आधारभूत चिनियाँ तथा जापानी भाषा तालिमका प्रशिक्षार्थीहरूको अभिमुखीकरण
- असार ३, २०८३
फूलै फूलको चाड तिहार नजिकिँदै छ । तिहारमा सयपत्री, मखमलीलगायत विभिन्न थरी फूलको अत्यधिक प्रयोग हुन्छ । यम पञ्चक पनि भनिने तिहारका हरेक दिन फूलको प्रयोग हुन्छ । विशेषतः लक्ष्मी पूजा, म्हः पूजा र भाइटीकामा सयपत्री र मखमली फूलको मालाको प्रयोग हुने गर्छ । यो वर्षको सुखद कुरा, तिहारको लागि आवश्यक फूल सबै नेपालभित्रैबाट पूर्ति हुने भएको छ । यसअघि विशेषतः छिमेकी देश भारतबाट ठुलो परिमाणमा फूल नेपालमा आयात हुनेगथ्र्यो । यसपालिको तिहारको लागि नेपालमा आवश्यक फूल नेपाली व्यवसायीबाटै पूर्ति हुनसक्ने पुष्प व्यवसायी किसानहरूले भनेका छन् । कोरोना महामारीका कारण सङ्कटमा परेका पुष्प व्यवसायीहरू तिहारमा देशकै माटोमा फुलेको फूल मनग्य आपूर्ति गर्ने उत्साहका साथ लागिपरेका छन् ।
पुष्प व्यवसायीहरूका अनुसार अघिल्लो वर्ष बजारमा २५ लाख फूलको मालाको माग भएकोमा यस वर्ष माग कम भएकोले नेपाली व्यवसायीबाटै माग पूरा हुन सम्भव भएको हो । कृषिप्रधान देश भनिए पनि देश हरेक कृषि उत्पादनमा परनिर्भर बन्दै गइरहेको छ । पुर्खादेखि चल्दै आएको परम्परा धान्न विदेशी फूलमा भरपर्नु लज्जास्पद विषय हो । चाड पर्व मान्नसमेत विदेशबाट फूल र अन्य मालताल झिकाउनु पर्ने अवस्थाले नेपालको परनिर्भरताको गहिराइ प्रतिबिम्बित गरेको छ ।
देशलाई समग्रमा आत्मनिर्भर बनाउन अभियान स–साना वस्तुको आत्मनिर्भरताबाट सुरू गर्न जरुरी छ । नेपालमै सम्भव भएका वस्तुको उत्पादनमा राज्यले संरक्षण र उत्साह दिए देशलाई आत्मनिर्भर बनाउने लामो यात्रा आरम्भ हुनेछ । त्यसको निम्ति सरकारले व्यवसायीहरूलाई उचित प्राविधिक, पूर्वाधार र वित्तीय सहयोग प्रदान गर्न आवश्यक छ । त्यस्ता कृषि उत्पादनको वैज्ञानिक अध्ययन अनुसन्धानको निम्ति विश्वविद्यालय शिक्षासँग पनि जोड्दै गए व्यवसायले मात्र होइन, शिक्षा क्षेत्रमा फड्को मार्न सम्भव हुनेछ ।
व्यवसायिक कृषि क्षेत्रमा फूलको व्यवसाय सानो र भर्खरै ताते गरिरहेको व्यवसाय हो । विशेषतः युवाहरू यसमा उत्साहका साथ लागिरहेको देखिन्छ । युवा व्यवसायीहरूको यो उत्साहलाई अझ मलजल गर्न सके नेपाललाई फूलमा आत्मनिर्भरमात्र बनाउन सकिने होइन, विदेशमा निर्यात गर्नसमेत सम्भव हुनेछ । प्राकृतिकरूपमा सुन्दर देश नेपालमा फूलको व्यवसायले प्रश्रय पाए देश अझ सुन्दर हुनेछ, पर्यटन व्यवसाय विस्तारको निम्ति पुष्प व्यवसायले टेवा दिनेछ ।
विडम्बना ¤ नेपाल कुनै पनि उत्पादनमा आत्मनिर्भरताको बाटोमा अघि बढे भारतीय एकाधिकार पुँजीले जालझेल गरेर नेपाली अर्थतन्त्रमाथि हमला गर्ने गरेको छ । कुखुरापालन व्यवसायमा नेपाल आत्मनिर्भरताको दिशामा अघि बढ्दै गर्दा अनेक बहाना गरी कुखुरापालन व्यवसायलाई धरापमा पारियो । पुष्प व्यवसायलाई राज्यले थोरैमात्र पनि प्रवद्र्धन गर्ने हो भने देशलाई फूलमा आत्मनिर्भर बनाउन सकिन्छ । गत वर्ष तिहारको समयमा भारतबाट तीन लाख फूलको माला ल्याइएको पुष्प व्यवसायीहरूको भनाइ छ । अर्थात् फूलको अधिकतम प्रयोग हुने चाडमा अधिकतम फूल नेपाली व्यवसायीहरूबाटै आपूर्ति भइरहेको छ भने अब शतप्रतिशत आत्मनिर्भरताको गन्तव्य धेरै टाढा छैन । त्यसकारण राज्य यस्ता साना क्षेत्रबाट नै आत्मनिर्भरताको अभियान थालनी गर्नुपर्छ ।
आत्मनिर्भर अर्थतन्त्र नै दिगो हुन्छ । देशलाई आत्मनिर्भर बनाउने हो भने नेपाली जनताले देशमा उत्पादन हुने वस्तु प्रयोगलाई नै जोड दिन आवश्यक छ । यो वर्ष तिहारमा हुने फूलको माग सबै पूरा गर्ने पुष्प व्यवसायीहरूबाट आएको प्रतिबद्धता प्रशंसनीय छ । नेपाली व्यवसायीहरूलाई राज्यले पनि संरक्षण गरौँ । नेपालबाट पुगीसरि हुन्छ भने विदेशी फूलको आयात बन्द गरौँ ।
Leave a Reply