भर्खरै :

नेवार ज्यापूहरूको संस्कारभित्र लुकेको विज्ञानसम्मत तथ्यहरू

मानिसले आफ्नो जीवनयापनको क्रममा विभिन्न व्यवहार गर्दछन् । यस्ता व्यवहार नै संस्कार हुन् । सभ्यताको विकास क्रममा मानिसले विभिन्न कालखण्डमा यस्ता व्यवहार विभिन्न परिस्थिति तथा कारणले आफ्नो जीविनयापनको क्रममा गर्ने गर्दछन् । यस्तै व्यवहार एकको अर्कोले सिक्दै र सिकाउँदै जाने क्रममा संस्कारको रूपमा विकास भएको हो । यस्तो संस्कारले मानिसको जीवनलाई व्यवस्थित र सुसंस्कृत बनाउन मद्दत गर्दछ । बालबच्चा जन्मनु अघिदेखि नै विभिन्न व्यवहार गर्नुपर्दछ । बच्चा जन्मिसकेपछि नमरुञ्जेलसम्म विभिन्न व्यवहार गर्नुपर्दछ । साथै मानिस मरिसकेपछि पनि केही वर्षसम्म विभिन्न व्यवहार गर्दछन् । यसरी गरिने व्यवहार नै संस्कार हो । संस्कारअन्तर्गत मानवले आर्जन गरेका ती समस्त कुरा आउँछन्, जुन कुरा उसले आफ्नो वंश–परम्परा वा सामाजिक परम्पराबाट प्राप्त गर्दछ । मानिस सामूहिक जीवन व्यतीत गर्ने एक सामाजिक प्राणी हो । उसको जीवन शैलीको निर्माणमा सामूहिक विश्वास, परम्परा, मूल्यमान्यताले संस्कारको रूप लिन्छन् । मानवजीवनसँग आबद्ध धर्म, दर्शन, चिन्तन, रचनात्मक आन्दोलन, आस्था, शिल्प, विश्वास, कला, सङ्गीत, नृत्य, आध्यात्मिक साधना, उपासना, चाडपर्व आदि सबै कुराहरू संस्कारभित्र पर्दछन् । नेपाली भाषामा संस्कार शब्दको अर्थ अङ्ग्रेजी भाषाको ऋगतिगचभ को पर्यायको रूपमा लिइएको छ । अङ्ग्रेजी भाषाको ऋगतिगचभ र च्ष्तगब िशब्दको नेपाली रूपान्तरण संस्कार हो । अङ्ग्रेजी भाषाको ऋगतिगचभ शब्द लेटिन भाषाको कलटुरा ऋगतिगचब शब्दबाट आएको देखिन्छ । लेटिन भाषामा यसको अर्थ पशुपालन अर्थात् कृषिफर्म भने बुझिन्छ । ऋगतिगचभ शब्दको अर्थ त्य अगति ष्खबतभ हो । जसको अर्थ बीजारोपण हो । बीजारोपण गर्नु भनेको खराब चरित्रलाई परिष्कृत गरेर मानिसका परम्परागत सम्पूर्ण मूल्य र मान्यतालाई चम्किलो, उज्यालो बनाई मस्तिष्कमा बीजारोपण गर्नु हो ।
नेवार ज्यापूहरूमा पनि विभिन्न संस्कारहरू गर्नुपर्दछ । बच्चा जन्मनु अघिदेखि मृत्यु पर्यन्तसम्म र अझ मरेपछि चार वर्षसम्म विभिन्न मृत्यु संस्कार गर्नुपर्ने चलन नेवार ज्यापूमा छ । यसरी मानिसको जीवनमा विभिन्न संस्कारहरू प्रचलनमा आउनुमा विभिन्न कारणहरू हुन्छन् । साथै यस्ता संस्कारहरूको गहन विश्लेषण, अध्ययन र अनुसन्धान गरेको खण्डमा यस्ता संस्कारहरूको पछाडि वैज्ञानिक कारणहरू पनि विश्लेषण गर्न सकिन्छ । उदाहरणको लागि भान्छामा जुत्ता लगाएर जान नहुने संस्कारमा धेरै नै वैज्ञानिकता रहेको छ । खाना बनाउने ठाउँ भान्छामा बाहिरबाट जुत्ता लगाएर आएमा बाहिरका किटाणुहरू गएर खाद्यान्न तथा मानिसले तयार पारेको खाना दूषित भई मानिस बिरामी पर्छ भने हो । ज्यापू जातिका नेवारहरूले भान्छामा जुत्ता लगाएर जाँदैन भने भान्छामा बसेर खाना पनि खाँदैनन् । भान्छामा बसेर खाँदा जुठो हुन्छ जसले गर्दा किटाणुको संसर्ग हुन्छ भने नै हो । किटाणुको संसर्गबाट जोगाउन सकियो भने मानिसलाई बिरामी हुनबाट जोगाउन सकिन्छ । त्यसैले मानिसले विकास गरेका संस्कारहरूले मानिसको जीवनमा एउटा न एउटा शिक्षा दिइरहेको हुन्छ । वर्तमान समयमा त्यस्ता संस्कारहरू विस्तारै हराउँदै गएकोेले बचाउन आवश्यक छ ।
हिन्दू धर्मावलम्बीमध्ये पनि विभिन्न जातका मानिसले जातकर्म संस्कार मनाउने चलन छ । यस संस्कारलाई जन्मदिन मनाउने चलन पनि भनिन्छ । आफ्नो जातअनुसार घरमा बच्चा जन्म हुने बेलामा जन्मदिन मनाउने चलन छ । त्यही दिनमा बच्चाको राशिफल थाहा पाउनको लागि बच्चा जन्मेको समय कागजमा लेखेर ज्योतिषीकहाँ देखाउन जाने गरिन्छ । यसलाई टिपं चा च्वकवनेगु (टिप्पणी लेखाउन जाने) पनि भनिन्छ । वर्तमान समयमा पनि यो चलन अद्यापि बाँकी नै छ । वर्तमान समयमा नेपाली समाजमा प्रायः नेपालीले आफ्नो नजिकको स्थानीय निकायमा गएर जन्मदर्ता गर्न जाने चलन बसिसकेको छ । विगतमा टिपंचाले जे काम गर्दछ, त्यही काम जन्मदर्ताले गर्दछ । बालकको समयमा नै जन्मदर्ता गर्न जाँदा सरकारसमक्ष नागरिकको अभिलेख दर्ता हुनु हो । भविष्यमा नीतिगत केही निर्णय सरकारले गर्नु परेमो यही जन्मदर्तालाई प्रमाण लिइन्छ । पछि कुनै कार्य गर्नुपरेमा जन्मदर्ता प्रमाणपत्रले महत्वपूर्ण भूमिका खेल्न सक्दछ । विगतमा जन्मदर्ता गर्ने प्रचलन आएको थिएन ।
नेवार ज्यापूहरूमा बच्चा जन्मेपछि चोख्याउने चलन छ । ‘मचाबु व्यङ्केगु’ (चोख्याउने) नगरेसम्म ज्यापू जातिमा अशुद्धि (सुतक) भएको मानिन्छ र अशुद्वि हुनुलाई ‘मचाबु व्यङ्केगु’ (चोख्याउने) भने चलन छ । बच्चा जन्मेर नचोख्याएसम्म नेवारहरू कहीँ पनि भोज जाँदैनन्, देवताको पूजा पनि गर्दैनन् । यसरी चोख्याउने काम नसकेसम्म नेवार समाजमा अशुद्ध मानिन्छ, यसलाई ‘जयगुलिक्यंगु’ भनिन्छ । यस्तो बेलामा देवता छुन नहुने र भोज बोलाउन नहुने चलन पनि छ । यस्तो चलन हुनुमा अरू मानिसमा रोग नसरोस् वा अशुद्धि नहोस् भने विश्वासले पनि हुनसक्छ । यस चलनले सरूवा रोगहरू फैलिनबाट रोक्न मद्दत गर्दछ ।
नेवार ज्यापूहरूमा चोख्याउने दिनमा आँन्ज (गाजल) बनाउने चलन छ । नेवार ज्यापूमा आँजको विशेष महत्व रहेको हुन्छ । आँज बनाउने बेलामा आजकल आँखामा लगाउने औषधि पनि मिसाउने गरिन्छ । आँज लगाउने बेलामा आँजसँगै औषधि पनि लगाउने भएपछि बच्चाको आँखा सुरक्षित हुने गर्दछ । साथै आँजले बच्चाको रूप र सौन्दर्यलाई राम्रो बनाई राख्ने गर्दछ । यसबाट एकातिर बच्चा सुन्दर हुने गर्दछ भने अर्कोतिर बच्चाको आँखा पनि सुरक्षित हुने भएकोले आँजको विशेष महत्व हुने गर्दछ । नेवार ज्यापूहरूमा पहिला आँजमा औषधि मिसाउने चलन थिएन । वर्तमानमा नेवार ज्यापूहरूले बच्चाको सुरक्षाको हिसाबले यसरी आँखालाई सुरक्षित गर्ने विभिन्न औषधिहरू मिसाएर लगाउने चलन चलाएका हुन् । जुन परिवर्तन समयसापेक्ष देखिन्छ ।
अन्नप्राशन संस्कारमा पनि विज्ञानसम्मत तथ्यहरू छन् । हिन्दू संस्कारमा अन्नप्राशन पनि एक महत्वपूर्ण संस्कार हो । बच्चा पाँच÷छ महिना भएपछि आमाको दूधले नपुग्ने भएकोले बच्चालाई ठोस पदार्थ खुवाउने चलनलाई नै अन्नप्राशन भनिन्छ बच्चा विस्तारै ठूलो हँुदै गएपछि आमाको दूधले मात्र पुग्दैन र बच्चालाई विस्तारै पोषिलो खानेकुरा पनि खुवाउनुपर्ने हुन्छ । त्यसैले विस्तारै बच्चालाई दूधका अतिरिक्त अरू ठोस खाद्यपदार्थ खुवाउन सुरु गरिन्छ । यसरी सुरुआत गर्नुको लागि चिपं छिकेगु चलन (अन्नप्राशन, पास्नी) चलेको हुनुपर्दछ भन्ने धारणा रहेको छ ।
नेवार ज्यापूमा बालिकाको पहिलो पल्ट ब्यः (एक किसिमको फल जसलाई बेल भनिन्छ) सँग गर्ने विवाहलाई नै इहीं यायेगु भनिन्छ । बालिका सात वा नौ वर्ष वा जोशीले भनेको उमेर भएपछि इहीं गर्ने चलन छ । इहि गर्नु भनेको समयमा कन्यालाई सङ्कल्प गरिराख्ने विधि हो । पहिले पहिले रजस्वला भइसकेकी छोरीलाई जन्म घरमा राखिराख्नु हुँदैन भने मान्यता राखिन्थ्यो । यदि घरैमा राखियो भने अलक्षण हुन्छ भने सोच थियो । त्यसैले सयमा नै कन्यालाई विवाह गरी अन्माइन्थ्यो । यस किसिमको सोचको कारण समाजमा बालविवाहको चलन थियो । बालविवाह हुँदा बालिकालाई शारीरिक एवं मानसिक असर त पर्छ । यदि कथम्कदाचित तिनको लोग्नेको मृत्यु भयो भने जिन्दगीभर विधवा भएर लोग्नेको घरमा नै बस्नुपर्दथ्यो । लोग्नेबिना लोग्नेको घरमा बस्नुपर्दा घर परिवारबाट अनेक किसिमको दुःख झेल्नुपर्दथ्यो । यस अवस्थाले समाजमा एक किसिमको दुःखझेल्नुपर्दथ्यो । यस प्रकारको अवस्थाले गर्दा समाजमा एक किसिमको सामाजिक कुरीतिले जरो गाडेको थियो । बालविवाह जस्तो जघन्य अपराधबाट बचाउन बौद्ध धर्म दर्शनले इहि संस्कारको सुरू गरेको देखिन्छ । इहि यस्तो संस्कार हो जसले नारीलाई सम्मान दिलाएको छ । समयमा सङ्कल्प गरि राखेकी कन्याले वयस्क भइसकेपछि मनपर्ने जीवनसाथी खोजी विवाह गर्न सक्छिन् भन्ने मान्यता रहेको देखिन्छ । यसबाट इहिले नारीलाई स्वतन्त्रता प्रदान गरेको देखिन्छ । त्यसैले पनि इहि संस्कारको सांस्कृतिक महत्व रहेको छ ।
त्यस्तै बाःह्रा राख्ने चलनमा पनि विज्ञानसम्मत तथ्यहरू देखिन्छ । नेवारहरूमा केटीहरूको रजस्वला हुनुअघि बाःह्रा राख्ने चलन रहेको छ । ज्यापू जातिमा पनि केटीहरू बालिग हुनुअघि अर्थात् रजस्वला हुनुअघि बाह्राः राख्ने गरिन्छ । नेपालको बौद्ध धर्म दर्शन र बौद्ध परम्पराअनुसार नेवार बौद्ध समाजमा गरिने संस्कार पद्धतिअन्तर्गत गर्भाधान प्राग् जन्म संस्कार हो । यथार्थरूपमा यसलाई बौद्ध समाजमा शिशु जन्मनुभन्दा अगाडिको संस्कार अर्थात् गर्भोत्पत्ति वा योनी संशोधन कर्मको रूपमा मानिन्छ । रजस्वलाअघि बालिकाहरूलाई यौन शिक्षा दिनको लागि यो चलन ज्यापू जातिमा चलेको छ । बौद्ध नेवारमा प्रथम पटक रजस्वला हुनेबित्तिकै एउटा कोठामा विधिवत गुप्तवास (दुसूकी) गराइन्छ र बाह«ौँ दिनमा रजस्वला भएकी स्त्रीलाई विधिपूर्वक कोठा बाहिर ल्याइन्छ । बालिग भएपछि बिस्तारै शरीरमा हुने परिवर्तन सम्बन्धमा जानकारी दिनको लागि पहिले यौन शिक्षा दिने चलन नभएको समयमा यो प्रचलन चलेको हुनुपर्दछ ।
व्रतबन्ध संस्कारमा पनि विज्ञानसम्मत तथ्यहरू छन् । कय्ता पूजा यायेगु भनेको व्रतबन्ध गर्नु हो । ज्यापू जातिमा बालकहरूलाई जोशीको सल्लाहअनुसार सात वा नौ वर्ष भएपछि व्रतबन्ध गर्ने चलन छ । नेवार समुदायमा प्रायःव्रतबन्ध गर्ने चलन रहेको छ । ब्रतबन्ध गर्ने भनेको छोरालाई शरीरका बारे केही कुरा सिकाउनु र बुझाउनु हो । यौवनावस्थाले छोएपछि शरीरमा विभिन्न परिवर्तनहरू देखापर्दछन् । त्यस्तो परिवर्तनबारे जानकारी दिने उद्देश्यले कय्तापूजा गरी कय्ता (लगौंटी) हस्तान्तरण गरिन्छ । बालकहरू युवा अवस्था पुग्नलागेको समयमा शारीरिकरूपमा आउने परिवर्तनहरूको सम्बन्धमा जानकारी गराउने र परिवार र समाजप्रति पालना गर्नुपर्ने कर्तव्यहरूप्रति सचेत र सजग बनाउनको लागि यो संस्कार गर्ने चलन चलेको हो । जसरी बालिकाहरू तरुणी केटीमा परिवर्तन हुने समयमा यौनसम्बन्धी जानकारी दिने हिसाबले इहि र गुफा राख्ने संस्कारबाट यौनसम्बन्धी जानकारी गराइन्छ, त्यसरी नै केटाहरू युवा अवस्थामा परिणत हुने समयमा यौन तथा आफ्नो जिम्मेवारी सम्बन्धमा जानकारी बोध गराउने हिसाबले यो संस्कारको विकास भएको हो । धार्मिकरूपले हेर्दा पनि धर्मले मानिसको सामाजिक व्यवस्था सुदृढ गर्नलाई धर्मको विकास भएको पाइन्छ । व्रतबन्ध गर्ने संस्कारले केटाहरूलाई आफ्नो यौवनावस्थाबारे जानकारी दिने, परिवार र सामाजिक परम्पराबारे जानकारी दिने हिसावले यो संस्कारको विकास भएकोले यसको धार्मिक महत्व पनि रहेको छ ।
नेवार ज्यापूहरू रहेका विभिन्न संस्कारहरू जस्तैः विवाह, मृत्युलगायत अन्य संस्कारहरूमा पनि विज्ञानका तथ्यहरू छन् । समयक्रममा मानिसले यसलाई बुझेर या नबुझेर पनि यस्ता संस्कारहरू चलाउँदै आए भन्ने कतिपय संस्कारहरू हराउँदै गए । त्यसैले यस्ता संस्कारहरूको अध्ययन अनुसन्धान गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *