भर्खरै :

दिल्लीमा मात्रै एकैदिनमा ११८ जनाको मृत्यु

नयाँदिल्ली, ६ मङ्सिर (एएनआई) । भारतको केन्द्रिय राजधानी रहेको दिल्लीमा मात्रै कोरोनाभाइरसबाट एकैदिनमा कम्तीमा ११८ जनाको मृत्यु भएको छ ।
दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल आठ हजार १५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।
सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार दिल्लीमा कोरोनाका कारण अहिलेसम्म सङ्क्रमित भएकाको कुल सङ्ख्या पाँच लाख १७ हजार २३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कुल सङ्क्रमितको सङ्ख्या भने छ हजार ६०८ रहेको अधिकारीले जानकारी दिएका छन् ।
कुल सङ्क्रमितमध्ये अहिलेसम्म चार लाख ६८ हजार १४३ जना सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा आठ हजार ७७५ जना सङ्क्रमणमुक्त भएका हुन् ।
भारतको केन्द्रीय राजधानीमा अहिले पनि ४० हजार ९३६ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।
दिल्ली स्वास्थ्य विभागले पछिल्लो २४ घण्टामा ६२ हजार ४२५ जनाको कोरोना परिक्षण गरिएको पनि जानकारी दिएको छ । भारतको दिल्लीमा केही समययता कोरोना भाइरसको सङ्क्रमण न्यून देखिएपनि अहिले पछिल्लो समयमा फेरि वृद्धि भएको छ ।
तीव्ररुपमा फैलिएको कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि घर घरमा सर्वेक्षण तथा परीक्षण गर्ने क्रमलाई पनि तीव्रता दिएको अधिकारीले बताएका छन् ।
त्यसैगरी सार्वजनिकस्थलमा रहेका बेला मास्क नलगाउनेलाई दुई हजार जरिवाना तिराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ । यसअघि रु. ५०० मात्रै रहेको जरिवानालाई एकाएक बृद्धि गरेर दुई हजार बनाइएको हो ।
त्यस बाहेक अन्य पनि धेरै प्रयास भइरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *