इरान–अमेरिकाबिच आक्रमण र प्रत्याक्रमण
- जेष्ठ १८, २०८३
विद्रोहको अघिल्लो दिन भएको गुप्त समाजको बैठकमा डिसेम्बर सैनिक विद्रोहको नेतृत्व प्रिन्स सर्गेई ट्रुबेट्स्कोई र कर्णेल बुलाटोभले गर्ने निधो गरिएको थियो । गुप्त समाजमा नरम पक्षको नेतृत्व गर्दै आएका ट्रुबेट्स्कोईले विद्रोहको दिन बिहान विद्रोहमा सहभागी नहुने निणर्य गरे । कर्णेल बुलातोभ पनि सिनेट स्क्वायरमा देखापरेनन् । केही समयको अन्योलपछि उपस्थित विद्रोहीहरूले प्रिन्स येभ्गेनी ओब्लेन्स्कीलाई आफ्नो नेता चुने । तर, विद्रोहको वास्तविक नेतृत्व एक तीस वर्षीय गैरसैनिक युवकको हातमा थियो । ती युवकको नाम थियो – कोन्द्राति रिलियभ । रिलियभ सर्गेई ट्रुबेट्स्कोई र निकिता मुराभयोभसँगै ‘उत्तरी समाज’को तीन सदस्यीय निर्देशक समितिका सदस्य थिए ।
डिसेम्वरवादी धेरै नेताहरूभन्दा फरक उनी धनी परिवारबाट आएका थिएनन् । त्यस्तै धेरै डिसेम्वरवादी नेताहरू जस्तै उनी सैनिक उच्च अधिकारी थिएनन् । कनिष्ठ सैनिक अधिकारीको रूपमा नेपोलियनविरोधी युद्ध अभियानमा सहभागी भएपनि उनले केही वर्षमै सैनिक सेवाबाट बिदा लिएका थिए । रिलियभ एक राम्रा वक्ता र कुशल सङ्गठक थिए र ‘उत्तरी समाज’को गणतन्त्रवादी धारका नेता थिए ।
जन्म
कोन्द्राति रिलियभको जन्म सन् १७९५ को सेप्टेम्बर २९ (१८) का दिन राजधानी सेन्ट पिटर्सवर्गबाट ८० किलोमिटर दक्षिणमा रहेको बाटोभो गाउँमा भएको थियो । उनको परिवार एक कुलीन तर गरीब परिवार थियो । उनका बुवा साना जमिनदार थिए जो पछि एक धनी कुलीन परिवारको विशाल भूमिको व्यवस्थापक बने । परिवारका अप्ठ्याराहरूका बावजुद पनि उनकी आमा उनलाई सेन्ट पिटर्सवर्गको एक प्रतिष्ठित कुलीन वर्गीय सैनिक विद्यालयमा भर्ना गराउन सफल भइन् जहाँ उनले सन् १८०१ देखि १८१४ सम्म लामो अध्ययन गरे । रुसीहरूलाई सिकाएर भन्दा पिटेर कडा अनुशासनमा हुर्काउनुपर्छ भन्ने भावना उक्त विद्यालयमा बलियो थियो । सैनिक विद्यालयको कडा अनुशासनमा उनी हुर्किए ।
पश्चिम युरोपको युद्धभूमिमा
सन् १८१४ मा पढाइ सकिएलगत्तै उनलाई नेपोलियनविरुद्धको अन्तर्राष्ट्रिय युद्ध अभियानमा खटाइयो । एक कनिष्ठ अफिसरको रूपमा २० वर्षीय रिलियभ रुसी तोप टुकडीसँगै पोल्यान्ड, जर्मनी र फ्रान्सका विभिन्न सहरहरूमा पुगे । उनको यो पहिलो विदेश भ्रमण अन्य रुसी अफिसरहरूलाई जस्तै चकित पार्ने खालको थियो । फ्रान्सेली क्रान्तिको समानता र भातृत्वको भावनाले सिंचित फ्रान्सेली समाज रुसी समाजभन्दा ठीक उल्टो थियो । पश्चिम युरोपका सहरहरू पिछडिएको रुसी सहरहरूभन्दा औद्योगीकरण र खुलापनमा धेरै अगाडि थियो । रुसमा जारको बोली नै कानुन भएको अवस्थामा पश्चिम युरोपका प्रायः देशहरूमा कुनै न कुनै रूपको संविधान लागु गरिएको थियो