भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, २९ कार्तिक । नेपाल संवत् ११४१ को अवसरमा सूर्यविनायक प्रगतिशील सांस्कृतिक समाजले शनिबार साँझ शुभकामना कार्यक्रमको आयोजना
गरेको छ ।
अनलाइन आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपाल संवत्लाई नेवारको मात्र भन्नु गलत भएको भन्दै नेपाल संवत् चलेको गरिएका ८८८ वर्षमा पूरै नेवार शासन थिएन भन्नुभयो ।
उहाँले नेपालको अलग्ग अस्तित्व पुष्टि गर्न संयुक्त राष्ट्र सङ्घमा नेपालले नेपाल संवत्, रञ्जना लिपि, तीनकुने झण्डा, दौरा सुरुवाल भादगाउँले टोपीलगायतको भेषभुषा प्रस्तुत गरेको भन्दै नेपाल संवत्को प्रयोग पूर्व कोसीपारिदेखि पश्चिम कर्णालीसम्म व्यापकरूपमा भएको ऐतिहासिक प्रमाणहरू रहेको धारणा राख्नुभयो । उहाँले नेपाल संवत् नेपालको भूमिबाट जन्मिएको भन्दै नेपालको सांस्कृतिक गतिविधि सञ्चालनको निम्ति यो संव्त प्रचलनमा रहेको उल्लेख गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले तिहार धार्मिकभन्दा सांस्कृतिक महत्वको पर्व भएको भन्दै जनतामाथि प्रभाव वा नियन्त्रण कायम गर्न धर्मलाई प्रयोग भइरहेबाट सचेत हुनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपा, सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले प्रकृतिको पूजा गर्नु मानिसकै विशेषता हो भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष काजीबहादुर पञ्चको सभापतित्वमा भएको कार्यक्रममा श्यामकृष्ण खुलिमुलीले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply