भर्खरै :

विराट नेपालभाषा साहित्य सम्मेलनसँग छलफल

भक्तपुर, २६ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा विराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका पदाधिकारीहरूसँग बुधबार छलफल गर्नुभयो ।
छलफलमा प्रमुख प्रजापतिले कोरोनाबाट नगरवासी जनतालाई जोगाउन सबैको संयुक्त प्रयास आवश्यक भएको बताउँदै तिहारको समयमा भीडभाड हुने कुनै किसिमको औपचारिक कार्यक्रम नगर्न र न्हु दँ ¥यालीजस्ता कार्यक्रमहरू स्थगितको लागि पहल गरिदिनुहुन विराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका पदाधिकारीहरूलाई आग्रह गर्नुभयो ।
विराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले भक्तपुर नगरपालिकाले कोरोना रोकथामको लागि गरिरहेको काम सराहनीय भएको बताउँदै आफ्नो संस्थाको तर्फबाट खुलारूपमा कुनै पनि कार्यक्रम नगर्ने अरूलाई पनि कार्यक्रमहरू नगर्न विज्ञप्तिमार्फत आह्वान गरी सहयोग गर्ने वचन दिनुभयो ।
छलफलमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र विराट नेपालभाषा साहित्य सम्मेलनका कोषाध्यक्ष रामगोपाल चगुठी पनि उपस्थित हुनुुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *