सत्यमोहन जोशीको गन्तव्य : अरनिकोको खोज
- असार ३, २०८३
(सन् १९६२ को चीन–भारत युद्धबारे चिनियाँ कैदमा परेका ब्रिगेडियर जेपी डाल्भीको प्रसिद्ध पुस्तक ‘हिमाली महाभूल’ (Himalayan Blunder) को सङ्क्षिप्त अध्ययन)
जनरल कौल डाल्भी र जनरल प्रसादबीच अक्टोबर १९ मा भएको कुराकानीबारे मौन बसेका छन् । अक्टोबर २० मा सखारै गोर्खालीहरूलाई साङले पठाउने आदेशबारे मुख खोलेका छैनन् । दिल्लीमा छँदा उनी तेजपुरस्थित हेडक्वाटरमा नियमित सम्पर्कमा थिए । उनलाई हेडक्वाटरका ब्रिगेडियर केके सिँहले चिनियाँ आक्रमणको विषयमा अक्टोबर २० को बिहान सूचना दिएका थिए । त्यसैले अक्टोबर १९ का चिनियाँ तयारीबारे ब्रिगेडियरले कौललाई बताएको हुनसक्दैन । यसको उत्तर कौलको पुस्तक ‘नभनिएको कथा’ छ । कौलले अक्टोबर १९ मा आफू उपचारमा व्यस्त रहेको देखाउन खोजेका छन् र सीमामा सडकको स्थितिबारे गुनासो गरेका छन् । यस्तो गुनासो उनी कसलाई गरिरहेका थिए ? उनी आफैँ सीमा सडक समितिका स्थायी सदस्य थिए । पुस्तकमा कौलले जानीजानी आफूलाई अक्टोबर १९ का घटनाहरूबारे चासो नभएको देखाउन खोजेका छन् अर्थात् यसको जिम्मा ब्रिगेडियरले लिनुपर्छ भन्ने उनको सङ्केत हो ।
अक्टोबर १८ मा आफू दिल्लीमा जाने बेला निरन्तर नेतृत्व र नियन्त्रणको चाँजोपाँजो मिलाउन नसक्नु उनको पाँचौँ र अन्तिम महाभूल थियो ।
अक्टोबर १९ साँझ डाल्भीलाई भेट्न कप्तान तलवार आएका थिए । बाटो भुलेपछि उनी घुमिफिरी राजपुतहरू बसेको पुल ४ मा आइपुगेका थिए । तलवारलाई साङलेस्थित पल्टनमा पारागनहरूको नियन्त्रण लिन पठाइएको थियो । साङले गोलाबारीको पहुँचभन्दा टाढा रहेको बताए । अरूलाई त्यो कुरा पत्याउन गा¥हो थियो किनभने योजनाहरू अझै पनि आसाम राइफल्सले बनाएको खेस्रा नक्सामा आधारित थियो । (त्यस नक्सामा नाम्का चूलाई उत्तरबाट दक्षिण बग्ने खोला देखाइएको थियो र कागजमा ठाउँ नपुगेर साङलेलाई जसोतसो नक्साको बायाँ कुनामा समेटिएको थियो । साङले त्यो नक्सामा देखाइएको स्थानभन्दा धेरै पश्चिममा थियो ।) कप्तान तलवारलाई आगराबाट सीधै पठाइएको हुनाले उनले पनि निकै दुःख बेहोरेका थिए । उनले जीवनमा पहाड देखेका थिएनन् । उनीहरूका बन्दुकमात्र साङधरमा खसाल्न मिल्ने हुनाले उनीहरूलाई त्यहाँ खटाइएको थियो । सेनालाई हिमालयमा थुपार्दैमा सबथोक ठीक हुन्छ भन्ने भ्रामक चिन्तनको यो अर्को नमुना थियो । अक्टोबर १९ को साँझ फोनमा डिभिजन प्रमुख प्रसाद र ब्रिगेडियर डाल्भीबीचको वार्तालाप कप्तान तलवारलाई पत्यारै लागेन । अक्टोबर २० को आक्रमणमा उनी डाल्भीसँगै थिए ।
अक्टोबर १९ को महत्वपूर्ण अर्को कुराकानी राजपुत बटालियनका कर्नेल रिख र डाल्भीबीच भएको थियो । चिनियाँहरूले भारतीय सैनिकहरू जम्मा गरी बसेका स्थानहरूको बारेमा अध्ययन गरिरहेको कर्नेल रिखको बुझाइ थियो । उनले आफूले सबै कम्पनीका कमान्डहरूलाई फोन गरेर गस्ती बढाउन र शत्रुले आक्रमण गरेमा अन्तिम दमसम्म लड्नू भनी बताएको डाल्भीलाई सुनाए । रिखको आदेशलाई सबै राजपुतहरूले भोलिपल्टको लडाइँमा शिरोपर गरे र बहादुरीपूर्वक लडे । अन्तमा डाल्भीलाई कर्नेल रिखले भने, “चिन्ता नलिनुस् सर, चिनियाँहरूमाथि भए पनि राजपुतहरूले हजुर र देशको शिर झुक्न दिनेछैनन् । हामीसँग केही बाँकी नरहेसम्म लड्नेछौँ । तपाईँ फर्किन सक्नुभयो भने हामीलाई यो गोलमालमा पु¥याउने दोषीहरूलाई सजाय नदिलाएसम्म नछोड्नुहोला ।”
राजीनामाको मर्यादा
डाल्भीलाई अक्टोबर १० सम्म सबै जनरलहरूले सैन्य सोच र राजनीतिक अडान फेर्ने आश्वासन दिएका थिए । त्यसैले ब्रिगेडको पक्षमा उनले धेरै केही गर्नसक्दैनथे । बिना कुनै अधिकार, अपरेसनको स्वतन्त्रता र स्रोतसाधन डाल्भी आफ्नो ब्रिगेडसँग थिए । ब्रिगेडलाई उच्च तहबाट चलाइरहँदा डाल्भी राजनीतिक लडाइँ कसरी सञ्चालन गर्न सक्थे ? डाल्भी एक्लिएका थिए । त्यसैले अक्टोबर १० पछि उनले राजीनामा दिने विषयमा सोचिरहेका थिए । तर, उनी जीप चढेर माथिल्ला अफिसरहरूलाई भेट्न जान सक्दैनथे । माथिल्ला अफिसरले उनलाई भेट्न नचाहेसम्म भेट सम्भव थिएन । उनले नाम्का चूका सबै पुलहरूको सुरक्षा गर्ने अक्टोबर १३ को आदेश नस्वीकारेको भए हुने थियो । तर, एक सैनिक काँतर कहलिनभन्दा मर्न रुचाउँछ ।
डाल्भीले आफ्नो फौजसँगै नाम्का चूमा बस्ने निधो गरे । उनीहरूलाई भगवानको भरोसामा छोडेर हिँड्न उनको मनले मानेन । अपरेसनभरि कमान्डर आफूसँगै बसेकोले नै उनका सिपाहीहरू उनीप्रति बफादार थिए । ब्रिगेडियर फेरिएमा धेरै कुरा फेरिन सक्थ्यो । अक्टोबर २० सम्म युद्ध भएकै थिएन र प्रधानमन्त्रीको तहमा चिनियाँहरूले केही गर्ने छैनन् भन्ने नै थियो । रणनीतिक हिसाबले डाल्भीले राजीनामा दिएमा र चिनियाँहरूले आक्रमण नगरेमा उनलाई लाछी भनिने थियो । डाल्भीलाई यो कुरा सह्य थिएन । डाल्भीले राजीनामा दिए पनि उनको स्थान लिन अर्को ब्रिगेडियरलाई केही दिन लाग्ने थियो । नयाँ कमान्डर उच्च भेगको मौसममा अभ्यस्त हुनुपथ्र्यो, आफ्नो फौजको निरीक्षण गर्नुपथ्र्यो, मैदानको अध्ययन गर्नुपथ्र्यो, नत्र ‘त्यहाँ खेल्नुपथ्र्यो’ । (डाल्भीको व्यङ्ग्य ¤) प्रत्येक घण्टाको महत्व बढिरहेको बेला कमान्डर फेर्नु अर्थपूर्ण थिएन ।
अन्तमा डाल्भीले आफ्नो फौजसँगै बस्ने र हरेक परिणाम उनीहरूसँगै भोग्ने निधो गरे । डाल्भीले जोड दिएका छन्, फेरिफेरि पनि यस्तै स्थितिमा फसे डाल्भीले त्यही बाटो समात्ने थिए । सैन्य इतिहासमा जर्मन फिल्ड मार्शल मेन्स्टीन पनि यस्तै परिबन्दमा परेका थिए । मेन्स्टीनलाई बेलायती सैन्य इतिहासकारले समेत सहाएका छन् । १९४२ मा उनले हिटलरको सेनालाई स्टालिनग्रादमा नेतृत्व गरिरहेका थिए । उनी जालोमा परेको छैटौँ सेनालाई उम्काउने सोचमा थिए । तर, पछि हट्ने आदेश नदिएकोमा उनी हिटलरसँग बारम्बार बाझ्नुप¥यो । यस्तो राजनीतिक हस्तक्षेपले मेन्स्टीनलाई राजीनामा दिने वा नदिने भन्ने फसादमा पा¥यो । उनले आफ्नो पुस्तकमा आफूले हिटलर र सैन्य हाई कमान्डलाई रणनीतिक विषयमा मनाउन नसकेको लेखेका छन् । उनी लेख्छन्, “रणमैदानमा वरिष्ठ कमान्डरको राजीनामाबारे टिप्पणी गर्छु । पहिलो कुरा, वरिष्ठ कमान्डरले सामान्य सिपाहीजस्तो झोलीतुम्बा कसेर सजिलै घर फर्किन सक्दैन । मोर्चाको सैनिक राजनीतिज्ञजस्तो सजिलो स्थितिमा हुँदैन । राजनीतिज्ञहरूलाई कुनै बिराम भएमा वा सरकारले आफूले भनेजस्तो नगरेमा सधैँ गाडी चढेर घर फर्किने छुट हुन्छ । सैनिकले जहाँ र जतिबेला आज्ञा आउँछ, त्यहाँ र त्यतिबेला लड्नुपर्छ । राजीनामाको अर्को पक्ष पनि छ अर्थात् मैले सैनिकहरूप्रतिको माथिल्लो कमान्डरको जिम्मेवारीबोधको भावना भन्न खोजेको हुँ । त्यस्तो क्षणमा आफ्नो जिम्मेवारीबाट पछि हट्नु एक व्यक्तिको रूपमा जति नै न्यायिक भए तापनि त्यसो गर्नु मलाई जीवन र मरणको चपेटामा परेका ती बहादुर सैनिकहरूलाई धोका दिनु हो जस्तो लाग्यो ।”
जाल तयार भयो
भारतीय सेना अर्को दिन हार्ने निश्चित थियो भन्ने कुरा अक्टोबर १९ को स्थितिले स्पष्ट पार्छ । त्यसैले भारत र भारतीय सेना त्यस हारमा लज्जित हुनुपर्ने कुरा थिएन । स्वतन्त्र भारत पनि आफ्नो सामन्ती इतिहासकै बाटोमा हिँड्यो । उसले आफ्ना होनहार सैनिकहरूलाई त्यो लडाइँ जित्ने मौका दिएन । अयोग्य नेतृत्व र चिन्तनको शून्यपनका कारण ब्रिगेड ७ लाई नष्ट हुन, बच्ने कुनै बाटो नभएको जालमा पर्न बेसहारा छोडिएको थियो । भारतको शान्ति र प्रगतिको सपना सकिँदै थियो । प्रम नेहरूको अविच्छिन्न शासन पुछारतिर लाग्दै थियो । नेफा काण्ड एक नेताको रूपमा नेहरूको अन्तिम हस्ताक्षर थियो ।
अक्टोबर १९ मा ब्रिगेड ७ को स्थितिबारे जान्न आवश्यक छ । ब्रिगेड १२ माइल लामो दुरीमा फैलेको थियो । यो पूरै दुरी छिचोल्न कम्तीमा पाँच दिन लाग्थ्यो । सैनिकहरू एकअर्काबाट घातक दुरीमा तैनाथ थिए । प्रशासन, स्वास्थ्य सेवा, हतियार आदिको अभाव थियो । साङधरबाट गरिने आपूर्ति पुग्दो थिएन । गोलाबारीको आडको लागि खालि दुई पाराफिल्ड बन्दुक र चार तोप थिए । एम्बुस बिछ्याउन तार थिएन । राजपुतहरूसँग चारवटा ३ इन्चका तोप थिए । उनीहरूसँग ६० वटा बम र एउटा हलुका मेसिनगन थियो । हरेक सिपाहीसँग दुइटा हाते ग्रिनेड थियो । अक्टोबर १० देखि १९ सम्म प्राप्त साधनहरू साङलेतिर लगिएका थिए । ब्रिगेड ७ को आत्मरक्षाको कुनै विस्तृत योजना तयार थिएन । पछाडि फर्किने कुरा सोच्नसम्म सकिन्नथ्यो । राजनीतिकरूपमा यो बहादुरी भए पनि सैन्य अर्थमा यो माफीयोग्य स्थिति थिएन ।
ब्रिगेडको सुरक्षा बेवास्ता गरिएको थियो । ब्रिगेडको प्रमुख आपूर्तिस्थल साङधरको सुरक्षा व्यवस्था कमजोर थियो । लुम्पु पनि केही बन्दुकहरूको भरमा थियो । नाम्का चू र न्यामजाङ चू क्षेत्रबीच समन्वय थिएन । न्यामजाङ चू सीधै डिभिजन हेडक्वाटरको जिम्मामा थियो । हाथुङला भञ्ज्याङमा डिभिजनमातहतको एक पल्टन सेना थियो । डिभिजन हेडक्वाटरले राइफल पल्टन कमान्ड गरिरहेको थियो ¤ झन्डै दुई कम्पनी १÷९ गोर्खालीहरू साङलेतिर जान तयारी गर्दै थिए । उनीहरूले एक कम्पनी सेना अक्टोबर १७ मा साङले पठाएका थिए । उनीहरूको अर्को एक कम्पनीले उनीहरूलाई साङधरमा पर्खिरहेको थियो ।
राजपुतहरू पुल ३ देखि फड्केसम्म छरिएका थिए । पञ्जाब ९ बटालियन पुल २ मा थियो र त्यसको एउटा कम्पनी साङलेनिरको पुल ५ मा तैनाथ थियो । पुल १ मा ग्रेनाडियर ४ को आधा बटालियन थियो । त्यसको एक कम्पनी सेना न्यामजाङ चू क्षेत्रमा तैनाथ थियो र अर्को कम्पनी खिनजेमानेमा थियो । त्यसैगरी हाथुङला र सेरखिमबीच डिभिजनमातहतको एक कम्पनी तैनाथ थियो । हाथुङला–लुम्पु मार्ग र साङधर–मार्गमा तैनाथ कम्पनीहरूबीच सम्पर्कको कुनै उपाय थिएन । दुई हातले दसतिर समात्न खोज्दा कतै पनि समातिएको थिएन । गोलाबारी गर्नका लागि कम्पनीहरूबीच समन्वय थिएन । लामो र असुरक्षित दुरीका कारण डाल्भी र उनका अफिसरहरूले सबै कम्पनीहरूलाई नियन्त्रण गर्नसक्दैनथे । त्यसैले चिनियाँहरू आएपछि र सञ्चार सञ्जाल काटिएपछि हरेक कम्पनीका लडाइँहरू स्वतन्त्र ससाना लडाइँ बन्न पुगे ।
कमान्डको संरचना जनरल कौलको अनुपस्थितिमा भताभुङ्ग भएको थियो ।
खोलाको अर्को किनारमा चिनियाँहरू व्यूह रचनाका आधारमा तैनाथ थिए । अक्टोबर १९ को रात उनीहरूले आगो बालेर ज्यान तताइरहेका थिए । डाल्भीको विचारमा यो निर्धा भारतीयहरूको अपमान थियो । भारतीयहरूले केही गर्नसक्दैनन् भनेर उनीहरू खुलेआम आगो तापिरहेका थिए । यस्तै दृश्य १८०२ को लडाइँमा देखिएको थियो । फ्रान्सेलीहरूले अस्टेर्लिजको लडाइँको अघिल्लो रात आरामले आगो तापिरहेका थिए । रुसीहरू सामुन्ने थिए । सिपाहीहरूले यस्तो पनि लडाइँ हुन्छ, यो त बल प्रदर्शन हो भनी सोचिरहेका थिए । ब्रिगेड ७ सँग पर्याप्त गोलाबारुद हुन्थ्यो भने चिनियाँहरूले यसो गर्ने हिम्मत गर्ने थिएनन् । चिनियाँ कमान्डरलाई सजिलो थियो । उनले पुल ३ र ४ का राजपुतहरूलाई सजिलै एक्ल्याउन सक्थे र लुम्पु जाने बाटो बन्द गर्नसक्थे । यसको लागि उनले एकतिहाइ सेनामाथि आक्रमण गरे पुग्थ्यो । बाँकीलाई घेराउमा पार्न सकिन्थ्यो । ग्रीक त्रासदीको प्रदर्शनलाई एक रात बाँकी थियो ।
आक्रमणको दिन – २० अक्टोबर १९६२
२० अक्टोबर बिहानको ठीक ५ बजेको थियो । चिनियाँहरूले पुल २ नजिकै भेरी लाइट बाले । यस सङ्केतसँगै डेढ सय बन्दुक र ग¥हौँ तोपहरूले थागलाको भीरबाट गोलाबारी सुरु गरे । पुल ३ र ४, साङधर, फड्के, अस्थायी पुल र ब्रिगेड हेडक्वाटरलाई गोलाबारीको तारो बनाइयो । चिनियाँ हतियारहरू स्वचालित थिए ।
थागला डाँडा त्यतिबेला रणमैदानमात्र रहेन । त्यो भारतको विदेश नीति र सुरक्षा नीतिहरू परीक्षण गर्ने महत्वपूर्ण थलो बन्यो । सुरुको बमबारीपछि केही मिनेटलाई सबै निष्प्राणजस्ता भए । त्यसबेलासम्मको शान्तिमा अर्को प्रभावपूर्ण चकमन्नता थपिएको थियो । दुवैतिरका फौजको निकटता विश्वासघातजस्तो देखियो । गोली चलिसकेको थियो । वर्षौँको गलत बुझाइ, महिनौँको रहस्य, केही दिनको आशा र हप्ताभरको अन्योल र दुस्वप्नको अन्त्य भयो । भारतको लागि त्यो अपमानको दिन बन्न पुग्यो । नाम्का चूको लडाइँ पानीपत र पलासीको लडाइँझैँ भारतीय इतिहासमा अमिट बन्न पुग्यो । (पानीपत र पलासीको लडाइँपछि भारतीय उपमहाद्वीप अङ्ग्रेजहरूको हातमा गएको थियो ।)
चिनियाँहरूले पुल १ र पुल २ का पञ्जाबी र ग्रेनाडियरहरूलाई छोएनन् । त्यसको अर्थ उनीहरू ढोला र साङधर क्षेत्रमा शक्ति लगाउन चाहन्थे भन्ने पुष्टि हुन्छ । लुम्पु पुग्न सके भारतीय कम्पनीहरू जालोमा पर्ने थिए र हाथुङला हुँदै फर्किने बेला उनीहरू बाँकी सैनिकसँग भिड्न सक्थे । पछाडिबाट गोलाबारीको आड नहुनाले पछि फर्किने सम्भावना थिएन ।
चिनियाँहरूले खिनजेमानेमा पनि गोलाबारी गरे । त्यहाँबाट जिमिथाङलाई खतरामा पारेर उनीहरूले नाम्का चू दून हुँदै लुम्पु पुग्ने अर्को बाटो खोले ।
एक घण्टापछि गोलाबारी रोकियो । लगत्तै उनीहरूको पैदल सेनाले आक्रमण सुरु ग¥यो । भारतको भाग्य अब राजपुतहरूका तीन निर्धा कम्पनी र गोर्खालीहरूका दुई असन्तुलित कम्पनीको हातमा थियो । त्यतिबेला भारतमा कुल ४ लाख सेना थिए तर सामरिक हिसाबले नसोच्दा सुरुको लडाइँमा ६०० सैनिकमात्र खटिएका थिए । यो कमजोर बाँध भारतलाई पाठ पढाउँदै बलिया चिनियाँहरूले भत्काइदिए ।
गोर्खालीहरू साङले जानका लागि तयारी गर्दै थिए । चिनियाँ तगारो खडा भयो । उनीहरू बिलखबन्दमा परे । नेफा लडाइँको यो लाजलाग्दो पक्ष थियो । डिभिजन ४ अन्तर्गतको १÷९ गोर्खा बटालियनले इटालीको १९४४ को लडाइँमा ठूलो ख्याती कमाएको थियो । गोर्खालीहरूले जर्मन सेनाको सबैभन्दा उत्कृष्ट डिभिजनसँग भिडेका थिए । उनीहरूलाई हाङमन पहाड कब्जा गर्न भनिएको थियो । त्यस लडाइँबारे मज्दलानी नामका लेखक लेख्छन्, “आठ रात र दिन लगाएर गोर्खालीहरूले हाङमन पहाडको खुला क्षेत्र कब्जा गरे । त्यो ठाउँलाई एउटा ठूलो चट्टानले टाकुराको मठबाट अलग्याएको थियो । आठ दिन र रात उनीहरूमध्ये हिउँदको चिसोमा खुला शरीर बसे । उनीहरूसँग लगाउनलाई कोट थिएन । हिउँको बतास चलिरहेको थियो । बेलाबेला झरी दर्किन्थ्यो । तापक्रम शून्यभन्दा माथि चढ्दैनथ्यो । रातमा तापक्रम झन् तल झथ्र्यो ।” लेखकले गोर्खालीहरूको बहादुरीको तारिफ गरेका थिए । पहाडी लडाइँ गोर्खालीहरूको लागि नयाँ थिएन । तर नाम्का चूमा उनीहरूलाई बटालियनको सैनिकको रूपमा लड्न दिइएन । अरूको जिम्मेवारी बोक्नुपर्दा उनीहरूको त्यो दुर्दशा भएको थियो ।
डाल्भीले जनरल प्रसादलाई चिनियाँ आक्रमणको जानकारी गराए । उनले गोर्खालीहरू साङले जान नसक्ने बताए । उनीहरू साङधरतिर लागेमा चिनियाँ सेनाले बाटैमा मार्ने डाल्भीले बताए । जनरल प्रसादले ‘उच्च तहको आदेश हुनाले’ गोर्खालीहरूको एउटा गस्ती टोली भए पनि पठाउन भने । डाल्भीलाई उच्च तहको सम्झना दिलाइएको थियो । ‘उच्च तह’ को डरको यो सबैभन्दा निकृष्ट नमुना थियो । डाल्भी रन्थनिए । ‘उच्च तह’ को भयकै कारण भारतीय सेनाले यस हदसम्म गएर सैन्य स्थितिको उपेक्षा गर्न पुगेको थियो । सुरूदेखि नै आफ्नो विवेकको विपरीत गएर आदेशहरू आदानप्रदान भइरहेका थिए । सेनाको चेन अफ कमान्डले कामै गरेको थिएन । राजनीतिक अधिकारको दुरूपयोग र सैन्य नेतृत्वको दमनको मूल्य चुकाइँदै थियो । भारतको र भारतीय सेनाको इज्जत निमोठियो ।
अन्तमा गोर्खालीहरू साङले नजाने भए ।
Leave a Reply