सम्बन्ध विच्छेद हुने पत्नी वा बुहारीले पाउने अंश हकको प्रश्न
- जेष्ठ १८, २०८३
दैनिक, साप्ताहिक र समसामयिक पत्रपत्रिकाप्रति पाठकका हेर्ने दृष्टिकोण पनि फरक-फरक हुन्छन् । केही मानिस देश र विदेशका घटनाहरूमा ध्यान दिन्छन् भने, कोही राशीफलको पृष्ठ पल्टाउँछन्, कोही खेलकुद र सिनेमाका विज्ञापन हेर्न मन पराउँछन् । केही मानिस देश र विदेशका घटनाहरूको टिप्पणीहरू मन पराउँछन् । केही पाठकहरू नयाँ-नयाँ लेख वा नाउँ चलेका लेखक वा पुस्तकका अनुवाद वा सारसङ्क्षेपहरू हेर्न र पढ्न मन पराउँछन् । सत्य यो पनि हो, केही ग्राहक र पाठकहरू व्यङ्ग्यचित्र र कथा, कविता र साहित्यका अन्य विधा अर्थात् पुस्तक परिचय मन पराउँछन् ।
हालसालकै साउन, भदौ, असोज र कार्तिकका ‘श्रमिक’का अड्ढहरू अध्ययन गर्दा केही चर्चित र चाखलाग्दा पुस्तकहरूबारे थाहा पाएँ जस्तो, अध्यक्ष माओ त्सेतुङका ॅकार्यकर्ता र अनुशासनबारे’ तथा ‘चिनियाँ जनकम्युन’, (चिनियाँ जनकम्युन’ पुस्तकको अध्ययनबाट हाम्रो देशको आजको सन्दर्भमा सहकारी संस्थाका अनेक विकृति-विसङ्गतिबारे तुलना गर्न सजिलो हुनुका साथै सहकारी संस्थाको मुख्य उद्देश्य थाहा पाउन सहयोग मिल्ने देखिन्छ ।) त्यस्तै हिन्दी लेखक भीष्म साहनीको ‘तमस’ उपन्यास, रूसी राजा जारविरूद्धको षड्यन्त्र अर्थात् सामन्तवर्गकै तत्कालीन निरङ्कुश राजतन्त्रविरोधी व्यवस्थाको विरोधमा उठेका युवाहरूको आक्रोश, अध्यक्ष माओसँगको ‘लामो यात्रा’ मा भाग लिएका एक कार्यकर्ताको संस्मरण र विल्फेड वर्चिट भन्ने एक चर्चित पत्रकारको ‘दक्षिण भियतनामको मुक्त क्षेत्रको भ्रमण’ अत्यन्त लाभदायक संस्मरणहरू हुन् ।
देश र सिद्धान्तको निम्ति आफूलाई समर्पित गर्ने एक लाल इलाकाको राष्ट्रपति फाङ्ग चिन मिनको उत्सर्गको कथा हरेक देशभक्त र क्रान्तिकारी युवाले पढ्नैपर्ने पुस्तकमध्ये पर्छ ।
‘अराजकतावाद’ र ‘समाजवाद’ बारे धेरै पाठकलाई प्रस्ट नभएको आजको परिस्थितिमा का. स्तालिनको त्यसबारेको पुस्तक कम महत्वपूणर् छैन । त्यस्तै नयाँ पुस्तालाई सङ्घर्षशील बनाउने किम जङ इलको ‘जुछेको क्रान्तिकारी परम्परालाई एकपछि अर्को पुस्तामा विकसित पार्दै लगौँ’ भन्ने पुस्तिकाबाट पनि शिक्षा लिनु आवश्यक छ । ‘क्युवाली स्वास्थ्य चौकीको विकासक्रम’, ‘सड्ढटको घडीमा बोलिभिया’, ‘दिल्ली दङ्गा :षड्यन्त्रको जालोमा’, ‘नक्सलवाडी आन्दोलन र केही उत्ताउला विचार’, ‘कोरोना भाइरस लकडाउन : भारतको असङ्गठित श्रमिकविरूद्धको लडाइँ’ जस्ता महत्वपूणर् विषयमा विदेशी लेखकहरूका रचनाहरूको अध्ययनबाट निश्चय पनि ‘श्रमिक’ का पाठकलाई नयाँ जानकारी, ऊर्जा र उपाय प्रदान गर्नेछ ।
‘चिलीमा फासीवादको प्रतिरोध’, ‘भारतमा घृणा जन्माउने प्रचार र भाजपा सरकार’ जस्ता लेखको अनुवाद सार्है सान्दर्भिक विषयवस्तु हो । भियतनामी जनताका निर्विवाद नेता हो चि मिन्ह चीनमा पक्राउ पर्दा भोगेका अनुभवबारेको ‘जेल डायरी, एक कविता सङ्ग्रह’ नयाँ पुस्ताको निम्ति अत्यन्त उत्साह थप्ने चिराग हुनेछ ।
त्यस्तै प्रजग कोरियाका राष्ट्रपति अर्थात् कोरियाली जनताका पितातुल्य नेता किम इल सङको संस्मरण ‘शताब्दीसँग’ भन्ने रचना साँच्चै देश र जनताको हितमा काम गर्ने नयाँ पुस्ताका युवा र क्रान्तिकारीको निम्ति नयाँ ऊर्जा, त्याग र बलिदानको वास्तविक अर्थ बुझाउने शब्दकोष हुनेछ ।
समाजवादी व्यवस्थामा कसरी गरिबी निवारण गर्दै छ भन्ने एक जल्दोबल्दो उदाहरण आजकल चीनको कम्युनिस्ट पार्टी र सरकार भएको छ । कोरोनाको आजको हविगतमा सम्पन्न तथा विकसित सम्झिएका पुँजीवादी देशहरू पनि भताभुङ्ग अवस्थामा पुगेको बेला कोभिड-१९ नियन्त्रणका साथै ‘गरिबी निवारणमा चीनको सफलताले विश्वको ध्यान खिच्दै छ’ भन्ने जानकारी अत्यन्त लाभदायक पुस्तक हो, यसका लेखक बेन्जामिन डेभिस हुन् । यसरी ‘श्रमिक’ ले अनेक महत्वपूणर् पुस्तकको जानकारी र अनुवादहरू प्रस्तुत गरेर नेपाली पाठकलाई लाभान्वित गर्नु सार्है प्रशंसनीय कार्य हो ।
Leave a Reply