भर्खरै :

अस्ट्राजेनिका र अक्सफोर्डको कोभिड–१९ खोप ७० प्रतिशत सफल

लन्डन, २३ नोभेम्बर (एएफपी) । बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशतमात्र सफल भएको जनाएको छ ।
सुरूमा निकै उत्साहजनक नतिजा ल्याएको भन्दै प्रचारप्रसार गरिएको उक्त खोपको तेस्रो चरणको परीक्षणको तथ्याङ्क विश्लेषण गर्दा यस्तो भेटिएको हो ।
अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिओटले एक वक्तव्य जारी गर्दैै कोभिड–१९ विरुद्धको यस खोप पनि निकै प्रभावकारी तथा सुरक्षित रहेको बताउनुभयो ।
अस्ट्राजेनिकाका खोपको तथ्याङ्क विश्लेषण गर्दा यो ६२ देखि ९० प्रतिशत सफल रहेको पनि कम्पनीले जनाएको छ ।
अमेरिकी खोप निर्माता कम्पनीहरू फाइजर र मोडर्नाले तयार पारेका खोपहरू ९० प्रतिशतभन्दा बढी सफल रहेका थिए । फाइजर र मोडर्नाका तुलनामा अस्ट्राजेनिकाले तयार पारेको खोपको प्रभाव निकै कम रहेको छ ।
अस्ट्राजेनिकाले आफ्ना खोपहरू वितरणका लागि विभिन्न देशका नियामक निकायहरू समक्ष औपचारिक अनुरोध गर्ने जनाएको छ । साथै विश्व स्वास्थ्य सङ्गठनसमक्ष पनि न्यून आय भएका मुलुकमा वितरणका लागि आफ्नो खोपलाई सूचीकृत गर्ने तयारी अस्ट्राजेनिकाले गरेको छ ।
कम्पनीले सन् २०२१ भित्रमा करिब तीन अर्ब डोज उत्पादन गर्ने लक्ष्य राखेको छ ।
यो खोपलाई कम्तीमा छ महिनासम्म दुईदेखि आठ डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्न, यताउता लैजान सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *