पन्ध्रदिने ‘बोटल आर्ट’ तालिम सम्पन्न सीपलाई व्यवसायसँग जोड्नुपर्ने
- जेष्ठ १९, २०८३
काठमाडौँ २५ कार्तिक । सत्तारुढ दलभित्रको सत्ता सङ्घर्ष अझ पेचिलो बनेको छ । पछिल्ला केही दिनमा सत्तारुढ दलका नेताहरू खुलेरै एक अर्काविरुद्ध हिलो छ्यापाछ्यापमा उत्रेका छन् । सत्तारुढ दलका एक जना नेताले नेकपाभित्रको आजको अवस्थालाई ‘गोधुली’ को संज्ञा दिएका छन् । गोधुलीमा जसरी सबै कुरा स्पष्ट हुँदैन, त्यसरी नै नेकपा अब एउटा दल रहिरहन्छ वा फुट्छ भन्ने कुरा प्रस्ट नभएको आशयमा उनले त्यस्तो भनेका हुन् । परराष्ट्रमन्त्री तथा नेकपाका नेता प्रदीप ज्ञवालीले मङ्गलबार ट्वीटरमा एउटा भनाइ शेयर गरेका छन् । त्यसमा भनिएको छ– “सबै आँधी तिम्रो जीवनमा विग्रह ल्याउनकै निम्ति आएको हुन अनिवार्य छैन । केही आँधीले तिम्रो बाटो सफा पनि बनाइदिएको हुन्छ ।” स्पष्टतः उनको आशय पार्टीभित्र ठूलो आँधी चलिरहेको छ । तर, त्यो आँधीले ‘बाटो सफा गर्नेछ’ भन्नुको अर्थ सरकार सञ्चालनमा प्रधानमन्त्री ओली पक्षधरको शब्दमा ‘अवरोध गरिरहेका’हरूलाई धपाउनु हो वा के हो, स्पष्ट छैन ।
नेकपाभित्रको सत्ता सङ्घर्षलाई पूर्वमाओवादी खेमालाई कमजोर बनाउने पूर्वएमालेहरूको चालबाजी हुनसक्ने विश्लेषणहरू पनि आएका छन् । विशेषतः पूर्वमाओवादी नेता पुष्पकमल दाहालको बचेखुचेको प्रभावमा पनि आगो लगाउन अहिले पूर्व वैद्य समूहका नेताहरूसहित पूर्वएमालेहरू लागिपरेको बताइएको छ । यसले आगामी महाधिवेशनमा नेतृत्वको लागि दाहालको दाबेदारीलाई कमजोर बनाएर अन्ततः नेतृत्व पूर्वएमालेकै मुट्ठीमा रहने विश्लेषकहरूको भनाइ छ । ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री पद छोडेको र हाल कार्यकारी अध्यक्ष भएको नाताले आगामी महाधिवेशनमा दाहालले पार्टी अध्यक्षको स्वाभाविक दाबी टार्न यतिबेला सत्तारुढ दलभित्र यस्तो खेल चलिरहेको हुनसक्ने बताइएको छ । नेकपाबाट दाहाल फुटेर गए पनि फुटपारुवाको आरोप मात्र लाग्ने होइन, हिजोको जस्तो हैसियतसमेत बनाउन नसक्ने भएकाले दाहाल समूहले तत्काल पार्टी तोड्ने हिम्मत गर्नसक्नेछैन । तर, पार्टीभित्र पनि उनको भूमिकालाई सीमित बनाउन अथवा ‘प्रचण्डलाई साइजमा ल्याउन’ यतिबेला नेकपा नेताहरूबीचको किचलोको मुल कारण भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले एमाले र माओवादीबीचको एकतालाई ‘सिद्धान्तहीन’ एकता भन्दै आउनुभएको थियो । पद, पैसा र सत्ताकै लागि दुई पार्टीले एकता गरेको आज उनीहरूभित्रको रडाकोले अझ प्रस्ट भएको छ । बुधबार पत्रकारहरूसँगको कुराकानीमा बिजुक्छेले भन्नुभयो,“नेकपा नेताहरूकै व्यवहारबाट यो एकता के का लागि भएको स्पष्ट बनाएको छ । कसैले भनिराख्नै परेन ।”
सत्तारुढ दलभित्र नेताहरूको ‘मल्लयुद्ध’ को कारण देशमा कोभिड–१९ रोकथाम र नियन्त्रणको विषय नै ओझेलमा परेको छ । भाइरसको कारण देशमा मर्नेको सङ्ख्या दिनानुदिन बढिरहेको छ । तर, यसको रोकथाम र नियन्त्रणको प्रयास भने क्रमशः फितलो बन्दै गएको छ । कोभिड नियन्त्रणमा सरकारको असफलता छोप्न नै सत्तापक्षले जानाजान यो समयलाई पार्टीभित्रको द्वन्द्व चर्काउने मौका छोपेका छन् । कोभिड नियन्त्रणको निम्ति काम गर्नुपर्ने मन्त्री र नेताहरू आज अर्को खेमाविरुद्ध विषवमन गर्न लागिपरेका छन् ।
जनता आपद्मा पर्दा सत्ताको स्वादमा मत्त हुने स्वार्थी राजनीतिक दल र नेताहरूलाई जनताले घृणाबाहेक के गर्नसक्छन् र ! सुन सय पटक जोख्न सकिन्छ, राजनीतिक पार्टीलाई एउटै व्यवहारले जोख्ने हो । पछिल्लो निर्वाचनमा देशभर तीनै तहका सरकारमा अत्याधिक मत दिएर जिताएको नेकपाबारे मूल्याङ्कन गर्ने समय आएको छ । जनताले नेकपाका नेताहरूका हरेक व्यवहारको आधारमा उसको चरित्र मूल्याङ्कन गर्न आवश्यक भएको पर्यवेक्षकहरू बताउँछन् ।
Leave a Reply