भर्खरै :

प्रेरणाका स्रोत डा. सन्दुक रुइत

नेपालको संविधान २०७२, भाग ३ को दफा ३१ मा शिक्षासम्बन्धी हक र दफा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्याख्या गरिएको छ । यी दफाहरूमा क्रमशः प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक तथा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने उल्लेख छ । त्यसैगरी प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी उल्लेख छ । तर, अहिलेको ‘समाजवादी’ र ‘प्रजातान्त्रिक’ भनिएको सरकारले संविधानमा भएको कुरालाई बेवास्ता गर्दै गैरजिम्मेवारीपन देखाइरहेको छ । अहिले संसार कोरोनाको महामारीको कारण लगभग ठप्प छ । कति मानिसको ज्यान गएको छ भने कति अझै सङ्क्रमित छन् । संसारका करिब–करिब सबै देशहरूले यसको परीक्षण र उपचार निःशुल्क गरेका छन् र जनताको लागि राहतका प्याकेजको घोषणा गरेका छन् । तर, नेपालमा सरकार आफ्नो दायित्वबाट पन्छिँदै छ । अझ सर्वोच्च अदालतले कोरोनाको सबै उपचार निःशुल्क गर्नु भनी दिएको आदेश पनि नमानेर गैरप्रजातान्त्रिक चरित्र देखाउँदै छ ।
देश र जनताको जिम्मा लिएको सरकार यसरी भागिरहेको अवस्थामा निःस्वार्थी जीवन बिताएका डाक्टर सन्दुक रुइतको जीवनीमा आधारित ‘सन्दुक रुइत’ पुस्तकले यो सरकारलाई गिज्याइरहेको जस्तो भान भयो । हजारौँ गरिब र निमुखा मानिसहरूको उपचार गरेर नेपाललाई संसारमै चिनाउन उनले अमूल्य भूमिका खेलेका छन् । उनको जीवनीमा आधारित यो पुस्तक अली ग्रिपले लेखेका छन् । यो किताब निकै सरल र सरस भाषामा लेखिएको छ । यसलाई लेखक खगेन्द्र संग्रौलाले नेपाली भाषामा अनुवाद गरेका छन् । नेपाली अनुवाद सरल र सरस छ । नेपालजस्तो विकासोन्मुख देशलाई संसारमा चिनाउने डाक्टरको नाम हो–सन्दुक रुइत । नेपालको विकट गाउँबाट आएर उनले संसारभर नेपालको नाम चिनाए । आँखाको शल्यक्रिया गरेर लाखौँ मानिसहरूको ज्योति फर्काइदिने उनी भगवानसरह हुन् । मोतियाबिन्दुको शल्यक्रिया गरेर मानिसहरूको अन्धोपन हटाउने सन्दुक रुइत एक अग्रणी व्यक्तित्व हुन् । उनको बाल्यकालदेखि आजको उचाईसम्म आइपुग्न गरेको कष्ट र परिश्रमबारे यस पुस्तकमा सविस्तार व्याख्या गरिएको छ । डा। सन्दुक रुइतले कहिले पनि पैसा कमाउन ध्यान दिएनन् र लोभ लालचमा परेनन् । जस्तोसुकै ठूलो अवसर आउँदा पनि आफ्नै देश नेपालमा बसेर निरन्तर काम गर्ने उनी सारा नेपालीको लागि उदाहरण बनेका छन् ।
नेपालको ओलक्चुङ्गोला नामको विकट गाउँमा सन्दुक रुइतको जन्म भएको थियो । आफ्नो परिवारका दोस्रो छोरा हुन्–डा। सन्दुक । तर, डा। रुइतले आफ्नो दाइलाई कलिलै उमेरमा गाउँभरि फैलिएको झाडापखालाको रोगव्याधिको कारण गुमाउनु प¥यो । त्यसपछि उनी जेठा सन्तानझैँ भए र उनी पछिका अरू ४ भाइ–बहिनीहरू जन्मिए । उनको परिवारलाई सन्तान वियोगले धेरै सतायो र दुःख पनि दियो । आफ्नो पहिलो छोरा गुमाएको दम्पती सोनम ९रुइतका बुबा० र कासान्क डोमा ९रुइतकी आमा० ले पछि अर्की सन्तान पनि गुमाए । डा। सन्दुकले आफ्नी प्यारी बहिनी याङ्लालाई क्षयरोगको कारणले गुमाउनुप¥यो । त्यसको पारेको गहिरो चोटले उनलाई डाक्टर बन्ने रहर जाग्यो । सन्दुक रुइतलाई त्यस घटनाभन्दा अगाडि पाइलट बन्ने रहर थियो । याङ्लाले जीवनको अन्तिम श्वास लिइरहँदा उनलाई प्रेरणा र हौसला दिएर डाक्टर बन्न र गरीब–निमुखा मानिसहरूको सेवा गर्न सुझाव दिइन् । रुइत आफ्नी प्यारी बहिनीको हौसला, प्रेरणा र सुझावको बाटोमा हिँडे र धेरै सङ्घर्र्ष गरी पढेर उनी आजको ठाउँमा उभिन सकेका हुन् । उनको बुबाले उनलाई पढाउनको लागि त्यहाँबाट नजिकको विद्यालयमा पठाए । सबैभन्दा नजिकको विद्यालय भनेको नै एघार दिन हिँड्नुपर्ने दार्जलिङ्गको सेन्ट रोबर्टस् स्कूल थियो र उनी त्यही भर्ना भए । उनले त्यहाँ ८ कक्षासम्म पढे । त्यसपछि काठमाडौँ आएर सिद्धार्थ वनस्थली विद्यालयमा भर्ना भई त्यहीँबाट एसएलसी उत्तीर्ण गरे । उनले भारतको लखनउस्थित किङ जर्ज मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरे भने अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स दिल्लीमा पनि अध्ययन गरे । डा। रुइतले नेडरल्यान्ड, अमेरिका र अष्टे«लियामा पनि अध्ययन गरे । उनको प्रोफेसर फ्रेद होओल्स (Fred Howolls) नै उनको जीवनको अमूल्य साथी भए । फ्रेद होओल्सले सन्दुक रुइतलाई हरेक कुरामा साथ दिए । नेपालमा उत्कृष्ट अस्पतालको रूपमा चिनिने तिलगङ्गा आँखा अस्पताल बनाउनमा उनको ठूलो भूमिका थियो । आँखाको शल्यक्रिया गरेर उनी नेपालमा मात्रै होइन, विश्वमा नै परिचित भए । डा। रुइतको परिश्रमको कारण आज नेपाल आँखाको मोतियाबिन्दुको शल्यक्रिया गर्ने उत्कृष्ट देशमा पर्छ ।
मोतियाबिन्दु सानो समस्या भए पनि यसको उपचार नभएको हुँदा पहिले लाखौँ मानिसहरू आफ्नो आँखाको ज्योति गुमाउन बाध्य थिए । सन्दुक रुइतले यसैको शल्यक्रिया गरेर लाखौँ मानिसको ज्योति फर्काई दिएर उदाहरणीय काम गरे । उनले नेपालमा मात्र नभएर संसारका विभिन्न देशमा गएर त्यहाँका मानिसहरूको पनि मोतियाबिन्दुको शल्यक्रिया गरे । त्यसैगरी सन्दुक रुइतले मोतियाबिन्दुको शल्यक्रिया गर्न चाहिने लेन्स र अरू सामानहरू पनि नेपालमा सस्तो मूल्यमा भिœयाए । सबै मोतियाबिन्दु भएका मानिसहरूले यसको उपचार पाऊन् भनी उनले सस्तोमा त्यो प्रविधि भिœयाएका थिए । धेरै गरीब परिवारको शल्यक्रिया निःशुल्क गरेर उनले ज्योति फर्काइदिए । मोतियाबिन्दुको शल्यक्रियाको लागि आवश्यक लेन्स र अरू सामानहरू नेपालमै उत्पादन गरेर विश्वमा नेपाललाई नमुना देशको रूपमा प्रस्तुत गर्न डा। रुइत सफल भए । मोतियाबिन्दुको उपचार र शल्यक्रिया नेपालमै सफल र सस्तो भएपछि संसारका विभिन्न देशका मोतियाबिन्दु भएका बिरामीहरू नेपालमै आएर उपचार गराउन लालायित भए । शल्यक्रिया र उपचारको लागि आवश्यक सामान नेपालमै आविष्कार र उत्पादन गर्ने र सस्तोमा बेचेर उनले एउटा अतुलनीय काम गरेका छन् । उनको कार्य संसारका आँखाका चिकित्सकहरूका लागि उदाहरण बनेको छ । नेपालमा मात्रै नभएर उनले विश्वका धेरै देश्हरूमा शल्यक्रियाको प्रशिक्षण दिएका छन् । आफूलाई कहिले पनि सर्वश्रेष्ठ नठान्ने उनी हजारौँ डाक्टरहरूलाई प्रशिक्षण दिएर मोतियाबिन्दुको शल्यक्रियाको क्षेत्रलाई छुट्टै पहिचान दिन सफल भए ।
डाक्टर भएर पैसाको होइन, सेवाको लागि काम गर्ने उनको जीवनीबाट हामीले प्रेरणा पाउन सक्छौँ । अहिलेको स्थितिमा कैयाँै डाक्टरहरू पैसाको पछि लागिरहेका छन् । उनीहरूले डाक्टर बन्नु भनेकै पैसा कमाउनु हो भन्ने ठानेका छन् । यो पूर्णतः गलत सोचाइ र अभ्यास हो । सन्दुक रुइतको जीवनीमा आधारित यस किताबले डाक्टर पेसामा लागेर पैसा कमाउने सोच भएका त्यस्ता मानिसहरूलाई ठूलो पाठ सिकाउँछ र सेवा गर्ने भाव पनि उत्पन्न गराउँछ । यसले नेपाल सरकारका व्यापारमुखी, गैरजिम्मेवारी नेता तथा मन्त्रीहरूलाई पनि ठूलै ज्ञान दिन्छ । आफ्नै स्वार्थको लागि सोच्ने अहिलेका यस्ता मन्त्री र नेताहरू पनि सन्दुक रुइत बाटोमा हिँड्ने हो कि रु डाक्टर बन्नु पैसा कमाउन होइन बरु सेवा गरेर कसैलाई जीवनदान दिनु हो भन्ने ठूलो शिक्षा यस किताबले दिएको छ । लाखौँ–लाख खर्चेर, घर–खेत बेचेर डाक्टर बन्न रहर गर्नेहरू तथा उनका बुबा–आमाहरूको लागि यो पुस्तक ठूलो पाठ हुनसक्छ ।
पुस्तकको नामः सन्दुक रुइत (The Barefoot surgeon)
अनुवादक: खगेन्द्र संग्रौला
प्रकाशक: फाइनप्रिन्ट बुक्स
मूल्य: रु ५५०।००
पृष्ठ:  २४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *