भर्खरै :

अक्टोबर क्रान्ति दिवसको अवसरमा ‘श्रमिक’ साप्ताहिकको अन्तरक्रिया

भक्तपुर, १ मङ्सिर । अक्टोबर क्रान्तिको १०३ औँ वर्षगाँठको उपलक्ष्यमा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरपालिका वडा नं.७ इनाचो एकाइ समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिक को अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका सचिव उपेन्द्र सुवालले अक्टोबर क्रान्ति विश्वका सर्वहारावर्ग मजदुर किसानहरूको मुक्तिको आन्दोलन भएको कुरा बताउनुभयो ।
उहाँले कामदार वर्गले पनि शासन सत्ता सञ्चालन गर्न सक्ने कुरा अक्टोबर क्रान्तिले सिकाएको कुरामा जोड दिनुभयो  । सुवालले कम्युनिस्ट सरकारले जनताको सेवा र सुविधाको लागि काम गर्ने कुरा अक्टोबर क्रान्तिपछिको लेनिनको नेतृत्वको सरकारले सिकाएको बताउँदै नेपालमा नक्कली कम्युनिस्टहरूले चलाएको सरकार कमिसन र भ्रष्टाचारमा मात्र डुबेको बताउनुभयो ।
कार्यक्रममा ‘श्रमिक’ साप्ताहिकको वर्ष २७ अङ्क ४३ मा प्रकाशित विभिन्न लेख रचनाबारे पार्टी सदस्यहरू विष्णुराम दुमरु, बद्रिराम छुस्याबाग, हेरा ख्याजु, राजन र विष्णुप्रसादले प्रस्तुति गर्नुभएको थियो । कार्यक्रम समितिका अध्यक्ष कृष्णगोविन्द लाखाजुको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *