भर्खरै :

होम आइसोलेसनका सङ्क्रमितको उपचारलाई सूचिकृत हुनुपर्ने

काठमाडौँ, २६ कार्तिक । सरकारले होम आइसोलेसनमा रहेका कोभिड–१९ सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्थालाई सूचिकृत हुन आह्वान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले आज सूचना प्रकाशन गरी होम आइसोलेसनमा रहेका सङ्क्रमितका लागि सेवा सञ्चालन गर्न चाहने स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरेको हो ।
नेपालमा अहिलेसम्म २८ हजार ३९३ जना होम आइसोलेसनमा छन् । “होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई टेलीमेडिसिन सेवाद्वारा स्वास्थ्य सेवा परामर्श, सामान्य उपचार, थप आवश्यक सूचना प्रदान गर्न इच्छुक सरकारबाट मान्यता प्राप्त स्वास्थ्य सङ्ख्याले महाशाखामा सूचिकृत हुनका लागि निवेदन पेश गर्न सूचना प्रकाशित गरिएको छ”, सूचनामा भनिएको छ ।
स्वास्थ्य संस्थाले सूचिकृत भएर होम आइसोलेसनमा रहेका सङ्क्रमितको उपचार गर्नसक्ने बताइएको छ । नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख दुई हजार ३२९, निको एक लाख ६२ हजार २४३ र सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या एक हजार १७४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *