यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुुर, ६ मङ्सिर । १०३ औँ रूसी अक्टोबर समाजवादी क्रान्तिको अवसरमा शनिबार नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा अनलाइन गोष्ठी भयो ।
कार्यक्रममा पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले माक्र्सवादलाई रूसमा लागू गर्न अक्टोरबर क्रान्ति सफल भएको चर्चा गर्दै अक्टोबर क्रान्तिपछि रूसमा कामदार वर्गको शासन समाजवादी व्यवस्था स्थापना भएको बताउनुभयो ।
समाजवादी क्रान्तिको मुख्य काम भनेको उत्पादनका मुख्य मुख्य साधन र सेवा राज्यको मातहतमा ल्याउनु हो भन्दै उहाँले उत्पादनका साधन र सेवा सामाजिकीकरण भएपछि शोषण अन्त्य हुने बताउनुभयो ।
अक्टोबर क्रान्तिबाट शिक्षा लिई संसारका सबै देशमा क्रान्ति अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पुँजीवादको उत्थान, विकास र पतनको नियम नै माक्र्सवाद हो भन्नुभयो ।
माक्र्सवाद–लेनिनवादले विश्वका कामदार जनतालाई बाटो देखाएको उल्लेख गर्दै उहाँले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारालाई नेमकिपाले पार्टीको निर्देशक सिद्धान्त मान्दै जनतालाई सचेत पार्ने कार्य गरिरहेको बताउनुभयो ।
बहुदलीय व्यवस्था पुँजीवादी व्यवस्था भएको स्पष्ट पार्दै उहाँले नेपालमा बहुदल स्थापनापछि पार्टी अध्यक्ष रोहितले बहुदलको एक चम्चा पानीले जनताको प्यास मेटिनेछैन भन्नुभएको स्मरण गर्दै जनतालाई उहीँबेलै सचेत गराएको बताउनुभयो ।
“समाजवादी क्रान्तिको लागि जनतालाई राजनीतिकरूपले सचेत पार्न नेमकिपाले प्रकाशनलाई जोड दिँदै छ । कार्यकर्ताहरूले पार्टी प्रकाशनहरू नियमित अध्ययन गरी अन्तरक्रिया गर्नु आवश्यक छ”, सचिव सुवालले भन्नुभयो ।
पुँजीवादी नारा (ज्याला बढाउने, कामको समय घटाउनेलगायत सेवा–सुविधाको आन्दोलन) ले मजदुरमाथि भइरहेको शोषण अन्त्य नहुने भएकोले उत्पादनका साधनहरू सामाजिकीकरण गर्नैपर्ने र यसको लागि मजदुरहरूबीच सङ्गठन गर्नुपर्नेमा सचिव सुवालले जोड दिँदै भन्नुभयो, “मजदुरहरू ट्रेड युनियनवादी हुनुहुँदैन । मजदुरहरूलाई क्रान्तिकारी विचारबाट शिक्षित गर्नु आवश्यक छ ।”
नेकपाको विवाद धुवाँको पर्दामात्र भएको उल्लेख गर्दै उहाँले उक्त विवाद सरकारको कमजोरी लुकाउने चाल भएको बताउनुभयो ।
पार्टीका जिल्ला अध्यक्ष न्हुछेभक्त फोजूले कोभिड सङ्क्रमितको उपचारमा सरकार पछि हट्नु लज्जाको विषय भएको उल्लेख गर्दै ओली सरकार जनताको सरकार नभई भ्रष्टाचारी, घुसखोरी र लुटपाट गर्नेहरूको भएको जनताबीच व्यापक चर्चा भइरहेको बताउनुभयो ।
कोभिड जोखिम नियन्त्रण गर्न कार्यकर्ताहरू परिचालन हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, साबुन–पानीले हात धुने र कोभिडलाई प्रतिरोध गर्ने खाद्यान्न खानुपर्नेमा जोड दिँदै यस विषयमा जनतालाई सचेत पार्ने गतिविधि गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल प्राध्यापक समाजका केन्द्रीय सहसचिव तथा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माकले रूसी अक्टोबर समाजवादी क्रान्तिको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गर्दै अक्टोबर क्रान्तिले संसारका जनतालाई उपनिवेशवादबाट मुक्त गर्न बाटो खोलिदिएको बताउनुभयो ।
कार्यक्रममा आयोजक समितिका जिल्ला अध्यक्ष उपेन्द्र सुवाल र रमेश दुमरूले पनि बोल्नुभएको थियो ।
चितवनमा पनि अक्टोरबर क्रान्ति दिवस
त्यस्तै अक्टोबर क्रान्ति दिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ राप्ती नगरपालिका–१० को संयुक्त आयोजनामा शनिबार युवा–विद्यार्थी भेला भयो । भेलामा नेमकिपा चितवन जिल्ला अध्यक्ष हरिप्रसाद दुवालले तत्कालीन सोभियत सङ्घमा सन् १९१७ मा अक्टोबर क्रान्तिको सफल प्रयोग भई मजदुर–किसानको सत्ता स्थापना भएको बताउनुभयो ।
“नेमकिपाको तात्कालिक उद्देश्य ‘जनताको प्रजातन्त्र’ हो । ‘जनताको प्रजातन्त्र’ मा मजदुर र किसानको नेतृत्वमा बन्ने सरकारमा प्रगतिशील बुद्धिजीवी र देशभक्त राष्ट्रिय पुँजीपतिको सहभागिता हुनेछ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घ चितवन जिल्लाका अध्यक्ष राजकुमार श्रेष्ठले समाजवादी व्यवस्थाबारे जनतालाई शिक्षित गर्न युवा–विद्यार्थी लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्राविसङ्घ चितवनका अध्यक्ष अर्जुन चेपाङले युवा–विद्यार्थी सिक्न र बुझ्न उत्साहित हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा कृष्ण तामाङ, प्रकाश चेपाङलगायतले बोल्नुभएको थियो ।
Leave a Reply