भने मानिसहरूबीचको कानुनी भिन्नता कम देखिन्थ्यो । फ्रान्समा (फ्रान्सेली उपनिवेशहरूबाहेक) राज्य क्रान्तिपछि १७९४ मै दास व्यवस्था अवैध भइसकेको थियो भने रुसमा ८५% जनता राजनैतिक र सामाजिकरूपमा बाँधिएका भुदासहरू थिए । फ्रान्समा अखबारहरूमा सेन्सर हुँदैनथ्यो । स्वाभाविकरूपमा फ्रान्स र जर्मनीको केही वर्षको यात्राले रिलियभ जस्ता शिक्षित रुसी युवाहरूमा गहिरो प्रभाव पर्यो । रुसमा जारको तानाशाही र भूदास प्रथा हट्नुपर्ने विचार लिएर उनीहरू घर फर्के । रिलियभजस्ता धेरै डिसेम्बरवादी युवाहरूले पछि विद्रोहमा समातिएपछिको आफ्नो बयानमा पेरिस यात्राको क्रममा पहिलोपल्ट उदार विचारबाट प्रभावित भएको’ बताएका थिए ।
सैनिक विद्यालयमा हुर्केर पनि रिलित्मा सैनिक सेवाप्रति रुची थिएन । ठूला अफिसरहरूद्वारा साना अफिसर र सैनिक जवानहरूलाई क्रुर व्यवहार गरिन्थ्यो । स-साना निहुँमै अमानवीय यातना दिइन्थ्यो । रुस फर्केपछि केही वर्षमै रिलियभ सैनिक दैनिकीप्रति घृणा बढ्न थाल्यो । सन् १८१८ मा उनले सैनिक सेवाबाट राजीनामा दिएर युक्रेनका एक ठूला जमिनदार टेभ्यासेभको घरमा बच्चाहरू पढाउने काममा गए । एक वर्षपछि तिनै ठूला जमिनदारकी छोरी नाताल्या टेभ्यासेभासँग उनको विवाह भयो ।
गिरफ्तारीको सात महिनापछि सन् १८२६ को जुलाई २५ (१३) को दिन रिलित्लगायत ५ जना विद्रोहीहरूलाई फाँसी दिइयो । रुसमा मृत्युदण्ड दिन बन्द गरिएको पचास वर्षभन्दा बढी भएको थियो । भनिन्छ फाँसी दिने डोरी बाँध्न जान्ने मान्छे नहुँदा रिलित्, सर्गेई मुराभयोभ र प्योटर खाकोभ्स्की तीन जना क्रान्तिकारीहरु फाँसीको डोरीबाट खसेका थिए । भुईँमा बजारिएका एक क्रान्तिकारीको चित्कार थियो- “हेर रसियाको दुर्गति, यहाँ हामी सुखसाथ फाँसीमा झुन्डिन पनि पाउँदैनौँ !”
पुनः सेन्ट पिटर्सवर्गमा
दुई वर्ष युक्रेनी क्षेत्रमा रहेर उनी सन् १८२० मा फेरि सेन्ट पिटर्सवर्ग फर्के । पिटर्सवर्गमा उनले १८२१ देखि १८२४ सम्म ३ वर्ष अपराध अदालतमा न्यायाधीशको अनुसन्धान सहयोगीको रूपमा काम गरे । कुलीन वर्गका मानिसहरू तल्लो वर्गसँग सम्पर्कमा जान नचाहने समयमा उनले आफ्नो पदीय क्षमताले भ्याएसम्म गरीब र दुःखीहरूलाई न्याय दिलाउन धेरै प्रयास गरे । यसले सेन्ट पिटर्सवर्गका आम मानिसहरूबीच ‘एक राम्रा अधिकारी’को रूपमा उनको छबि बन्दै गयो ।
एक पटक एउटा व्यापारीलाई अपराध गरेको आशङ्कामा समातिएको थियो । त्यसबेलाको रुसी कानुनअनुसार त्यस्ता मुद्दाहरू पहिला स्थानीय सरकारकहाँ जान्थ्यो तर अपराधी आफैले अपराध स्वीकार नगरेसम्म नगरका मेयरले सजाय दिन सक्दैनथ्यो । अदालत जानु त्यसबखत झन्झटिलो र खर्चिलो मानिन्थ्यो । त्यसकारण, अपराध स्वीकार नगरेका व्यापारीलाई मेयरले अदालत पठाइदिने धम्की दिए । मेयरको कुरा सुनेर व्यापारीले उल्टो खुसी हुँदै भनेका थिए रे – “अदालत पठाइए म हजुर प्रति धेरै आभारी हुने थिएँ। मलाई थाहा छ कोन्द्राति रिलियभजस्ता अधिकारी भएको अदालतले कहिल्यै पनि निर्दोषलाई दोषि देखाउने छैन ।” सेन्ट पिटर्सवर्गमा रिलियभबारे यस्ता धेरै कथनहरू फैलिएका थिए ।
तर, अन्य सरकारी सेवा जस्तै रुसको न्याय सेवा पनि भ्रष्टाचारले नराम्ररी गाँजेको थियो । अधिकारीहरू निवेदकहरूबाट घुसको अपेक्षा गर्थे र घुसको रकम जसको भारी भयो उसकै पक्षमा न्यायको तराजु ढल्किने गर्थ्यो । सरकारी अधिकारीहरूको तलब धेरै कम हुन्थ्यो त्यसकारण कनिष्ट अधिकारीहरू घुस लिन बाध्य हुन्थे भने त्यो माथि -माथि प्रचलनको रूपमा स्थापित भैसकेको थियो । न्याय क्षेत्रको केही वर्षको अनुभवले सैन्य क्षेत्रमा जस्तै रुसी प्रशासनमा पनि ठूलो सुधारको आवश्यकता भइसकेको अनुभव रिलियभलाई भयो । एक किसिमको दिक्दारी र असन्तोषले रिलियभलाई गाँज्दै लग्यो ।
कवि रिलियभ
आफ्ना असन्तोष र दिक्दारीहरू रिलितयभ कवितामार्फत व्यक्त गर्थे । सन् १८२० मै उनले जारका एक अलोकप्रिय सल्लाहकार अलेक्सी आर्कचियभलाई अप्रत्यक्षरूपमा इङ्गित गर्दै ‘मनपराइएका अधिकारी’ नामक एक लामो कविता लेखेका थिए । सेन्ट पिटर्सवर्गका साहित्य समाजहरूमा उनी सदस्य बने र साहित्यिक भेलाहरूमा नियमित सहभागी हुन थाले । ती भेलाहरूमा डिसेम्बरवादी गुप्त समाजका सदस्यहरू पनि सहभागी हुन्थे जो गुप्तरूपमा गुप्त समाजको प्रभाव र सङ्गठन विस्तार गरिरहेका थिए ।
पुश्किन जतिकै प्रख्यात नभएपनि एक कविको रूपमा उनी सेन्ट पिटर्सवर्गको साहित्यिक घेरामा स्थापित हुन थाले । स्वच्छन्दता, प्रेम, नैतिकता, जारप्रति बफादारिता त्यस बखतको रुसी कविताको मूल धार थियो तर रिलियभ रुसी इतिहासका सन्दर्भहरू कोट्याएर क्रान्तिकारी गतिविधिको आवश्यकता र आह्वानहरूले भरिएका कविताहरू लेख्थे । उनका कविताहरू खस्रा तर स्वतन्त्रता, मानवीयता र देशभक्तिपूर्ण भावनाले ओतप्रोत हुन्थे । साथीहरू सामु रिलियभ आफैलाई ‘म एक कवि होइन नागरिक हुँ’ भन्ने गर्थे । उनको एक प्रतिनिधिमूलक रचनामा यस्तो लेखिएको थियो –
प्रेम मेरो दिमागमा कहिल्यै आउँदैन,
हरे, मेरो जन्मभूमि तड्पिरहेको छ,
गम्भीर विचारहरूले मेरो आत्मा रोमान्चित भइरहेको छ,
यसले अब केवल स्वतन्त्रताको चाहना राखेको छ
कविता लेखनसँगै उनी ‘ध्रुवतारा’ (Polar Star) नामक वार्षिक पत्रिकाका सहप्रकाशक र सम्पादक बने । सन् १८२३, २४ र २५ गरी तीन अङ्क प्रकाशित उक्त पत्रिका तत्कालीन रुसी बुद्धिजीवीहरूबीच प्रख्यात र रुचाइएको पत्रिका थियो । पुश्किनजस्ता नाम चलेका लेखकहरू पनि उक्त पत्रिकामा आफ्ना लेख छपाउँथे । सेन्सरबोर्डको कडाइको अवस्थामा पनि चलाखीपूर्ण ढङ्गले पत्रिकामा रुसमा सुधारको आवश्यकताबारे आवाजहरू उठाइन्थ्यो । यो पत्रिकाको लोकप्रियताकै कारण २० वर्षपछि अर्को पुस्ताका क्रान्तिकारी अलेक्जेन्डर हर्जेनले लन्डनबाट ‘ध्रुवतारा’ नामबाटै रुसी र अङ्ग्रेजी भाषामा क्रान्तिकारी पत्रिका प्रकाशित गरेका थिए । उक्त पत्रिका गुप्तरूपमा रुस पुर्याइन्थ्यो । हार्जेनको ‘ध्रुवतारा’ले डिसेम्बर विद्रोह र डिसेम्बरवादीहरूको त्यागबारे नयाँ पुस्ताका रुसी युवाहरूलाई सुसूचित गर्न ठूलो भूमिका खेलेको थियो ।
विद्रोही रिलियभ
साहित्यिक सङ्गतकै क्रममा उनी सन् १८२३ मा डिसेम्बरवादी गुप्त समाजमा सदस्य बनाइए । त्यसबखत गुप्त समाज उत्तरी र दक्षिणी गरी दुई धारमा विभाजित भइसकेको थियो । त्यो विभाजन वैचारिक आधारमा भएको थियो । पाभेल पेस्तेलको नेतृत्वमा रहेको दक्षिणी समाज रुसमा जारको तानाशाहीको ठाउँमा गणतान्त्रिक व्यवस्था ल्याउन चाहन्थ्यो भने सर्गेई ट्रुबेत्स्कोई र निकिता मुराभयोभको नेतृत्वमा चलेको उत्तरी समाज संवैधानिक राजतन्त्रको पक्षमा थियो ।
साहित्यिक गतिविधिले मात्र परिवारको दिनचर्या धान्न नसकेर सन् १८२४ मा उनले त्यसबेला रुसी साम्राज्यको भूभाग अलास्काको खनिज पदार्थको व्यापार गर्ने एक रुसी -अमेरिकी संयुक्त लगानीको कम्पनीमा सेन्ट पिटर्सवर्गको व्यवस्थापकको जागीर खाए । यसक्रममा उनले अमेरिकी गणतन्त्रवादी संविधानबारे गहिरो अध्ययन गरे । अमेरिकी संविधानको अध्ययन र गणतन्त्रवादी दक्षिणी सहकर्मीहरूको सङ्गतले सुरुमा संवैधानिक राजतन्त्रका पक्षपाती रिलियभ बिस्तारै गणतन्त्रवादी बने । जारलाई अलास्काजस्तो विकट र निर्जन ठाउँमा निर्वासनमा पठाउने र यदि त्यसमा जार सहमत नभए जारको हत्या गर्ने प्रस्ताव उनले राखेका थिए ।
श्रोताहरूलाई उत्साहित पार्नसक्ने एक कुशल वक्ता र सकृयताका कारण गुप्त समाजमा सदस्य बनेको एक वर्षपछि नै उनी ‘उत्तरी गुप्त समाज’को तीन सदस्यीय निर्देशक समितिमा भित्र्याईए । उनको सकृयताकै कारण केही वर्षदेखि निष्कृय बनेको गुप्त समाजले फेरी जीवन प्राप्त गर्यो । उत्तरी गुप्त समाजमा पनि गणतन्त्रवादीहरूको मत बलियो हुन थाल्यो र निकिता मुराभयोभ जस्ता संवैधानिक राजतन्त्रवादी र सशस्त्र विद्रोहको उपयोगितामा शङ्का गर्नेहरू छेउ लाग्न थाले । डिसेम्बरवादी गुप्त समाजमा मूलतः सैनिक अधिकारीहरू समेटिएका थिए । उनी रुसको सुधारको पक्षमा रहेका व्यापारीहरूलाई पनि गुप्त समाजमा भित्र्याउन चाहन्थे तर सैनिक पृष्ठभूमिका अन्य नेतृत्वदायी व्यक्तिहरू व्यापारीहरूलाई गुप्त समाजमा सदस्यता दिने कुराको विपक्षमा थिए ।
डिसेम्बर विद्रोह
जार अलेक्जेन्डरको मृत्युपछि गुप्त समाजले विद्रोहको तयारी गर्न थाल्यो । तयारीको नेतृत्व रिलियभले गरेका थिए । उनको घरमा गुप्त समाजको बैठक हुने गथ्र्यो । रिलियभ एक सामान्य पुर्व सैनिक मात्र थिए । अरू धेरै डिसेम्बरवादी जस्तै रिलियभ अन्तर्गत सैनिक टुकडी थिएन यद्यपि विद्रोहको अघिल्लो रात उनले विभिन्न सैनिक ब्यारेकहरूमा गएर सैनिक अफिसरहरूलाई विद्रोहको पक्षमा निडरताका साथ लाग्न उत्साहित गरिरहे ।
विद्रोह असफल हुनसक्छ र असफल विद्रोहको परिणाम क्रान्तिकारीहरूको सहादत हुनेछ भन्ने कुरामा रिलितयभ स्पष्ट थिए । विद्रोहको दिन बिहान उनी घरबाट निस्किँदा उनका जहान र छोरीले रोक्न खोजेका थिए तर त्यसको पर्वाह नगरी उनी विद्रोहको नेतृत्व गर्न सिनेट स्क्वायर पुगे जहाँ ३ हजार विद्रोही सैनिक जारको तानाशाहीविरुद्ध संविधानको पक्षमा एकत्रित भएका थिए । सिनेट स्क्वायरमा अघिल्लो रात तोकिएका सैनिक नेताहरू देखापरेनन् न त वाचा गरिए जति सबै सैनिक टुकडीहरू नै उपस्थित भए । अन्योलकै बीचमा नयाँ सैनिक नेतृत्व चुन्न र अझ बढी सैनिक टुकडी सहभागी गराउन रिलितयभ दिनभरि सक्रिय रहे ।
सन् १८२५ को डिसेम्बर २६ (१४) को दिन भएको विद्रोह नयाँ जार निकोलसले निर्ममतापूर्वक दबाए । त्यही रात रिलितयभ एक प्रमुख षड्यन्त्रकारीको रूपमा आफ्नो घरबाट समातिए । रिलितयभ र अन्य डिसेम्बरवादी विद्रोहीहरू सेन्ट पिटर्सवर्गको‘पिटर तथा पाउल किल्ला’मा लगिए र एक – एक गर्दै बयान लिन थालियो ।
रिलित्लाई जार निकोलस आफैले पनि बयान लिएका थिए । बयानको क्रममा उनले कहिल्यै पनि विद्रोहको नेतृत्व गरेकोमा पश्चाताप गरेनन् । बरु विद्रोहको जिम्मा सबै आफू एक्लैले लिए । आफू एक जनालाई मात्र मृत्युदण्ड दिएर अरू सबैलाई छोड्न उनले जारलाई अनुरोध गरेका थिए । तर, जारद्वारा गठित अनुसन्धान समितिले उनीसहित ५ जनालाई घोडाद्वारा चारतिर तानेर मार्ने सजाय सुनायो । उक्त सजाय पछि फाँसीमा परिणत भयो ।
गिरफ्तारीको सात महिनापछि सन् १८२६ को जुलाई २५ (१३) को दिन रिलित्लगायत ५ जना विद्रोहीहरूलाई फाँसी दिइयो । रुसमा मृत्युदण्ड दिन बन्द गरिएको पचास वर्षभन्दा बढी भएको थियो । भनिन्छ फाँसी दिने डोरी बाँध्न जान्ने मान्छे नहुँदा रिलित्, सर्गेई मुराभयोभ र प्योटर खाकोभ्स्की तीन जना क्रान्तिकारीहरु फाँसीको डोरीबाट खसेका थिए । भुईँमा बजारिएका एक क्रान्तिकारीको चित्कार थियो- “हेर रसियाको दुर्गति, यहाँ हामी सुखसाथ फाँसीमा झुन्डिन पनि पाउँदैनौँ !”
पिटर तथा पाउल किल्लाको जेलको एउटा धातुको भाँडामा एउटा कविताको अंश कुँदिएको भेटिएको थियो –
‘अपमान होइन सम्मान हो मेरो लागि जेल,
म यहाँ छु न्याय र सत्यको लागि, सही कारणको लागि,
यी सिक्रीहरूसँग मलाई किन लाज लाग्नु र ?
जब कि म यी सिक्रीहरू मेरो जन्मभूमिको निम्ति लगाउँदै छु ।’
यो नै डिसेम्बरवादी कवि कोन्द्राति रिलियभ अन्तिम कविता थियो ।
Leave a Reply