तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २३ कार्तिक । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा १०३ औँ अक्टोबर क्रान्ति दिवसको अवसरमा शनिबार जुममार्फत प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भन्नुभयो, “माक्र्सवाद पुँजीवादको उत्थान, विकास र पतनको सिद्धान्त हो । अक्टोबर क्रान्तिले कामदार वर्गको शासन र सर्वहारा वर्गको अधिनायकत्व स्थापना ग¥यो ।”
जनतालाई शिक्षित पार्ने काम पार्टी कार्यकर्ताको हो भन्दै उहाँले रूसी नेतृत्वले क्रान्तिको भावनाअनुसार काम गर्न नसक्दा र संशोधनवादमा पनत हुँदा ७० वर्षपछि समाजवाद अस्थायीरूपमा पतन भएको धारणा राख्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “‘मजदुर’ र ‘श्रमिक’ लगायतका प्रकाशन नियमितरूपमा अध्ययन गर्ने र अरूलाई पनि अध्ययन गराउन प्रोत्साहित गर्ने कार्य पार्टी कार्यकर्ताहरूले गर्नु आवश्यक छ । आम्दानीअनुसार पार्टीलाई लेबि बुझाउनु कार्यकर्ताको अनुशासन हो ।”
नेकपा कम्युनिस्ट नभएकोमा कुनै शङ्का नरहेको स्पष्ट पार्दै उहाँले अक्टोबर क्रान्तिमा मेन्सेविकहरूले खेलेको भूमिका जस्तै नेकपाले खेलिरहेको छ भन्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यकर्ताहरू सिद्धान्त र व्यवहारमा सुसंस्कृत भएमात्र समाज र पार्टीको लागि योगदान गर्न सकिने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “सन् १९१७ मा ५० हजार कार्यकर्ता हुँदा रूसमा लेनिनको कुशल नेतृत्वमा बोल्सेविक पार्टीले समाजवादी क्रान्ति सफल पा¥यो । तर, २०४६ सालपछि लाखौँ कार्यकर्ता भएको नेकपा एमाले संशोधनवादी पार्टी भएकोले क्रान्तिको बाटो लिएन । रूसमा तलदेखि माथिसम्म सोभियतहरूको चुनाव गराउन बोल्सेविक पार्टी सफल भयो । पार्टीभित्र कठोर अनुशासन, जनवादी केन्द्रीयता लागू गर्नुका साथै पुँजीवाद र संशोधनवादप्रति घृणाभाव जगाउन बोल्सेविक कार्यकर्ता सफल भए ।”
पार्टीका अर्का केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सभासद् सृजना सैँजूले रूसी समाजवादी क्रान्तिले देशमा परिवर्तन ल्याएर काम–मामको व्यवस्था गरेको स्पष्ट पार्नुभयो ।
अक्टोबर क्रान्ति सफल भएपछि एसिया, ल्याटिन अमेरिका, युरोप र अफ्रिकामा समाजवादको लहर फैलिएको चर्चा गर्दै उहाँले समाजवादी व्यवस्था मानव समाजको सर्वोत्तम व्यवस्था हो भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष नारायणबहादुर दुवालको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक समाजका सुजन माक, नेमकिपा भक्तपुर नगर समितिका उपेन्द्र सुवाल, गणेशराम थुसा, राजन जति र लक्ष्मीप्रसाद चवालले पनि अक्टोबर क्रान्तिबारे बोल्नुभएको थियो ।
बलम्बुमा अक्टोबर क्रान्ति दिवस
अक्टोबर क्रान्ति दिवसकै अवसरमा नेमकिपा तारकेश्वर नगर समितिकोआयोजनामा शनिबार अन्तरसंवाद कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा काठमाडौँ जिल्ला समितिका सचिव राजवीर डंगोलले अक्टोबर क्रान्तिको महत्वबारे प्रस्ट पार्नुभयो ।
नेपाल कम्युनिस्ट आन्दोलनलाई सत्तामा गएका पार्टीहरूले कमजोर बनाएको धारणा राख्दै उहाँले क्रान्ति सफल बनाउन क्रान्तिकारी पार्टी आवश्यक हुने बताउनुभयो ।
आयोजक समितिका उपाध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पुरुषोत्तम महर्जन, जितबहादुर महर्जन, सुमन महर्जन, सुनिल महर्जन, मिलन श्रेष्ठ, चमेली महर्जन र रवीन्द्र महर्जनले पनि बोल्नुभएको थियो ।
कीर्तिपुरमा अक्टोबर क्रान्ति दिवस
अक्टोबर क्रान्तिकै अवसरमा नेमकिपा कीर्तिपुर नगर समितिको आयोजनामा शनिबार जुममार्फत दिवस मनाइयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले अक्टोबर क्रान्तिको सफलताले संसारका मजदुर किसानहरूलाई गरिबीबाट मुक्तिको बाटो देखाएको बताउनुभयो ।
निर्वाचनबाट समाजवाद आउँछ भनेर सत्तामा जाने पार्टीहरूले जनतालाई छक्याइरहेको चर्चा गर्दै उहाँले निर्वाचनबाट समाजवाद स्थापना गर्ने विचार संशोधनवाद र अवसरवादमात्र भएको बताउनुभयो ।
नेमकिपाका पूर्वकेन्द्रीय सदस्य श्रीकृष्ण महर्जनले अक्टोबर समाजवादी क्रान्तिबाट शिक्षा लिई नेमकिपाले समाजवादी आन्दोलनको लागि आफ्नो भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
नेमकिपा कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा कीर्तिपुर नगर समितिका उपाध्यक्ष बुद्धिमान महर्जन, सदस्य कान्छाबाबु महर्जन, शिक्षक रामचन्द्र महर्जन, युवा सङ्घका नेल्सन महर्जन, काठमाडौँ जिल्ला समितिका कोषाध्यक्ष श्यामकुमार महर्जन, ललितपुर जिल्ला समितिका नरेश महर्जन र सुनेना महर्जनले पनि अक्टोबर क्रान्तिको महत्वबारे बोल्नुभएको थियो ।
Leave a Reply