हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
वासिङटन, २३ कार्तिक (एपी) । संयुक्त राज्य अमेरिकाको ४६ औँ राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएका छन् ।
रिपब्लिकन पार्टीको गढ मानिएको पेन्सिलभेनिया राज्यमा विजय हासिल गरेसँगै बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
बाइडेनले पेन्सिलभेनिया राज्यबाट २० इलेक्टोरल मतसहित कुल २७३ मत प्राप्त भएसँगै विजयी घोषणा गरिएको थियो । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल कलेज
(निर्वाचक प्रतिनिधि) मध्ये २७० मत आवश्यक पर्दछ ।
गत मङ्गलबार भएको निर्वाचनबाट मतगणनामा अनेक उतार चढाबबीच झन्डै पाँच दिनपछि बाइडेन निर्वाचित भएका हुन् । अन्य राज्यहरू जोर्जिया, एरिजोना र नेभाडामा बाइडेन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा जारी छ ।
बाइडेनले देशभरबाट ७ करोड भन्दा बढी मत प्राप्त गरेका छन् । कुनै पनि अमेरिकी राष्ट्रपतिले यति धेरै मत प्राप्त गरेको यो पहिलो पटक हो ।
राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक पार्टीले चुनावमा धाँधली गरेको आरोप लगाउँदै आएका छन् । उनले चुनावी नतिजालाई लिएर कानुनी लडाइँमा जाने धम्की दिइरहेका छन् ।
राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा सिनेटर कमला ह्यारिस पनि निर्वाचित भएकी छिन् । उनी उपराष्ट्रपति पदमा विजयी हुने पहिलो महिला हुन् । उनी अफ्रिकी– दक्षिण एसियाली–अमेरिकी मूलकी छन् ।
राष्ट्रपतिमा निर्वाचित बाइडेनले ट्वीट गर्दै आफूलाई मतदान गर्ने सबै मतदातालाई धन्यवाद दिएका छन् । उनले आगामी दिनहरू निकै कठिन रहेको बताउँदै आफूले सबैलाई सम्मानजनक व्यवहार गर्ने बताएका छन् ।
राष्ट्रपति निर्वाचित बाइडेनले गृहराज्य डेलावेयरमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने, “विश्वभर अमेरिकाको प्रतिष्ठा उँचो बनाउन र देशभित्रै आमजनतालाई एकताबद्ध बनाउन विशेष ध्यान दिनेछु ।”
उनले भने, “हामीले एकअर्का अमेरिकीलाई शत्रुको रूपमा व्यवहार गर्नुहुन्न र त्यस्तो कार्य तत्काल बन्द गर्नुपर्दछ । हामी दुश्मन होइनौँ, हामी सबै अमेरिकी हौँ ।”
कोरोना भाइरसका कारण २ लाख ३६ हजारको मृत्यु भइसकेको र भाइरसकै कारण देशको अर्थतन्त्र धर्मराएको अवस्थामा ७७ वर्षीय बाइडेनका अघिल्तिर भाइरस नियन्त्रणमा ल्याउने, रोजगारी वृद्धि गर्ने तथा अर्थतन्त्र माथि लैजाने गम्भीर चुनौती छ ।
Leave a Reply