भर्खरै :

दिल्लीमा श्वासै फेर्न गा¥हो

नयाँ दिल्ली, १० नोभेम्बर । भारतको राजधानी नयाँ दिल्लीको हावाको गुणस्तर यो वर्ष अझ खस्केको छ । मङ्गलबार सामाजिक सञ्जालमा धेरै नयाँ दिल्लीका बासिन्दाले आँखा पिरो भएको, घाँटी दुखेको र श्वास फेर्न गाह«ो भएको भनी गुनासो पोखेका छन् । कोभिड–१९ महामारीको बीचमा यस्ता स्वास्थ्य समस्याले जनतालाई थप समस्यामा पारेको छ ।
नयाँ दिल्लीको हावाको समग्र गुणस्तर मापन मङ्गलबार अधिकतम ५ सयमा ४८८ पुगेको थियो भने सोमबार ४७७ थियो । यो मापनले नयाँ दिल्लीको हावामा वायु प्रदूषक पीएम २.५ को मात्रा अत्यधिक भएको देखाएको छ ।
हावामा अत्याधक पीएम २.५ हुनुले मानिसमा मुटु र श्वासप्रश्वास सम्बन्धित विभिन्न रोग लाग्न सक्छ । सन् २०१९ को नोभेम्बरयता नयाँ दिल्लीमा मङ्गलबार सबभन्दा बढी वायु प्रदूषण भएको हो ।
नयाँ दिल्लीले कोरोना भाइरसको ‘तेस्रो लहर’ सामना गरिरहेको बेला वायु प्रदूषणले यस्तो भयावह रूप लिएको हो । दिल्लीका छिमेकी राज्यहरूमा बालीनालीको बचेखुचेका वस्तुमा आगो लगाउँदा र अत्यधिक सवारी साधनले फाल्ने धुवाँको कारण प्रदूषणले उचाइ लिएको बताइएको छ ।
“दिल्लीका ८५ प्रतिशत परिवारमा कम्तीमा एक जना व्यक्तिले श्वास फेर्न गाह«ो हुने अथवा अरू कुनै लक्षण भएको गुनासो पोखेका छन्”, लोकलसर्कल नामको संस्थाका संस्थापक सचिन तापारियाले भने ।
गत नोभेम्बर ६ देखि ९ सम्ममा सो निजी संस्थाले झन्डै ६ हजार परिवारमा गएको वायु प्रदूषणसम्बन्धी अनुसन्धान गरेको थियो ।
कोरोना भाइरसको कारण यो वर्षको सुरुमा दिल्ली सरकारले घोषणा गरेको लकडाउनको समयमा त्यहाँको वायु प्रदूषण निकै कम भएको थियो । तर, अगस्ट महिनाको अन्त्यमा सरकारले लकडाउन फिर्ता गरेपछि फेरि प्रदूषणको दर बढेको हो ।
सरकारी अधिकारीहरूले प्रदुषण थप बढ्न नदिन दिवालीमा बारुद र पटका किनबेच र प्रयोगमा रोक लगाएको छ । तर, वातावरणकर्मीहरूले त्यत्तिले मात्र वायु प्रदूषण नियन्त्रणमा आउन नसक्ने बताएका छन् ।
“दिल्लीको हावा ज्यादै खराब भइसकेको छ । दिल्ली वरपरका कोइला कारखाना तत्काल बन्द गर्नुपर्छ । साथै निर्माण गतिविधिलाई पनि बन्द गर्नुपर्छ”, गैरनाफामुखी संस्था स्वेच्छाका संस्थापक भिमलेन्दु झाले भने ।
सरकारी अधिकारी र व्यापारीहरू भने औद्योगिक गतिविधिमा रोक लगाउँदा अर्थतन्त्रमा असर पर्नसक्ने चिन्तामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *