भर्खरै :

समाजवादी क्युवाको नयाँ कृषि विस्तार नीति

हवाना, ३ मङ्सिर । समाजवादी क्युवामा आयोजित खाद्य तथा पोषणसम्बन्धी वैज्ञानिक, विशेषज्ञ तथा उत्पादकहरूको बैठकमा क्युवाली राष्ट्रपति मिगेल दियाज कानलले कृषि विस्तार नीति प्रस्तुत गर्नभयो ।
वैज्ञानिक समुदायका प्रतिनिधि र उत्कृष्ट कृषकहरूबीच भएको अन्तरक्रियाबाट निस्केको निचोडलाई साप्ताहिक बैठकहरूबाट परिमार्जन गरी उक्त नीति तयार गरिएको राष्ट्रपति दियाज कानलले बताउनुभयो ।
नयाँ कृषि विस्तार नीतिले स्थानीय सरकारको नेतृत्व र स्थानीय खाद्य प्रणालीलाई बलियो बनाउने कृषिसम्बन्धी ग्रेन अनुुसन्धान केन्द्रका प्रमुख टेल्स गोन्जालेज मोरेराले जानकारी गराए । नयाँ नीतिले तीन आधारभूत सिद्धान्तलाई स्थापित गरेको मोरेरले प्रस्ट पारे – पहिलो, कृषि विस्तार प्रणालीको विकासको लागि निरन्तर सहयोग र सहजीकरण गर्न कृषि केन्द्रहरूको परिमार्जन गर्ने र स्थानीय तहलाई प्राथमिकता दिने, दोस्रो, कृषि प्रणालीसम्बन्धी संरचानागत, व्यवस्थापकीय र कार्यकारी सङ्गठनको अवधारणा र सिद्धान्तलाई सहभागितामूलक बनाउने र सबै सरोकारवालाहरूको हितकारी सङ्गठनको रूपमा स्थापित गर्ने र तेस्रो, विभिन्न सूचकहरूको आधारमा नयाँ नीतिको कुशलता र प्रभावकारिता मूल्याङ्कन गर्ने ।
बैठकमा उपराष्ट्रपति साल्भाडोर भाल्डेस मेसा, प्रधानमन्त्री मानुयल मारेरो क्रुज तथा उपप्रधानमन्त्रीहरूको सहभागिता रहेको थियो ।
क्युवाली राष्ट्रपति दियाज कानलले नयाँ कृषि विस्तार नीतिले महत्वपूर्ण उपलब्धि हासिल गर्ने र उक्त नीति समाजवादी क्युवाको यो अवधिको अत्यन्त महत्वपूर्ण सिकाइ भएको प्रस्ट्याउनुभयो र कृषि पर्यावरण र दिगो विकासको लागि महत्वपूर्ण पाइला सावित हुने विस्वास व्यक्त गनुभयो ।
स्रोत – ग्रान्मा डट सीयू

Leave a Reply

Your email address will not be published. Required fields are marked *