भर्खरै :

कोभिड-१९ र ‘गोभिड-२०’

यतिखेर,
जनता कोभिड-१९ बाट आक्रान्त
शासक ‘गोभिड-२०’ बाट सिकिस्त
‘गोभिड-२०’ अर्थात् गोयल भाइरस !
मलाई थाहा छैन,
जनता खाने कोभिड खतरनाक कि
शासक सिध्याउने गोभिड ?
कोभिड महामारीसँग लड्ने कि
यतिखेर गोभिड महामारीसँग ?
कोभिड-१९ फैलिए,
कोभिड-१९ बिग्रिए
आईसियू छ, भेन्टिलेटर छ
अनि, भ्याक्सिन बन्दै छ
(बेसारपानी, हाँछ्यू साँछ्यू त छँदै छ !)
‘गोभिड-२०’ फैलिए
‘गोभिड-२०’ बिग्रिए
के गर्ने होला ?
कहाँ लाने होला ?
भ्याक्सिन कहिले बन्ने होला ?
कि सिधै पशुपति लाने
अथवा, दिल्ली दरबार पुर्‍याउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *