भर्खरै :

सरकारी अस्पताल कोभिड बिरामी पन्छाउँदै

विश्वव्यापी कोभिड–१९ को सङ्क्रमणको दर नेपालमा पनि दिनानुदिन बढ्दो छ । सर्वसाधारण नागरिक कोरोनाको उपचार गर्न ठूलो कठिनाइ भोग्दै छन् । उपचार अभावमा नेपाली नागरिकले अनाहकमा ज्यान गुमाउनु गरिब, मजदुर, किसानको नमीठो नियति बनेको छ । ओली सरकार जनस्वास्थ्यलाई अझ कसरी व्यवस्थित गर्नतिर होइन आफ्नो प्रमको कुर्सी कसरी जोगाउने भन्नेतिर आफ्नो सबै शक्तिकेन्द्रित गर्दै छ । अहिलेको शासक दल र नेकपाका दुई अध्यक्ष जनस्वास्थ्यलाई कसरी अझ प्रभावकारी बनाउनेभन्दा पनि बैठक सञ्चालन गर्ने बेतुकको विषयमा बखेडा गर्दै छन् । यसले पनि नेकपा र ओली सरकारले जनताको स्वास्थ्यमा गैरजिम्मेदारी र लाचारीपनको पराकाष्ठा नाघेको सर्वत्र महसुस गरिँदै छ । यस गैरजिम्मेवारीको प्रतिफल ढिलो–चाँडो नेकपा र ओली सरकारले भोग्ने नै छ, यसमा कुनै सन्देह छैन ।
अहिले नेपालमा कोभिड–१९ सङ्क्रमित सङ्ख्या दुई लाख बा¥ह हजार नाघिसकेको र यसबाट ज्यान गुमाउनेको सङ्ख्या झण्डै ते¥ह सय पुगेको छ । स्वास्थ्यको जिम्मेवारी लिएको नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पूर्णतः असफल सावित हुँदै छ । नेपाल सरकारले कोभिड सङ्क्रमितको उपचारका लागि तोकिएका अस्पतालले बिरामीलाई उपचार गर्नेभन्दा अस्पतालबाट पन्छाउँदै छ ।
२०७७ साल कार्तिक ३० गते आइतबार म आफै एकजना कोरोना सङ्क्रमित बिरामीलाई लिएर शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु पुगेको थिएँ । अस्पताल जानुअघि मैले नेपाल सरकारले तोकिदिएको कोभिड–१९ को हटलाइन नं. १११५ मा सम्पर्क गरी बिरामीको विवरण र लक्षण टिपाएको थिएँ । नम्बर १११५ मा सम्पर्क गर्दा मन्त्रालयको अर्का सम्पर्क व्यक्तिको मोबाइल नम्बर दिनुभयो । उक्त सम्पर्क व्यक्तिलाई फोन गरी मैले बिरामी अवस्थाबारे पूर्ण विवरण दिनुका साथै बिरामी भर्नाको लागि एउटा बेड मिलाई दिन आग्रह गरँे । उहाँले उपत्यकाको अस्पतालमा सम्पर्क गरी करिब ५÷७ मिनेटमा सम्पर्क गर्नुभयो र टेकु अस्पतालको आकस्मिक कक्षमा जानु र त्यही भर्ना गर्न सक्नुहुन्छ भन्ने सल्लाह दिनुभयो ।
उहाँकै सल्लाहअनुसार बिरामी र म कार्तिक ३० गते दिनको १ः०० बजे टेकु अस्पताल पुग्यौँ । आकस्मिक कक्षमा बिरामीको सामान्य जाँच भयो र एक्स–रे गर्न भनियो । तिहारको सार्वजनिक बिदा भएकोले हुनुपर्छ, अस्पताल सुनसान एवम् स्वास्थ्यकर्मीको सङ्ख्या कम नै थियो । पाँच मिनेटको छातीको एक्स–रे गर्न हामीले करिब डेढ घण्टा कुर्नुप¥यो । यसबाट पनि सरकारी अस्पतालको सेवा प्रवाहको छिटोछरिटोपनको अवस्थालाई झत्काउँछ । एक्स रे लिई हामी आकस्मिक कक्षमा पुग्यौँ र बिरामीलाई भर्ना गर्नुपर्ने हो होइन बुझ्न चिकित्सकलाई अनुरोध ग¥यौँ । आकस्मिक कक्षका चिकित्सकले एक्स–रे मा छातीमा सामान्य खराबी देखिएकोले सल्लाह गरेर खबर गर्छौँ भनी जवाफ दिनुभयो । एकछिनपछि अर्को चिकित्सक आई भन्नुभयो, “तपाईँको बिरामीलाई अक्सिजन दिन नपर्ने हुँदा बिरामीलाई घर लान सक्नुहुन्छ ।” हामीले आठ–दस दिनदेखि बिरामीको ज्वरो १०१ भन्दा माथि रहेको र निरन्तर खोकीसमेत आउने गरेको हुँदा भर्ना गर्न पाए हुने आसय राख्यौँ । त्यसपछि ती चिकित्सकले सिकिष्ट तथा सा¥है गा¥हो हुने बिरामीलाई भर्ना लिइने तर तपार्इँको बिरामी त्यति ज्यादै सा¥हो नभएको हुँदा घर बसी उपचार गर्न भनी फिर्ता पठाइयो । चिकित्सकसँग वादविवाद गर्नु उपयुक्त सम्झेनौँ र अस्पतालबाट करिब ३ः३० बजे घर फर्कियौँ ।
राजधानीजस्तो ठाउँमा त कोरोना सङ्क्रमितले उपचारको लागि समयमै सरकारी अस्पतालमा पुग्दासमेत उपचार पाउनबाट वञ्चित हुनुपर्ने स्थिति छ भने दूर–दराजका सङ्क्रमितले उपचार पाउने कल्पना नगर्दा हुन्छ । यसले हाम्रो देशको सरकारी अस्पतालमा कोरोना सङ्क्रमितको उपचारको लागि गर्नुपर्ने तयारीमा कमजोरी रहेको प्रस्ट गर्दछ । कोरोना सङ्क्रमित जो बिरामी ८–१० दिनदेखि १०१ भन्दा माथि ज्वरो र निरन्तर खोकीले छातीसमेत खराबी देखिएकोलाई सरकारी अस्पतालले उपचार गर्नुभन्दा बिरामीलाई पन्छाउनु कुनै पनि हालतमा उचित मान्न सकिन्न । सरकारी अस्पतालको यस्तो रवैयाले ओली सरकारको सङ्क्रमित सबैको निःशुल्क उपचार हौवा झूठ सावित हुँदै छ ।
कार्तिक २७ गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उहाँ बिरामी अहिले एउटा निजी अस्पतालमा उपचाररत हुनुहुन्छ । नेपालको संविधान–२०७२ र सर्वोच्च अदालतले सङ्क्रमित सबैको निःशुल्क उपचार गर्ने आदेशको पालना नेपाल सरकारले तत्काल गरोस् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *