सम्बन्ध विच्छेद हुने पत्नी वा बुहारीले पाउने अंश हकको प्रश्न
- जेष्ठ १८, २०८३
रूसमा आजभन्दा १०३ वर्ष अगाडि समाजवादी क्रान्ति सफल भयो । माक्र्सवादको सैद्धान्तिक र व्यावहारिक प्रयोगसँगै लेनिनवादको प्रादुर्भाव भएको समय थियो त्यो । सर्वहारा वर्गीय समाजवादी अक्टोबर क्रान्तिपूर्व र पछिको समयमा पनि माक्र्सवाद-लेनिनवादविरूद्ध प्रतिक्रियावादी विचारको प्रहार कायम रह्यो । तर, समाजवादी क्रान्ति सबैखाले अवसरवाद, अराजकतावाद, फासीवाद र मेन्सेविकवाद विरूद्ध विजयको शङ्खघोष थियो । क्रान्तिनायक लेनिनको नेतृत्व कौशल, वैचारिक स्पष्टता र अडानले त्यो सम्भव भयो । समाजवादी क्रान्तिका उपलब्धि जोगाउन नेता स्तालिनको भूमिका बेजोडको थियो । प्रतिक्रियावादी, विदेशी शक्ति र भित्री शत्रुहरूको निरन्तर आक्रमणविरूद्ध सोभियत जनताका निम्ति स्तालिन इस्पात भएर उभिनुभयो । स्तालिनको नेतृत्व र वैचारिक अडानविना रूसको माटोमा ७२/७३ वर्षसम्म समाजवाद टिकाउन गार्है हुन्थ्यो । सन् १९५३ मा स्तालिनको मृत्युपछि भने रूसमा पुनः संशोधनवादी र अवसरवादी नेतृत्व उदायो । ख्रुस्चेभ, ब्रेभ्mनेभ हँुदै गोर्भाचोभसम्म आइपुग्दा सोभियत सङ्घ विघटन भयो । खु्रस्चेभले सुरु गरेको संशोधनवादी नीतिको निरन्तरता ब्रेभ्mनेभले ग्लास्नोष्ट अर्थात् खुलापन या उदार विचार र पेरेस्ट्रोइकाको सुरुआत गरे । त्यसलाई मिखाइल गोर्भाचोभले निरन्तरता दिए । रूसको भूमिमा सोभियत सङ्घको विघटन हुनुमा पेरेस्ट्रोइका र ग्लास्नोष्टजस्ता संशोधनवादी र समाजवादविरोधी नीति जिम्मेवार देखिन्छ । तत्कालीन समयमा ग्लास्नोष्ट र पेरेस्ट्रोइका आर्थिक तथा राजनीतिक बन्दोवस्तमा पुनःसंरचना, खुलापन र सुधारको नीति थियो । गोर्भाचोभको त्यो आक्रामक संशोधनवादी विचारको निरन्तर विरोध भइरह्यो । बोल्सेविक वा कम्युनिस्ट विचार र अक्टोबर समाजवादी क्रान्तिलाई जोगाउन सङ्घर्ष गर्ने नीना अलेक्जेन्ड्रोभ्ना एन्ड्रेएभाको अनुभवले त्यही बताउँछ । नीनाले आफ्नो जीवनकालमा लेनिन र स्तालिनका विचारलाई रूसको माटोमा जिवित राख्ने प्रयास छोडिनन् । जीवनको अन्तिम पलसम्म पेरेस्ट्रोइका र ग्लास्नोष्टको कडा र तार्किक खण्डन गर्ने उनी नै हुन् । निरन्तर विचारको सङ्घर्षमा जुटेकी नीनाको पुस्तक ‘Unpresented Principles or A Brief History Of Prestroika’ ले सन् १९७० को दशकदेखि नीनाको वैचारिक सङ्घर्षको कठिन यात्रा छर्लङ्ग्याउँछ । विशेषतः पेरेस्ट्रोइका र ग्लास्नोष्टजस्ता संशोधनवादी विचारको प्रवेश र प्रयोगपछि रूसको अवस्था र पेरेस्ट्रोइकाको सङ्क्षिप्त इतिहास पुस्तकले उजागर गर्छ । नीना एन्ड्रेएभाको व्यक्तित्वबारे पुस्तकले बताउँछ । नीनाले लामो समय रूसको समाजवादको पक्षमा गरेको वैचारिक सङ्घर्षको ज्वलन्त प्रमाण पुस्तक आपैm हो । पेरेस्ट्रोइका माक्र्सवादविरोधी संशोधनवादी विचार हो भन्दै त्यसविरूद्ध बोल्सेविक आचरणसहित नीना लडिन् । उनले सन् १९८८ मा ‘म मेरो सिद्धान्त त्याग्न सक्दिनँ’ भन्ने चर्चित लेख प्रकाशित गरिन् । त्यो लेखमा गोर्भाचोभको पेरेस्ट्रोइकाको साँचो तस्बिर उदाङ्ग्याइएको छ । कम्युनिस्ट र बोल्सेविक विचारमाथि घात गर्ने पेरेस्ट्रोइका र आफ्नो माक्र्सवादी सिद्धान्त नत्याग्ने नीनाको प्रतिबद्धता वरपर पुस्तक घुम्छ । नीनाको अडान र वैचारिक स्पष्टतामाथि कयौँ निर्मम प्रहार गरिए । यद्यपि, उनी सत्यको पक्षमा अविचलित उभिइन् । नीनाका छानिएका ३७ वटा छुट्टाछुट्टै लेख, मन्तव्यहरू पुस्तकमा छन् । यसभित्रका केही लेखहरू पुस्तकमार्फत पहिलो चोटि प्रकाशनमा ल्याइएको हो । पुस्तकाकारमा सार्वजनिक हुनुअघि पत्रपत्रिकाहरूले नीनाको विचार छाप्न मानेका थिएनन् ।
समाजवादी बन्दोवस्तमा प्रतिक्रियावादी या संशोधनवादी विचारको प्रवेश मात्रले पनि बन्दोवस्त कसरी पतनउन्मुख हुन्छ भन्ने तत्कालीन रूसको सजिव तस्बिर पुस्तकले प्रस्तुत गर्छ । सन् १९८८ मार्च १३ मा सोभेत्स्काया रोसिया नामक पत्रिकामा पहिलो पटक प्रकाशित ‘म मेरो सिद्धान्त त्याग्न सक्दिनँ’ भन्ने नीनाको पत्रले रूसमा मात्र होइन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा तरङ्ग नै ल्यायो । प्रतिक्रियावादीहरूले त्यतिबेला गरेका प्रहारहरूसमेत पुस्तकले स्मरण गराउँछ । त्यो पत्रले रूसी समाजलाई नै दुई शिविरमा विभक्त गर्यो – समाजवाद जोगाउनुपर्छ भन्नेहरू र सोभियतकालीन सम्पूणर् बन्दोवस्त ध्वस्त पार्नुपर्छ भन्नेहरू । उनको त्यो पत्रलाई थुप्रै देशी-विदेशी र स्थानीय गरी ८०० भन्दा बढी पत्रपत्रिकाले साभार गरे । जनताबीच ठूलो बहसको विषय बन्यो त्यो पत्र । एक कम्युनिस्ट नेतृ एवम् रसायनशास्त्रका प्राध्यापक नीनाले पेरेस्ट्रोइका र ग्लास्नोष्ट रूस र रूसी जनताका निम्ति किन उपयुक्त छैन ? त्यो रूसको गौरवपूणर् इतिहासमाथिको प्रहार किन हो ? भन्ने विषयमा मिहिन विश्लेषण गरिन् ।
नीनाले आफ्नो पत्रमा तत्कालीन रूसका नयाँ युवापुस्तामा देखिएको वैचारिक र बौद्धिक विचलन उतारेकी छन् । तत्काल हुने परिवर्तनभन्दा दीर्घकालीन सोच र विचार आवश्यक छ भन्ने मान्यताभन्दा धेरै पर पुगी ग्लास्नोष्ट र पेरेस्ट्रोइकाको झिलीमिलीमा फसेका युवाहरूलाई देशको इतिहास, सङ्घर्षमय विगत अवगत गराउन मेहनत गरिन् । युवाहरूलाई भड्काउने विचार सम्प्रेषण गर्ने पत्रिका, टीभी, फिल्म, नाटकहरूको खुलेर खण्डन गरिन् । ट्रोट्स्कीपन्थीहरूको खरो आलोचना गरिन् । व्यक्तिपूजाको आक्षेपमा महान् नेता स्तालिनको व्यक्तित्वमाथि विषवमन भइरहँदा नीनाले त्यसको प्रतिकार गरिन् । स्तालिन नाताले आफ्नो हजुरबुबा भएर होइन बरु उहाँले रूस र रूसी जनताका निम्ति सोभियत सत्ता जोगाउन गर्नुभएका कार्य, औद्योगिकीकरण, अर्थनीति निर्माण, सामूहिकीकरण र सांस्कृतिक क्रान्तिको उपलब्धिलाई छोपेर नयाँ पुस्तामाझ स्तालिनको बदनाम प्रतिक्रियावादीहरूले नै गरे ।
संशोधनवादी गोर्भाचोभले आर्थिक सुधारको मुद्दालाई अघि सारेपनि त्यसले समाजवादी मूल्यमान्यता, कम्युनिस्ट सिद्धान्त, माक्र्सवादी-लेनिनवादी नीति तथा स्तालिनको अडानविरूद्ध हमला गरेको थियो । नीनाले सत्यको बाटो समाइन्, स्तालिनको पक्षमा उभिइन्, लेनिनवादले देखाएको बाटोमा अविचलित रहिन् । ग्लास्नोष्ट र पेरेस्ट्रोइकाले रूसको मुहार फेर्छ भन्ने भ्रम फैलाइएको बेला, जनताको ठूलो समर्थन जुटिरहेको बेला त्यसविरूद्ध उभिन त्यति सजिलो भने थिएन । यद्यपि, उनी एक्लै उभिन तयार भइन् । पछि धेरैले उनको समर्थन गरे । उनलाई दुईपटक पार्टीबाट निष्काशन गर्ने प्रयास पनि भयो । तर, नीनाले पार्टीभित्रै बोल्सेविक धार माक्र्सवादी-लेनिनवादी विचारलाई जीवन्त राख्ने कोसिस छोडिनन् । पुस्तकमा नीनाको शैक्षिक, राजनीतिक जीवनको विस्तृत चर्चा छ । एक अब्बल विद्यार्थी, कुशल प्राध्यापकसँगै उनी सशक्त क्रान्तिकारी नेतृ बन्न सफल भइन् । बोल्सेविक पार्टीभित्रको पुँजीवादी विचार, अवसरवाद, कर्मचारी प्रवृत्तिको खुलेर आलोचना गरिन् । पार्टीभित्र आलोचना र आत्मलोचनाको संस्कार हुर्काइन् ।
उनका निबन्ध र मन्तव्यहरूमा सोभियत सङ्घमा गोर्भाचोभको पेरेस्ट्रोइका पुँजीवादको पुनःस्थापनाको दुःखद कारण किन हो, त्यसको जवाफ छ । समाजवादका योद्धा र कामदार जनताका सेवक स्तालिनको व्यक्तित्वमाथि फोहोरको डङ्गुर थुपार्न कुनै कसर नछोड्ने प्रतिक्रियावादी, कम्युनिस्टविरोधीहरूलाई पुस्तकले उदाङ्ग्याएको छ । नीना स्तालिनको फासीवादविरोधी सङ्घर्ष, आर्थिक-सामाजिक प्रगतिका निम्ति राज्यकेन्द्रित गतिविधि र रूसी जनताको सुखद् भविष्यका निम्ति चालेका पाइलाहरू पुस्तकले अवगत गराउँछ । नीना लेख्छिन् – “सबैभन्दा महत्वपूणर् पक्ष सैद्धान्तिक र वैचारिक स्पष्टता अर्थात् सत्यता हो । विचारविना समाजको नैतिक र राजनीतिक एकता सम्भव छैन । साँचो माक्र्सवादी विचारविना आर्थिक सुधारको अर्थ हुन्न अझ समाजवादकै कुनै अर्थ हुन्न ।”
नीनाले आफ्नो पत्रमा तत्कालीन रूसका नयाँ युवापुस्तामा देखिएको वैचारिक र बौद्धिक विचलन उतारेकी छन् । तत्काल हुने परिवर्तनभन्दा दीर्घकालीन सोच र विचार आवश्यक छ भन्ने मान्यताभन्दा धेरै पर पुगी ग्लास्नोष्ट र पेरेस्ट्रोइकाको झिलीमिलीमा फसेका युवाहरूलाई देशको इतिहास, सङ्घर्षमय विगत अवगत गराउन मेहनत गरिन् । युवाहरूलाई भड्काउने विचार सम्प्रेषण गर्ने पत्रिका, टीभी, फिल्म, नाटकहरूको खुलेर खण्डन गरिन् । ट्रोट्स्कीपन्थीहरूको खरो आलोचना गरिन् । व्यक्तिपूजाको आक्षेपमा महान् नेता स्तालिनको व्यक्तित्वमाथि विषवमन भइरहँदा नीनाले त्यसको प्रतिकार गरिन् । स्तालिन नाताले आफ्नो हजुरबुबा भएर होइन बरु उहाँले रूस र रूसी जनताका निम्ति सोभियत सत्ता जोगाउन गर्नुभएका कार्य, औद्योगिकीकरण, अर्थनीति निर्माण, सामूहिकीकरण र सांस्कृतिक क्रान्तिको उपलब्धिलाई छोपेर नयाँ पुस्तामाझ स्तालिनको बदनाम प्रतिक्रियावादीहरूले नै गरे । उनी नयाँ पुस्तालाई गौरवपूणर् इतिहासबारे बताउन चाहन्थिन् । लेनिन र स्तालिन पढाउन चाहन्थिन् । पेरेस्ट्रोइकाले भित्याएको बजार अर्थतन्त्रभन्दा स्तालिनको योजनाबद्ध विकास र नयाँ आर्थिक नीति अर्थात् समाजवादी अर्थव्यवस्था दीर्घकालीन हितका निम्ति हो भन्ने शिक्षा प्रवाह गर्न चाहन्थिन् । स्तालिन त्यो युगकै सबैभन्दा प्रभावशाली, बुद्धिमान र जुझारू नेता हुनुहुन्थ्यो भन्ने यथार्थ बताउन चाहन्थिन् । तसर्थ, प्राध्यापन पेशाको सृजनात्मक उपयोग गरिन् ।
रूसको अत्यन्त कठिन घडीमा नेतृत्व सम्हालेका स्तालिनले अँध्यारोमा बाँचिरहेका रूसी जनतालाई सुन्दर भविष्यको आशा जगाउनुभयो, समाजवादका विरोधी साम्र्राज्यवादीहरूसँग भिड्नुभयो, रूसी जनताको सुखमय जीवनका निम्ति प्राविधिक उन्नयनमा कायापलट गर्नुभयो, देश र जनताको रक्षार्थ आणविक हातहतियार निर्माण थाल्नुभयो । जनताका लालसेनालाई सङ्गठित राख्नुभयो, समाजवादप्रति जनताको आस्था अक्षुण्ण राख्नुभयो । यसकारण, स्तालिनको सङ्घर्षशील जीवन रूसी युवा पुस्ताका निम्ति प्रेरणा र आदर्श बन्नुपर्नेमा नीना जोड दिन्थिन् । वर्गसङ्घर्षको तेजलाई निस्तेज बनाउन युवा पिढीलाई भड्काइएकोमा नीना चिन्तित थिइन् । उनीहरूलाई पुँजीवादको खोक्रो सम्पन्नतामा भुलाउने प्रवृत्तिप्रति आक्रोशित थिइन् । उनले पुस्तकमा लेखिन् — “आज यो के भइरहेको छ, के अन्तर्राष्ट्रिय कामदार वर्गले विश्व पुँजीविरूद्ध लड्न आवश्यक छैन ? के राजनीतिक सङ्गठनले पुँजीलाई स्वीकारेको अवस्था हो ?” यो प्रश्नमा छलफल केन्द्रित हुनुपर्ने बताइन् । उनले थपिन् – “गोर्भाचोभ नेतृत्वको पेरेस्ट्रोइकाको नेतृत्व र परिचालन समाजको कुन वर्ग या तहले गर्छ ?” त्यसकारण, वर्गीय दृृष्टिकोण र सङ्घर्षको भावना नयाँ पुस्तालाई दिनुपर्नेमा जोड दिइन् । वर्गसमन्वय, शान्तिपूणर् सङ्क्रमण, अन्धर्राष्ट्रवादको बाटोले रूसलाई पतनतर्फ धकेल्छ र सिद्धान्तमा सम्झौता अपराध नै हो भनेकी थिइन् । उनले लेखिन् – “सिद्धान्त हामीलाई उपहारस्वरूप प्राप्त भएको होइन, हामीले देशको इतिहासमा अत्यन्त कठिन मोडहरूमा लडेर प्राप्त गरेका हौँ ।” निश्चय पनि माक्र्सवाद-लेनिनवादविना कामदार जनताको एकता सम्भव छैन । राष्ट्रिय प्रतिकारको चेतना, देशभक्तिको भावना, नैतिक र राजनीतिक एकता, मानिसहरूबीच मित्रता, समाजवादको साँचो सामाजिक तथा आर्थिक विकास माक्र्सवादविना अधुरो हुन्छ । शोषण र दमनरहित समाज निर्माणमा लेनिनको योगदानको कदरविना रूसको उन्नयन सम्भव छैन भन्ने तर्क नीनाको हो । हजारौँ वर्ष लडेर, रगत र पसिना बगाएर प्राप्त जनताको सत्ता ढाल्न जन्माइएका विकृत विचारहरूविरूद्धको सङ्घर्षलाई पुस्तकले प्रस्ट पार्छ । लेनिनवाद र कम्युनिस्ट आदर्शका लागि एकताको पक्षपाती नीनाले बोल्सेविकवादलाई पुनर्जन्म दिन स्थापित अखिल रूसी कम्युनिस्ट पार्टीमा बसी नेतृत्व गरिन् । सन् १९९१ नोभेम्बर ८ मा स्थापना गरिएको सो पार्टीले फासीवादविरूद्ध न्यायपूणर् सङ्घर्षको नेतृत्व गर्यो । सबैभन्दा महत्वपूणर् त यसले रूसी गौरवको इतिहासको रक्षार्थ काम गर्यो । पुँजीवादी व्यवस्था, अवसरवाद, यहुदीवाद र फासीवादविरूद्ध लेनिन र स्तालिनको सङ्घर्षलाई नीनाले निरन्तरता दिइन् ।
नीनाले रूसको बोल्सेविक पार्टीको २७ औँ सम्मेलनमा प्रस्ट भनेकी थिइन् — “बोल्सेविक पार्टी जस्तो क्रान्तिको इतिहास बोकेको पार्टीले बर्नस्टिनको संशोधनवादी विचार अनुशरण गर्नु हुँदैन ।” उद्देश्य भन्दापनि अगाडि बढ्नु महत्वपूणर् हो भन्ने संशोधनवादी विचार पेरेस्टा्रेइकाको समर्थन गर्नु जनघात हो । पेरेस्ट्रोइकाले आर्थिक कायापलटको रटान लगायो । तर, आर्थिक विकासमा पुँजीवादी नियम अङ्गाल्यो । आर्थिक विकासका दुई नियम छन्— पहिलो, देशको प्राविधिक विकास र प्राकृतिक स्रोतसाधन एवम् कच्चापदार्थको कम दोहन र मितव्ययिता । दोस्रो, उत्पादित वस्तुको मूल्य अस्वाभाविक वृद्धि गर्ने र नाफा लिने । पहिलो शैलीबाट स्तालिनले रूसको विकास गर्नुभयो भने पेरेस्ट्रोइका दोस्रो शैलीबाट आर्थिक क्षेत्रमा छलाङ मार्ने कुरा गथ्र्यो । पेरेस्ट्रोइकाले योजनाबद्ध राज्यनियन्त्रित अर्थतन्त्रलाई छोडेर बजार अर्थतन्त्र, निजीकरण, नाफातन्त्र र वस्तु अर्थतन्त्रलाई जोड दियो । त्यहीँबाट रूसमा विकास असन्तुलन सुरु भयो र पुँजीवादी अर्थतन्त्रको पुनरावृत्ति भयो । रूसलाई विकसित देशको अग्रपङ्क्तिमा लाने भन्दै पेरेस्ट्रोइकाले रूसी अर्थतन्त्रमा कालोबजारी, पुँजीपति वर्गको हालिमुहाली, उत्पादन र निर्यातमा एकाधिकार सुरु गर्यो । त्यतिमात्र होइन देशको दोहनका निम्ति पश्चिमलाई ढोका खोलिदियो । पश्चिमले रूसको प्राकृतिक, भौतिक, श्रम र बौद्धिक स्रोतहरूको दोहन गर्यो । बिस्तारै रूसको बजेट घाटामा जाने र वैदेशिक ऋण बढ्ने क्रम बढ्यो । मुद्रास्फिती र बरोजगारी समस्या विकराल बन्यो । वातावरणीय समस्या उच्च बढ्यो । नाफामात्र कमाउने नीतिले देशैभरि आपराधिक गतिविधि बढ्नुका साथै पर्यावरणीय र जनस्वास्थ्य खतरामा पर्दै गयो । एक किसिमले राज्य-पुँजीवाद हुर्कियो र बिस्तारै आर्थिक मन्दीको समस्या देखापर्यो ।
समाजवादविरोधी र नवट्रोट्स्कीवादीहरूले रूसी समाजमा पुरानो पुस्ता र नयाँ पुस्ताबीच ठूलो खाडल खडा गर्ने चेष्टा गरिरहे । उत्पादनशील श्रमलाई माया गर्ने समाजवादी मान्यताविपरीतको विचारले रूसमा कर्मचारीतन्त्र, व्यक्तिवाद, अवसरवाद हुर्कायो । स्तालिनले अगाडि बढाउनुभएको नयाँ आर्थिक नीति, औद्योेगिकीकरण, सामूहिकीकरण, सांस्कृतिक क्रान्ति र देशभक्तिपूणर् युद्धहरूको उपेक्षा गरियो । जिनोभिभ, कामेनेभ, बुखारिन, प्याताकोभ, युर्तिन लगायतका संशोधनवादीहरूले लेनिनको भक्ति गाउने र स्तालिनलाई गाली गर्ने कार्य रोकेनन् तर सत्य के हो भने स्तालिनमाथिकोे आक्रमण स्वयम् लेनिनमाथिको प्रहार थियो, क्रान्ति, समाजवाद र महान् देशभक्तिपूणर् युद्धहरूमा रूसको विजयमाथिको निर्मम प्रहार थियो ।
पेरेस्ट्रोइकाको राजनीतिक र आर्थिक पक्षमात्र गलत थिएन सामाजिक पक्ष पनि खोटपूणर् थियो भन्ने थुप्रै प्रमाणहरू पुस्तकभित्र छन् । अक्टोबर क्रान्तिबाट प्राप्त समाजवादको जग भत्काउन गोर्भाचोभले नै अन्तिम भूमिका खेले । सामाजिक संरचना र आर्थिक बन्दोवस्तलाई भत्ताभुङ्ग बनाए । क्रान्तिपूर्वको गरिबी, अभाव, अस्तव्यस्तता दोहोरियो । भ्रष्टाचार, अनियमितता, वैचारिक स्खलन, कामदार वर्गीय परिवारको जीवन अझ खस्किनुका साथै सम्पूणर् शिक्षा पद्धतिमा र्हास आयो । मानिसको बौद्धिक क्षमता पैसा कमाउनेमा मात्र केन्द्रित हुन थालेपछि स्वार्थ बढ्यो, सेवा र समर्पणको समाजवादी संस्कार हरायो । भ्रष्ट राजनीतिज्ञ र व्यापारीहरू सम्पूणर् चिज पश्चिममा बेच्न उद्दत देखिए । हुँदाहँुदा रूसी महिलाहरूलाई देहव्यापारका निम्ति बेचियो । बदलामा एड्सलगायत सङ्क्रमित रोग र भोक भित्रियो । रूस यस्तो परिस्थितिमा पुर्याउन ग्लास्नोष्ट र पेरेस्ट्रोइका नै जिम्मेवार रहेको पुष्टि पुस्तकले गर्छ ।
बाहिरी देशहरूले पनि रूसमा पुँजीवाद पुनःस्थापनाको स्वागत गरे । चीनलगायतका अन्तर्राष्ट्रिय वृत्तले भने रूसको संशोधनवाद सामाजिक साम्राज्यवादमा परिणत हुने खतरा औँल्याए । देशको समाजवादलाई पुँजीवादले प्रतिस्थापन गर्दा निम्तिने सम्पूणर् समस्या र प्रकोपहरूबारे प्रस्ट्याए । यद्यपि, संशोधनवादी खेमाले पेरेस्ट्रोइकाको विकल्प नभएको बतायो । चुनावी बाटो अर्थात् व्यावसायिक संसद्को सुरुआत गरे । यसले रूसी जनतालाई विभाजित गर्यो ।
कस्तो खालको पेरेस्ट्रोइकाको समर्र्थन गर्ने ? भन्ने प्रश्नमा नीनाले भनेकी छन् – “समाजवादी शैली र विचारसँग जोडिएको पेरेस्ट्रोइकाले भने देश र जनताको हित गर्ला ।” रूसमा अक्टोबर क्रान्तिपछि समाजवादी देशभक्तिपूणर् भावनाको विजारोपण भयो । साम्राज्यवाद, उपनिवेशवाद र पुँजीवादी बन्दोवस्तमा देशभक्तिपूणर् भावना र विचार सम्भव नभएको दृष्टान्त सन् १९९० को दशकको रूस नै हो । अराजकतावाद र संशोधनवादले देशभक्तिको अभिनय मात्र गर्छ । रूसका नयाँ पुस्तालाई त्यही समाजवादी देशभक्तिको भावना दिनुपर्नेमा नीना जोड दिन्छिन् । त्यसकारण, वैचारिक अभियानसमेत चलाइयो । समाजवाद पुँजीवादीकरण भइरहेको त्यो समयमा रूसी नयाँ पुस्ता पश्चिमी संस्कृतिमा लागेर भ्रष्ट बन्दै थियो । अक्टोबर समाजवादी क्रान्तिको ७० वर्षपछि रूसी समाज त्यस्तो बनेको थियो । पुँजीवादी राष्ट्रवाद, प्रतिक्रान्तिकारी विचार, इतिहासको अल्पज्ञान, सामाजिक प्रजातन्त्र जस्तो विचारले नै रूसी समाज पछिल्तिर धकेलियो । त्यसकारण, नीना लेख्छिन् – “स्तालिनविरोधी विचार बीसौँ शताब्दीको दोस्रो मध्यमा कम्युनिस्ट आन्दोलनको ट्रोजन हर्स हो ।” ग्लास्नोष्ट र पेरेस्ट्रोइका स्तालिनविरोधी विचारमात्र नभएर सम्पूणर् कम्युनिस्ट आन्दोलनलाई गलत दिशा दिने विचार भन्नु उपयुक्त होला । अक्टोबर समाजवादी क्रान्तिको ऐतिहासिक महत्व र उपलब्धिलाई युग-युगसम्म जोगाउन नीनाले गरेका प्रयासहरू पुस्तकमा छन् ।
नीनाले तर्क गरेअनुसार पेरेस्ट्रोइका आखिरमा पुँजीवाद पुनःस्थापनाको मुख्य कारण शिद्ध भयो । यसरी यस पुस्तकले अक्टोबर क्रान्तिबाट स्थापित सोभियत सङ्घ कसरी विघटन भयो ? रूस कसरी सामाजिक साम्राज्यवादमा पतन भयो ? यसको चित्तबुभ्mदो जवाफ पुस्तकले दिन्छ । १०३ औँ अक्टोबर समाजवादी क्रान्तिको सन्दर्भ पारी पुस्तकको अध्ययन र छलफल गर्नु श्रयेष्कर होला ! संवेदनशील समुदायबीच पुस्तकको गम्भीर अध्ययन तथा अन्तरक्रिया अझ फलदायी हुनेछ ।
Leave a Reply