भर्खरै :

भनपा ४ मा मास्क तथा साबुन वितरण

भक्तपुर, २२ कार्तिक । महिला स्वयम्सेवक समिति भनपा ४ बोलाछेँले शनिबार स्थानीय तँचा टोलमा हजारभन्दा बढी मास्क तथा साबुन वितरण गरेको छ । शिक्षासेवी एवम् नेपाल क्राान्तिकारी शिक्षक सङ्घका केन्द्रीय कोषाध्यक्ष उद्धव सुजखूले कोरोना रोगबाट बच्ने उपाय र सङ्क्रमितसित व्यवहार गर्ने तौेर तरिकाबारे बताउँदैे सामाजिक दुरी कायम राखी सहभागी भएका स्थानीय बासिन्दाहरूलाई मास्क तथा साबुन वितरण गर्नुभयो ।
समाजसेवी उपेन्द्र सुवालले कोरोेना रोगसित डराएर होेइन सचेत हुन सिक्नुपर्ने र आफ्नो स्वास्थ रक्षाको निम्ति आफै जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
महिला स्वयम्सेवक समिति वडा नं ४ बोलाछेँका प्रतिनिधि सुमित्रा सुवाल, एच.एस. सुवाललगायतले स्वयम्सेवकको भूमिकाबारे बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *