भर्खरै :

प्रधानमन्त्रीको चुनाव जेठ २१ गते

एमालेले संसद अवरुद्ध गरे पछि बिहीबारको संसद प्रक्रिया अवरुद्ध भएको छ । संसदको बैठक अवरोध भए पछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पद निर्वाचन गर्न पठाउनुभएको पत्र सभामुखले संसदसमक्ष पेश गर्न सक्नुभएन । संसद बैठक अवरुद्ध भए पछि सभामुख ओनसरी घर्तीले आगामी जेठ २१ गते बहुमतका आधारमा प्रधानमन्त्री पदको लागि निर्वाचन गर्ने सूचना जारी गर्नुभएको छ । सहमतिको आधारमा प्रधानमन्त्री चयन हुन नसकेपछि राष्ट्रपतिले बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित गर्न पत्राचार गर्नुभएको हो ।
सभामुखको सूचनाअनुसार जेठ २१ गतेको प्रधानमन्त्री चुनावको लागि जेठ १९ गते उम्मेदवार दिन तिथि तय गरेको छ । राष्ट्रपतिले संसदमा पठाउनुभएको पत्र संसदको बैठकमा पढेर सुनाउनुपर्ने प्रावधान पूरा नभएको अवस्थामा जेठ १९ र २१ गतेको निर्धारित कार्यक्रम हुने वा नहुने अन्योल रहेको विश्लेषकहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *