भर्खरै :

इन्जिनियर भेला

भक्तपुर, १ मंसिर । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरपालिका वडा नं. १ एकाइ समितिको आयोजनामा वडामा रहेका इन्जिनियरहरूको भेला गरियो ।
भेलामा नेमकिपा भक्तपुर नगर समितिका सदस्य उपेन्द्र सुवालले देशका प्राविधिकहरूले आफ्नो पेशालाई इमानदारीपूर्वक देश र जनताको सेवा गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
इन्जिनियरहरूले आफ्नो सैद्धान्तिक अध्ययनलाई व्यवहारमा प्रयोग गर्नुपर्ने विचार व्यक्त गर्दै उहाँले शिक्षित जनता झन् बढी सचेत र सङ्गठित हुनुपर्दछ भन्नुभयो ।
भनपा वडा नं. १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले प्राविधिज्ञबाट वडामा विकास निर्माण क्षेत्रमा भइरहेको विषयमा अवगत गराउनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय सदस्य एवं वडा एकाइ समितिका अध्यक्ष अम्बिका न्याइच्याईले वर्गीयरूपमा निम्न वर्गका जनताको सेवा गर्ने भावना हुनुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष लक्ष्मीनारायण राजलवटको सभापतित्वमा सम्पन्न कार्यक्रममा दयाप्रसाद न्याइच्याई, श्रीकृष्ण न्याइच्याई र नरेश गोठेले आ–आफ्नो अनुभव व्यक्त गर्नुभयो ।
भेलाले ने.सं. ११४१ को न्हूदँका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा भनपा वडा नं. १ इन्जिनियरिङ समाज गठन ग¥यो । ई. दयाप्रसाद न्याइच्याईको अध्यक्षतामा गठित समाजमा उपाध्यक्ष ई. श्रीकृष्ण न्याइच्याई, सचिव संगिता चिकंबन्जार र कोषाध्यक्ष रोजिना हाकु दुवाल रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *