भर्खरै :

कमारा र मालिक नभएको समाज बनाउन चाहने – स्पार्टाकस

पुगनपुग २३०० वर्ष पहिलेदेखि नै युनानीहरूले मिश्र कब्जा गरेका थिए । मिश्रमा सिकन्दरीया भन्ने एक ठाउँ छ । त्यहाँ निवासी ऐरेमेइक र युनानी जातिबाट बनेका वा जन्मेका हुन् । तिनीहरूलाई युनानीहरूले खानीमा काम गराउन लगाउँथे ।
२१६०–६४ वर्ष पहिले कार्थेजमा कमारा विद्रोह भएको थियो । दुई पुस्तापछि लारिएमको खानीहरूमा ठूलो विद्रोह भयो । अनि स्पेनको खानीमा काम गर्ने कमाराहरूको विद्रोह भयो । त्यसको केही वर्षपछि सिसिलीका कमाराहरूले विद्रोह गरे । त्यसको २० वर्षपछि सैल्वियस नाउँका एक कमाराको नेतृत्वमा युद्ध भयो । त्यसमा स–साना र बीचबीचमा लगातार एक हजार विद्रोह र युद्धहरू भए । त्यो नयाँ कुरा थियो । दासहरू त मालिकहरूकै पेटबाट निस्केका शत्रु थिए । त्यसको उल्लेखसम्म पनि इतिहासकारहरू गर्न चाहँदैनथे । त्यसको सम्झनाले मालिक वर्गको सातोपुत्लो उड्थ्यो ।
स्पार्टाकसको कथा ७१ ई.पु.को हो अर्थात् त्यो २००० वर्षभन्दा पुरानो कथा हो । रातो सागरको पश्चिमतिर नील नदी छ । नील नदीको पूर्वतिर नुबियाली मरूभूमि छ । त्यहाँ तीब्ज भन्ने एक ठाउँ छ । त्यो सा¥है गर्मी ठाउँ हो । त्यहाँको बालुवासमेत पोल्छ ।
त्यहाँ सिंहमर्मरको एउटा खानी छ । त्यसमा १२२ जवान सिक्रीले बाँधिएका दासहरू काम गर्थे । तिनीहरू थ्रेसियाली जातिका थिए । १२२ जवानमध्ये १२ नम्बरको एक दास थियो । त्यसको नाम स्पार्टाकस थियो ।
स्पार्टाकस २३ वर्षका जवान थिए । नुवियाको त्यस खानीमा काम गराउने पुलिसको हाकिमले स्पार्टाकसलाई पिटेर उनको नाक नै बङ्ग्याइदिएको थियो । स्पार्टाकसलाई युनानीहरूले सिकन्दरीयबाट एक जहाजमा राखी इटालीको नेपल्स भन्ने सहरमा पु¥याए । बाटियाटस भन्ने व्यक्तिले स्पार्टाकसलाई दास व्यापारीको एक दलालसँग छूरा खेलाउन किन्यो । कापुआमाले स्पार्टाकसलाई लड्ने तालिम दियो । तालिम पाएका लड्ने दासहरूलाई ग्लेडिटिएर भनिन्थ्यो ।
ग्लेडिएटरहरू दास मालिकहरूका ज्यावल र खेलौना थिए । ग्लेडिटिएटरलाई तिनीहरू एक आपसमा जुधाएर मार्थे । दासहरू उत्पादनको एक ठूलो शक्तिका साथै मालिकहरूको निम्ति एक आतङ्क पनि थियो । यसकारण तिनीहरू दासहरूको माझमा एकता चाहँदैनथे र आपसमा शत्रुताको बीउ छर्थे । मालिकहरूको कुनियत एक दिन दासहरूले बुझे । आफ्नो मुक्ति र जिउने इच्छाले तिनीहरूलाई विद्रोही बनाए । विद्रोह भयो ।
सुरूमा ७० जना ग्लेडिएटरहरू गाउँमा भागे । पछि २०० ग्लेडिएटरहरू भागे । त्यसमा थ्रेसियन, गाल र अफ्रिकीहरू थिए । गाउँमा तिनीहरूले सङ्गठन गर्न थाले र तान जमिनदारीमा आगो लगाइदिए । त्यस अशान्तिलाई दबाउन दास मालिकहरूले ३ हजार सिपाहीहरूको ६ दल पठाएर विद्रोह दबाए । त्यसको एक दलमा ५०० जवान सिपाही हुन्थ्यो ।
त्यस अशान्तिलाई दबाउन दास मालिकहरूले ३ हजार सिपाहीहरूको ६ दल पठाएर विद्रोह दबाए । त्यसको एक दलमा ५०० जवान सिपाही हुन्थ्यो । सहरमा ३७ दल जम्मा गरिएको थियो । त्यसमा जम्मा १३ हजार ५०० भन्दा बढी सिपाहीहरू थिए । स्पार्टाकसहरूको इलाकामा २२ हजार आईमाई र केटाकेटीहरू थिए । पछि रोमन सेनाले १० हजार आईमाई भएको इलाका कब्जा ग¥यो । स्पार्टाकसको ४५ हजारभन्दा बढी सेना थिएन । क्रिक्सस्को नेतृत्वमै २० हजार सेना मारियो स्पार्टाकस विद्रोहीहरूको लड्ने तरिका वा रणनीति निम्नरूपको थियो ।
स्पार्टाकस र रोमन स ेनाको बीच वर्षौँसम्म सङ्घर्ष भइरहेको थियो । रोमन अनुशासित र हमला गर्नमा बेजोड थियो । तर, तिनीहरू रातमा लडाइँ गर्नसक्दैनथे । त्यसकारण रातमा किलाबन्दी गथ्र्यो । युद्ध जित्नको लागि ठाउँले पनि महत्वपूर्ण भूमिका खेल्ने भएकोले रोमन सेना लडाइँको मैदान आफूले छान्ने दाउपेच गरी आफ्नो अनुकूल पाथ्र्यो । रोमन सेना आफ्नो विपक्षलाई केही होइन जस्तो ठान्थ्यो । दक्षिणको युद्धमा पुब्लियसले युद्ध नियम मानेन र कमाराहरूलाई सा¥है तुच्छ सम्झ्यो र घृणा ग¥यो ।
अति अनुशासित रोमन सेना यान्त्रिक थियो र नयाँ सम्भावना (परिस्थिति) मा काम आउन सकेन । त्यो सेना आफ्नो रक्षामा निर्बलियो र हतियार रक्षा गर्नसक्दैनथ्यो । त्यसैले रोमन सेना आक्रमण गरेरमात्रै जित्न सकेको थियो । राति हमलामा कमजोर भएकोले रातको लडाइँमा रोमन सेना धेरैजसो हाथ्र्यो । अनुकूल ठाउँ रोज्न रोमन सेनालाई स्पार्टाकसले मौका नै दिएन । स्पार्टाकसलाई एक कमारा सम्झेर रोमन सेनाले घृणा र नीच सम्झी बेवास्ता गरेकोले मात खानुपरेको थियो ।
स्पार्टाकसको सिद्धान्त
स्पार्टाकसहरू कमारा र मालिक नभएको सबै दाजु–भाइजस्तै मिलेर बस्न पाउने समाज बनाउन चाहन्थे । रोमका सबै असल र राम्रो चीज सबैले उपभोग गर्न पाउनुपर्छ भन्ने चाहन्थे । यसको लागि तिनीहरू पर्खाल नभएको सहरहरू बनाउन चाहन्थे । सबै मानिस शान्ति र दाजुभाइ भएर बस्ने छन्, अनि कहिल्यै लडाइँ हुन्न, बर्बाद र सत्यनाश र दुःख हुँदैन भन्ने तिनीहरूको विश्वास थियो ।
स्पार्टाकस आफ्ना मानिसहरूलाई फाइदा हुने कुरालाई ठीक र तिनीहरूलाई हानी हुने कुरालाई गलत सम्झन्थे । कमाराहरू आपसमा झगडा पनि गर्थे । स्पार्टाकस तिनीहरूलाई बोलाउँथे र तिनीहरूको कुरा सुन्थे । तिनीहरू आपसमा नराम्रा व्यवहार पनि गर्थे, तर उनी सधैँ तिनीहरूलाई पहिलेभन्दा राम्रो बनाउन चाहन्थे । तिनीहरू एक्लै थिएनन् । तिनीहरू एक ठूलो वस्तुको एक भागमात्रै हो, आफू अर्को भागको पूरक सम्झन्थे । तिनीहरू पहिले लुटेको सामान चोर्थे । दोष तिनीहरूको नभई संस्कारको थियो किनभने तिीहरू चोरी हुने ठाउँबाट आएका थिए भनी स्पार्टाकस भन्थे । पछि पछि सामूहिक भण्डारमा ताला लगाइन्न्थ्यो न त कहिल्यै पहरा दिइन्थ्यो । चोरै नगरिकनै सामान लिनसक्ने भएपछि चोरिएको सामान प्रयोग गर्ने ढङ्ग पनि त्यहाँ भएन । पछि चोर्न बन्द भयो ।
स्रोत: प्रचेष्टा, वर्ष ५ अङ्क २६

Leave a Reply

Your email address will not be published. Required fields are marked *