भर्खरै :

सूर्यविनायकमा ‘मजदुर’ दैनिकको अन्तरक्रिया

भक्तपुर, २४ कार्तिक । १०३ औँ अक्टोबर क्रान्तिको अवसरमा नेपाल मजदुर किसान पार्टी, सूर्यविनायक नगर समितको आयोजनामा ‘मजदुर’ दैनिक पत्रिकाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेमकिपाका केन्द्रीय सदस्य सरोज गोसाईँले अक्टोबर क्रान्तिको सान्दर्भिकताको विषयमा बोल्दै नेपालको सन्दर्भमा हालको कम्युनिस्ट भनिएको सरकारले उक्त क्रान्तिको उपलब्धिको सानो अंशमात्र कार्यान्वयनमा ल्याएको भए नेपाली जनताले धेरै राहत पाउने धारणा राख्नुभयो ।
“माक्र्सवादलाई पहिलोपटक व्यवहारमा ल्याउन सफल अक्टोबर क्रान्ति विज्ञानमा आधारित थियो । त्यही क्रान्तिकै कारण तत्कालीन सोभियत सङ्घले पुँजीवादी देशहरूले गर्न नसकेका वा असम्भव भनिएका कामहरू गरेर विश्वलाई बाटो देखाउने काम गरेको थियो ।” प्रमुख अतिथि गोसाईँले भन्नुभयो ।
कार्यक्रममा नेमकिपा, भक्तपुर जिल्ला अध्यक्ष न्हुछेभक्त फोँजूले अक्टोबर क्रान्ति तथा नेपालको समसामयिक विषयमा पार्टीका कार्यकर्ताहरूले चिन्तन मनन गरेर देशको सार्वभौमिकता रक्षार्थ तयार हुनुपर्ने धारणा राख्नुभयो ।
जुम अनलाइनको माध्यमबाट नेमकिपा सूर्यविनायक नगर समितिका संयोजक सूर्यभक्त त्वातीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पाण्डव सुवाल, काजीबहादुर पञ्च, शिव खुलिमुली, बृजेश खाइजू, श्यामकृष्ण खुलिमुली, के.पी. बाटी, श्यामकृष्ण धुख्वा, रोशन मचामसी, महेन्द्र बखुन्छेलगायतका महानुभावहरूले ‘मजदुर’ दैनिकका विभिन्न अङ्कमा प्रकाशित सम्पादकीय तथा लेखहरूका बारेमा विचार प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *