भर्खरै :

बाइडेनले मादुरोसँग हातेमालो गर्नुपर्ने 

सन् २०२१ जनवरीमा जो बाइडेन (Joe Biden) संयुक्त राज्य अमेरिकाको ४६ औँ राष्ट्रपति हुनेछन् । उनले गत जूनमा एक ट्वीट गरी भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरो लगायतलाई ‘ठग र तानाशाह’ भनेर आरोप लगाए । मादुरोले भेनेजुयलामा सन् २०१३ र सन् २०१८ मा गरी दुई पटक बहुमत प्राप्त गरी निवार्चन जितेका थिए । सन् २०१८ मा मादुरोले ६७.८ प्रतिशत मत प्राप्त गरेका थिए । हेनरी फाल्कन (Henry Falcon) र जेभिएर बर्तुसी (Javier Bertucci) ले बाँकी एक तिहाइ मत प्राप्त गरे । उनीहरूले वाशिङटनको इसारामा चुनावमा धाँधली गरे र भेनेजुयलाको निर्वाचन प्रक्रिया नै प्रत्योजहन गर्न कोशिश गरे ।
संरा अमेरिकाले आफ्ना सहयोगीहरू निर्वाचनमा जित्न असफल भएको स्वीकार भेनेजुयला माथि ‘कू’ गर्ने धृष्टता ग¥यो ।
सन् १९९८ मा ह्युगो चाभेजले निर्वाचन जितेदेखि संरा अमेरिकाका रिपब्लिकन र डेमोक्रेटिक प्रशासनले पटक–पटक अप्रजातान्त्रिक तवरमा भेनेजुयलाको सरकार परिवर्तन गर्न खोजे । सन् २०१९ को जनवरीमा संयुक्त राष्ट्र सङ्घका विशेष दूत एड्रिस ज्याजरीले भने, “यी नाकाबन्दीहरू भेनेजुयलाको सरकार बदल्ने उद्देश्य हुन् भने खबरले म चिन्तित छु ।” विशेष दूत ज्याजरीले थपे, “अन्तर्राष्ट्रिय कानुनका सबै मापदण्डहरू उल्लङ्घन भएका छन् ।” यी भनाइले जो बाइडेनलाई केही फरक पार्दैन । ट्रम्पको घृणित भाषाका वाक्य ‘नालीका देशहरू’ जस्तै बाइडेनको भाषामा पनि प्रतिध्वनि भएको छ ।
संयुक्त राष्ट्र सङ्घले यो कोभिड–१९ कोे सङ्कटमा सम्पूर्ण प्रतिबन्ध वा नाकाबन्दीहरू खारेज गर्न आग्रह गरेको छ । संरा सङ्घले भनेको छ, “वास्तवमा यी नाकाबन्दीहरूले मानिसको आधारभूत मानव अधिकार, स्वास्थ्य, खाना र जीवनको अधिकारलगायत मौलिक अधिकार हनन भएको छ र मानिस मारिएका छन् ।”
इतिहास साक्षी छ कि डेमोक्राटिक र रिपब्लिकन प्रशासन उस्तै हुन्छन् । बाइडेनले भेनेजुयलाविरुद्धका प्रतिबन्धहरू कायम राख्नेछन् । प्रजातन्त्रको नाममा मौलिक हक र अधिकारहरू हनन गर्दै रहनेछन् ।
अर्कोतर्फ राष्ट्रपति माडुरो बाइडेनलाई बधाई दिन टेलिभिजनमा गए र उनले आफ्नो सरकार बाइडेन प्रशासनसँग ‘सभ्य, इमानदार वार्तालाप पुन ः सुरु हुने’ आशा गरे । बाइडेनले माडुरोको प्रस्तावलाई स्वीकार्ने र भेनेजुयलाको निर्वाचित सरकार पल्टाउने संरा अमेरिकाको नीति रोक्ने एक राम्रो उपाय हुनसक्नेछ । यो सभ्य कार्य हुनेछ ।
People Dispatch

Leave a Reply

Your email address will not be published. Required fields are marked *