कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
काठमाडौँ, ६ मङ्सिर । नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन शनिबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । दरबार हत्याकाण्ड हुनुअघि श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए ।
राजा वीरेन्द्रको परिवारको वंशनासपछि उक्त सदन बन्द रहेको थियो । विसं २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित र विस्मयकारी घटना थियो ।
नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सर्वसाधारणले अवलोकन गर्ने गरी श्रीसदनका प्रदर्शनी कक्ष खुलाएको हो ।
Leave a Reply