थिकरूपमा लाखाँैं लाख साना किसानलाई सङ्गठित बनाउँछ । त्यसले उनीहरूलाई व्यक्तिगत फाइदा दिन्छ । उनीहरूलाई आपसमा जोड्छ र अर्को चरणमा डो¥याउँछ । उत्पादन प्रक्रियाका विभिन्न सङ्गठन र मोर्चामा उनीहरूलाई आबद्ध बनाउँछ । हाम्रो आर्थिक नीतिमा हामीले केही आवश्यक परिवर्तन थालिसकेका छौं र केही सफलता समेत हासिल गरेका छौं । पक्कै पनि ती उपलब्धि अहिले साना र आंशिक छन् । तर, जे भए पनि ती सफलता नै हुन् । यो नयाँ कक्षाको हामीले तयारी कक्षा पूरा गरिसकेका छौं । लगातारको गम्भीर अध्ययनले र हरेक पाइला पाइलामा व्यवहारिक अनुभवको आधार लिएर, आफ्नो निर्णयलाई आवश्यकताअनुसार बदलेर र फेरि सुरुबाट काम थालेर, गल्तीहरू सच्याउँदै र तिनका महत्वको गम्भीरतापूर्वक समीक्षा गर्दै हामी माथिल्लो चरणमा प्रवेश गर्न सक्छौं । हामीले रोजेको भन्दा आजको विश्व अर्थतन्त्र र विश्व राजनीतिले यो सबै प्रक्रियालाई लामो र कठिन बनाइदिएको छ । जतिसुकै मूल्य पर्ने भए पनि, सङ्क्रमणकालमा जतिसुकै कठिनाइ सामना गर्नुपर्ने भए पनि, अनिकाल, विपद् र क्षतिबीच हामी कति पनि पछि हट्नेछैनौँ । हामी हाम्रो लक्ष्यको प्राप्त गरी छोड्नेछौँ ।
समाप्त
स्रोत: माक्र्सिस्ट डट ओआरजी
नेपाली अनुवाद: सुशिला
Leave a Reply