जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
नेकपाका नेताहरू लडे । अनि फेरि ‘मिले’ । किन लडे र के भएपछि ‘मिले’ रु नेताहरू लडेर कोभिड–१९ र त्यसका बहुआयामिक प्रभावविरूद्ध लडिरहेका नेपाली जनताले के पाए वा गुमाए रु नेताहरू मिलेर फेरि देशले के पायो वा गुमायो रु मिल्ने भए किन नेता र कार्यकर्ताहरू निर्लज्ज भएर आपसमा आरोप–प्रत्यारोपमात्र होइन सत्तोसरापमा उत्रे रु नेताहरूको चालामाला देखेर कतिले भन्लान्, “राजनीति भनेको यस्तै हो, यही हो ।” के वास्तवमै नेकपाका नेताहरूबीच जे भइरहेको छ, त्यो ‘राजनीति’ नै हो रु साँच्चै राजनीति भनेको यस्तो घिनलाग्दो र फोहोरी नै हुन्छ रु केही दिनअघिसम्म एकआपसमा गाली गलौजमा उत्रेका नेता र कार्यकर्ता अब मिल्यौँ भन्दै हिँडेका छन् । हिजो के कुरामा झगडिएका थिए र अहिले त्यसमा के फेरबदल भयो र उनीहरू मिलेका छन् रु के यी प्रश्नको जवाफ जनताले थाहा पाउनु पर्दैन रु
शासक नेताहरूका यस्ता बेसोमत व्यवहारकै कारण ‘राजनीति भनेको फोहोरी खेल हो’ भन्ने सोचले अझ व्यापकता पाएको छ । नेकपाका नेताहरूले आज गरिरहेको ‘राजनीति’ फोहोरी राजनीति हो अथवा उनीहरूले राजनीतिलाई फोहोर बनाइरहेका छन् । तर, खासमा राजनीति भनेको सफा र इमानको बाटो हो । विडम्बना ¤ आज धेरैको दृष्टिबिन्दुबाट राजनीतिको वास्तविक रूप अलप भइरहेको छ ।
राजनीति आफैमा फोहोर वा सफा कुरा होइन । राजनीतिक नेता र दलले राजनीतिलाई कसरी प्रयोग गर्छन् भन्ने कुराले राजनीति फोहोरी हुन्छ वा सफा भन्ने कुराको निधो गर्ने हो । पद, पैसा, व्यक्तिगत प्रतिष्ठाको लागि जे पनि गर्ने, जति पनि गिर्न र गिराउन तयार हुने, नैतिक मूल्य–मान्यताको कुनै ख्याल नगर्ने शासकको हातमा परेको राजनीति फोहोर नै हुन्छ । फोहोरी राजनीति गर्ने नेताहरूले नैतिकता, इज्जत, जनताको भावना, भविष्यको केही मतलब गर्दैनन् । उनीहरू अल्पकालको लागि राजनीति गर्छन् । उनीहरूका स्वार्थ निकै साँघुरा हुन्छन् । नेकपाका नेताहरूको व्यवहारबाट उनीहरू राजनीतिलाई फोहोरी बनाइरहेको स्पष्ट हुन्छ । जनता ज्यादै विषम अवस्थामा रहेको बेला उनीहरूले जे गरिरहेका छन्, त्यो राजनीति होइन, अनैतिकता हो ।
झूट, षड्यन्त्र, जालझेल आदि सबैको प्रयोग गरी आफ्नो लक्ष्य जसरी पनि हासिल गर्नुपर्छ भन्ने मेकियावली र चाणक्यको कुटिल नीतिलाई नै राजनीति मान्ने घातक विचारले शासकलाई क्षणिक हित त गर्नसक्ला । तर, दीर्घकालीन कोणबाट त्यसले कसैको हित गर्दैन । बरू समाजलाई बिगार्छ ।
सामन्त र पुँजीपति वर्गले राजनीतिलाई अरूमाथि दमनको औजारको रूपमा लिने गर्छन् । त्यो उनीहरूको वर्गीय धर्म हो । उनीहरूले त्यस्तै विचारको आधारमा युग युगसम्म जनतामाथि दमन गरे । फोहोरी राजनीति गर्नु अथवा राजनीतिलाई फोहोर बनाएर जनतामाथि दमन गर्नु नै उनीहरूको राजनीति हो । संसारमा कम्युनिस्टहरूको जन्म नै यस्तो दमनकारी नीतिको विरोध गर्न भएको हो । जसले सामन्तवादी र पुँजीवादी दमनकारी नीतिको विरोध गर्दै नयाँ बाटोको खोजी गर्छ भने ऊ प्रगतिशील शक्ति हो । तर, कसैले कम्युनिस्टको नाम भिरेर फोहोरी राजनीतिकै भरमा सत्ताभोग गर्छ भने त्यो कदापि कम्युनिस्ट हुनसक्दैन । कम्युनिस्ट आन्दोलन राजनीतिक आन्दोलन त हो नै । साथै सांस्कृतिक आन्दोलन पनि हो । नेकपाका नेता र कार्यकर्ताहरूको आजको व्यवहारले उनीहरू राजनीतिकरूपमा मात्र कम्युनिस्ट शक्ति नभई नैतिक र सांस्कृतिकरूपमा पनि कम्युनिस्ट नभएको देखाएको छ ।
नेकपाले फोहोरी राजनीति गरी राजनीतिको अपव्याख्यालाई प्रश्रय दिइरहेको छ । नेकपाको ‘राजनीति’ ले नेपाली जनताको हित कदापि गर्नसक्दैन । बरू नक्कली कम्युनिस्टहरूको यस्तो झुट नीतिले इमान र नैतिकताको राजनीतिलाई बदनाम गरेको छ । कम्युनिस्ट आन्दोलनलाई नै बदनाम गरेको छ ।
Leave a Reply