भर्खरै :

बेलायती प्रधानमन्त्रीद्वारा सामूहिक कोभिड–१९ परीक्षणको घोषणा

लन्डन, २३ नोभेम्बर । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको सामूहिक परीक्षण गर्ने योजना घोषणा गर्नुभएको छ ।
कोरोना भाइरसको सङ्क्रमण धेरै फैलिएको जस्तो देखिएका क्षेत्रलाई केन्द्रित गरेर आम परीक्षण गरिने उहाँले सोमबार घोषणा गर्नुभएको हो ।
सरकारको ‘कोभिड विन्टर प्लान’ अन्तर्गत सेनाको सहयोगमा परीक्षणलाई व्यापक बनाइन लागिएको पनि उहाँले जानकारी दिनुभयो ।
अत्यधिक धेरै कोरोना सङ्क्रमितहरू रहेको लिभरपुलमा यसै महिना व्यापक परीक्षण गरिएको र कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न सफलता मिलेपछि प्रधानमन्त्री जोनसोनले यस्तो घोषणा गर्नुभएको हो ।
देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सहरमा सरकारले कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबैलाई दैनिकरूपमा परीक्षण गराउने र सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई तत्काल ‘क्वारेन्टाइन’ मा पठाउने योजना बनाएको उहाँले बताउनुभयो ।
यो अभियान र प्रयोग सफल र प्रभावकारी भएमा देशव्यापी बनाउने योजना रहेको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले जनाएको छ । यस्तो अभियान जनवरीदेखि देशव्यापी हुनसक्ने बताइएको छ ।
त्यसैगरी सरकारले घरमै रहेकाहरूलाई हेरचाह गर्ने मापदण्ड पनि नयाँ बनाउने अधिकारीहरूले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *