भर्खरै :

सारा जनताको आन्दोलनले समाजवादी निर्माणलाई हाँक्दै छ

प्रजग कोरियामा सारा–जनताको आन्दोलनको उच्चरुप तीन–क्रान्तिको रातो झन्डा आन्दोलनको प्रवर्तन भएको पनि ४५ वर्ष पूरा भएको छ ।
नोभेम्वर १८, जुछे ६४ (सन् १९७५) का दिन अध्यक्ष किम इल सङले ‘सिद्धान्त, प्रविधि र संस्कृतिका क्षेत्रमा जुछे विचारका आवश्यकताहरू पूरा गरौँ” भन्ने नारा अगाडि सार्नुभयो र आन्दोलनको घोषणा गर्नुभयो । कोरियाली क्रान्तिको विकासमा गहिरो महŒव बोक्ने यो एक ऐतिहासिक घटना थियो ।
समाजवादी निर्माणलाई हाँक्ने शक्तिशाली जन–आन्दोलन भएको कारण उक्त रातो झन्डा आन्दोलनका तीन–क्रान्ति निरन्तर अगाडि बढाइयो र सर्वोच्च नेता किम जोङ उनको मार्गनिर्देशनमा तिव्रता दिइयो ।
यस आन्दोलनले मानिसहरूको मानसिक र नैतिक जीवनका साथै आर्थिक र सांस्कृतिक निर्माणमा आमूल परिवर्तन ल्यायो । सुरुआतबाट नै यसले व्यापक जनताको मन जित्न सफल भयो । समाजवादी निर्माणमा अत्यन्त महत्वपूर्ण भूमिका प्रदर्शन गर्दै सारा क्षेत्र र इकाइहरू देशैभरि फैलियो ।
सन् १९७८ मा पहिलो पटक १०–भिन्न इकाइहरूले सैद्धान्तिक, प्राविधिक र सांस्कृतिक क्रान्तिका क्षेत्रमा उदाहरणीय प्रदर्शन गर्दै तीन–क्रान्तिको रातो झन्डा जित्न सफल भए । अन्य धेरै इकाइहरूले पनि यसलाई पछ्याउँदै क्रान्तिको उक्त सूचीमा नाम समावेश गर्न सफल भए ।
यस आन्दोलनको क्रममा मानिसहरूको सोच्ने र काम गर्ने मनोवृतिमा आमूल परिवर्तन आयो । यसबाट क्रान्ति र निर्माणका हरेक क्षेत्रमा नवप्रवर्तन ल्यायो । तसर्थ, यस कोरियाली जमिनमा एक युगान्तकारी परिवर्तनको इतिहासको रचना भयो । यसले कोरियाली–शैलीको समाजवादको शक्ति पूर्णरुपमा प्रदर्शन ग¥यो ।
सिद्धान्त, प्रविधि र संस्कृतिका क्षेत्रमा जुछे विचारका आवश्यकताहरू पूरा गर्ने सङ्घर्षमा प्रजग कोरियाका जनताले यस आन्दोलनको महानता र महत्व स्पष्टसँग अनुभव गरे । साथै, यो जन–आन्दोलन समाजवादी निर्माणलाई हाँक्ने शक्तिशाली बल भएको दार्शनिक सिद्धान्तमाथि उनीहरूले गहिरो आस्था व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *