भर्खरै :

अशिष्ट पम्पेओको दुःखान्त

वाशिङ्टन, ११ नोभेम्बर । आफ्नो एउटा पछिल्लो भाषणमा संरा अमेरिकी विदेश सचिव माइक पम्पेओले चीनको कम्युनिस्ट पार्टीलाई ज्यादै अशिष्ट शब्दमा ‘माक्र्सवादी–लेनिनवादी राक्षस’ भनेका थिए । समयको खेला ¤ विचरा पम्पेओ अमेरिकी विदेश मन्त्रालयमा अब केही दिनको पाहुनामात्र बनेका छन् । तर, उनले संरा अमेरिकामा मात्र होइन, संसारमा नै आफ्नो प्रभुत्व अझै कायम रहेको जस्तै फाइँफुई गर्न छोडेका छैनन् । प्रायशः बहुलठ्ठीपूर्ण र आत्मप्रशंसक व्यवहार देखाउने उनको त्यो अभिव्यक्ति अतिवादीको एउटा नमुना व्यवहार हो ।
स्वतन्त्रता र प्रजातन्त्रको लागि रोनाल्ड रेगन प्रतिष्ठानमा गत मङ्गलबार आयोजित कार्यक्रममा उनले चीनप्रतिको आफ्नो धारणा सन् २०१७ भन्दा अघि आफू अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) प्रमुख हुँदा बनेको स्वीकारे ।
पम्पेओले विदेश सचिव हुँदा पनि सीआईएको प्रमुखको जस्तो व्यवहारलाई चालू राखेका छन् । अधिकांश देशमा गुप्तचर विभागले न्यूनमत तहको दृष्टिकोण अङ्गीकार गरेको हुन्छ भने कूटनीतिक निकायले खुलापना र समावेशीताको प्रतिनिधित्व गर्ने गर्छ । पम्पेओले संरा अमेरिको विदेश विभागलाई आफूलाई मन नपरेका देशविरूद्ध हिजोभन्दा थप प्रतिरोधात्मक र द्वन्द्वको मोर्चा बनाएका छन् । उनले विदेश मन्त्रालयलाई सीआईएभन्दा बढी सङ्कीर्ण बनाए । उनले संसारका कूटनीतिज्ञहरूको अपमान गरेका छन् । व्यक्तिको जाति र रङ्गको आधारमा उनले कूटनीति चलाए ।
चीनलाई एक नम्बरको शत्रु मान्ने पम्पेओले चीनको राजनीतिक व्यवस्था समाप्त हुने बताएका थिए । तर, चिनियाँ जनतालाई उत्तम जीवन सुनिश्चित गर्न सक्दासम्म समाजवादी चीनको राजनीतिक व्यवस्था कहिल्यै पनि अन्त्य हुनेछैन । बरू श्वेत सर्वोच्चतावादी राजनीतिक दर्शनमा आधारित संरा अमेरिकाको आजको राजनीतिक व्यवस्था समाप्त नगरी भएको छैन । त्यसले बोकेको राजनीतिक विचारधारा खुम्चिने पक्का छ । इतिहासले पम्पेओजस्ता अशिष्ट कूटनीतिज्ञलाई कदापि ठाउँ छोड्नेछैन ।
यतिबेला पम्पेओलाई संरा अमेरिकी जनता र संसारले बिदाको हात हल्लाउनुबाहेक के नै पो गर्नसक्छन् र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *