भर्खरै :

अनौपचारिक पोशाकमा भारतीय राजदुत सभामुख कार्यकक्षमा

फाइल फोटो
नेपालका लागि भारतीय राजदुत मंजिवसिंह पुरी सभामुख ओनसरी घर्तीलाई भेट्न नयाँ बानेश्वरस्थित संसदभवनमा पुग्नुभएको छ । एमालेले संसदको बैठक अवरुद्ध गरे पछि जेठ २१ गतेसम्मको लागि बैठक स्थगित गरेर आफ्नो कक्षमा पुग्नुभएका सभामुखलाई भेट्न लगत्तै भारतीय राजदुत उहाँको कार्यकक्ष पुग्नुभएको हो ।

सभामुखलाई भेट्न आउनुभएका भारतीय राजदुत पुरी निकै अनौपचारिक पोशाकमा हुनुहुन्छ ।

सभामुखलाई भेट्न आउनुभएका भारतीय राजदुत पुरी निकै अनौपचारिक पोशाकमा हुनुहुन्छ । पुरीको अनौपचारिक पोशाकलाई विगतका भारतीय राजदुतहरुले नेपाली नेताहरुसँग भेट्दाको क्रममा गर्ने अपमानजनक व्यवहारसँग तुलना गरिएको छ ।
नेपालको एक जना संवैधानिक निकायका प्रमुखलाई भेट्न आउँदा उपसचिवस्तरको राजदुतको अनौपाचिर पोशाकलाई कुटनीतिक मर्यादा विपरीत भएको पर्यवेक्षकहरुको भनाई छ ।
प्रधानमन्त्री चुनावको मिति तय भएको, स्थानीय तहको दोस्रो चरणको कार्यक्रम र संसद बैठक समेत पटक पटक अवरुद्ध भइरहेको अवस्थामा सभामुखसँग राजदुत पुरीको भेटलाई अर्थपूर्ण रुपमा हेरिनुपर्ने विश्लेषकहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *